default_image

ताजा समाचारहरु

January 1, 2017

आयोजक काँकरभिट्टा गोल्ड कपको सेमिफाइनलमा

काँकरभिट्टा (हाम्रो खेलकुद)– आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर मेची नेत्रालय दोस्रो काँकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भारतको ब्लु आर्मी सिलोङलाई टाइब्रेकरमा ३–२ ले हराउँदै काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर अन्तिम चारमा पुगेको हो । निर्धारित समय यी दुई टोलीबीचको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । टाइब्रेकरमा आयोजकका सेमसुङ, सञ्जय राजभाग र जीवन […]

January 1, 2017

कर्णको ४ गोलसँगै विर्ता युनाइटेड झापा सेमिफाइनलमा

दिपक बोहोरा पाँचथर– विर्ता युनाटेड झापा सहज जितका साथ पाँचथरको फिदिममा जारी आठौं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सेर क्लब कालेम्पुङ भारत लाई ७– ० ले हराउदै विर्ता युनाइटेडले अन्तिम चारको यात्रा तय गरेको थियो । विर्ता युनाइटेडका लागि कर्ण लिम्बुले चार, रञ्जित श्रेष्ठले २ र निशान खड्काले १ गोल गरेका […]

fabregas

January 1, 2017

प्रिमियर लिगमा फेब्रिगासको किर्तिमान

लण्डन – (एजेन्सी)  -स्टोक बिरुद्ध चेल्सिकालागी दुइ असिस्ट सिर्जना गरेका चेल्सिका मिडफिल्डर फेब्रिगास प्रिमियर लिगमा सबै भन्दा छिटो १०० असिस्ट पुग्ने खेलाडी बनेका छन । आर्सनल र चेल्सिका लागी जोडेर २९३ खेलमा १०० असिस्ट गर्दै उनले आफ्नो नाममा उक्त किर्तिमान राखेका हुन । आर्सनलबाट २१२ प्रिमियर लिगका खेलहरुमा आफ्नु उपस्थिति जनाएका उनले चेल्सिबाट ८१औ खेल खेल्दा […]

January 1, 2017

न्यौपानेलाई स्कलर्शहोम पत्रकारिता सम्मान

बटौली (हाम्रो खेलकुद) – खेलकुद पत्रकार दिपक न्यौपाने स्कलर्शहोम पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । बिद्यालयको खेलकुद र शिक्षा क्षेत्रमा कलम चलाउने एक पत्रकारलाइ बार्षिक रुपमा सम्मान गर्ने उद्देश्यका साथ यसै बर्ष स्थापित पुरस्कारबाट न्यौपाने सम्मानित भएका हुन् । सबल नेपाल साप्ताहिक,बुद्ध टिभि,हाम्रो खेलकुद र सबल नेपाल अनलाइन टिभिमा आबद्ध पत्रकार न्यौपाने ७ बर्षदेखी बुटवललाइ […]

January 1, 2017

भारतलाई फाइनलमा भेट्छौं भन्ने सोचेका थियौं – कप्तान रेणुका

दिपेश तिमल्सिना सिलगुढी (भारत)– धेरैलाई लागेको थियो, भारतको सिलगुढीमा जारी महिला साफ च्याम्पियनसिपमा फाइनलमा नेपालको भेट फेरी पनि भारतसँग हुनेछ । अघिल्ला तीन संस्करणका आधारमा अनुमान गलत पनि थिएन । तर, यसपटक दृश्य फरक भएको छ, उपाधिको सबै भन्दा बलियो दाबेदार भारतसँग नेपालले फाइनलअघि सेमिफाइनलमा भेट्नु परेको छ । साफ च्याम्पियनसिपको इतिहासमै भारत समूह चरणको […]

liverpool

January 1, 2017

सिटिलाई हराउदै लिभरपुलको दोस्रो स्थानमा अग्रता

लण्डन (एजेन्सी) – घरेलु मैदानमा म्यान्चेस्टर सिटिलाई सानो अन्तरले हराउदै लिभरपुलले दोस्रो स्थानमा ४ अंकको अग्रता बनाएको छ । विइलान्डमको पहिलो हाल्फमा गरेको ८ मिनेटको शानदार हेडरमा गरेको गोल निर्णायक हुँदा लिभरपुलले प्रीमियर लिगमा लगातार चौथो जित हासिल गरेको हो । पहिलो स्थानमा रहेको चेल्सी १३ खेलमा जित हासिल गर्दै लिभरपुल भन्दा ६ अंकको अग्रतामा छ […]

December 31, 2016

पोग्बाको निर्णायक गोलमा युनाइटेडको जित

युनाइटेड (एजेन्सी)– पाउल पोग्बाले खेल सकिन ४ मिनेट बाँकी रहँदा हेड मार्फत गोल गरेपछि म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा शनिबार मिडल्सब्रोलाई २–१ ले हराएको छ । प्रिमियर लिगमा युनाइटेडको यो लगातार पाँचौं जित हो । ग्रान्ट लिडविटरले ६६ औं मिनेटमा गोल गर्दै मिडल्सब्रोलाई अग्रता दिलाएका थिए । मिडल्सब्रोका भिक्टोर भाल्डेजले याल्टान इब्राहिमोभिचको प्रहारलाई रोकेपछि एन्थोनी मार्सियलले […]

December 31, 2016

प्रिमियर लिगमा चेल्सीको लगातार १३ औं जित

चेल्सी (एजेन्सी)– चेल्सीले प्रिमियर लिगमा लगातार १३ औं खेल जित्ने क्रममा शनिबार स्टोक सिटीलई ४–२ ले हराउँदै शीर्षस्थालाई थप बलियो बनाएको छ । एकै सिजनमा लगातार १३ खेल जित्ने आर्सनलको कीर्तिमानलाई शनिबारको सफलतापछि चेल्सीले बराबरी गरेको छ । २ पटक सम्म खेललाई बराबरी गरेपनि अन्तिम २५ मिनेट चेल्सीले थप दुई गोल गर्दैै विजय यात्रालाई कायम […]

kumar thapa

December 31, 2016

भारतसँगको खेल फाइनल सरह – प्रशिक्षक थापा

महिला साफ च्याम्पियनसिप फुटबल  दिपेश तिमल्सिना सिलगुढी (भारत)– नेपाली महिला फुटबल टोलीका प्रशिक्षक कुमार थापाले भारतसँगको सेमिफाइनल टोलीका लागि फाइनल सरह हुने बताएका छन् । अघिल्ला तीनैं संस्करणमा फाइनलमा मात्र भेटेको भारतसँग नेपालले यसपटक एक कदम अगाडि नै सामना गर्नुपर्ने भएको छ । ‘हाम्रो लागि भारतसँगको खेल अत्यन्तै महत्वपूर्ण छ’ बंगलादेश र भारतको खेल हेरेपछि थापाले […]

nepali-woman

December 31, 2016

साफ च्याम्पियनसिप सेमिफाइनलमा नेपालको भेट भारतसँग

बंगलादेश र भारतले गोलरहित बराबरी खेले दिपेश तिमल्सिना सिलगुढी (भारत)– नेपाली टोलीले पहिलो पटक भारतसँग महिला साफ च्याम्पियनसिपको सेमिफाइनल खेल्नु पर्ने भएको छ । अघिल्ला तीनै संस्करणमा फाइनलमा मात्र भेट भएको भारतले शनिबार समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेपछि नेपाल र भारतको सेमिफाइनल भेट पक्का भएको हो । सिलगुढीको कञ्चनजंगा मैदानमा गोलरहित बराबरी […]

Success

Thank you for your time.