default_image

ताजा समाचारहरु

January 5, 2017

कीर्तिमानबाट चुक्यो चेल्सी, अल्लीको गोलमा टोटेनह्यामको जित

टोटेनह्याम (एजेन्सी)– डेले अल्लीले हेडमार्फत दुई गोल गरेपछि टोटेनह्यामले बिहीबार प्रिमियर लिगमा चेल्सीमाथि २–० को यादगार जित हासिल गरेको छ । अल्लीले दुई हाफमा एक एक गोल गरेपछि पछिल्ला १४ भेटमा टोटेनह्यामले चेल्सीमाथि दोस्रो जित दर्ता गरेको थियो । चेल्सीले बिहीबारको खेल जितेको भए एकै सिजन लगातार १४ खेल जित्ने आर्सनलको कीर्तिमानसँग बराबरी गर्ने थियो […]

January 4, 2017

कप्तानबाट धोनीको राजीनामा

एजेन्सी – भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान महेन्द्र सिंह धोनीले एकदिवसीय र टि-२० को कप्तानीबाट राजिनामा दिएका छन्। टेष्ट क्रिकेटबाट यसअघिनै सन्यास लिइसकेका धोनीले छोटो संरचनाको क्रिकेट भने जारी राखेका थिए। उनको अनुपस्थितिमा विराट कोहलीले टेष्टमा भारतको कप्तानी गरिरहेका छन्। धोनीले एकदिवसीय र टि-२०बाट राजिनामा दिएपछि कोहलीनै कप्तान बन्ने लगभग पक्का देखिएको छ। धोनीले कप्तानीमात्र […]

samana

January 4, 2017

त्रिवेणी कपको उपाधि सामान युवा क्लवलाई

लमजुङ (हाम्रो खेलकुद) – त्रिवेणी कपको फाइनलमा आयोजक त्रिवेणी युथक्लव रातोलाई २-० ले हराउदै सामान युवा क्लव, तनहुँले २५ औं त्रिवेणीकपको उपाधी जितेको हो । सामान युवा क्लव को जितमा सन्तबहादुर गुरुङले दुइ गोल गरेका थिए । खेलको दशौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका सन्तबहादुरले २६ औ मिनेटमा गोल गर्दै अग्रता दोब्बर गरेका थिए । बिजेत […]

airee

January 4, 2017

क्याची एसएसपी कपमा ग्रेस वीरेन्द्र र नेपाल पोलिटेक्निक कलेज विजयी

राकेश तिमल्सिना चितवन – चौथो क्याची एसएसपी कप २०१७ को आजको भएको दुई खेलमा ग्रेस वीरेन्द्र, भरतपुर र नेपाल पोलिटेक्निक कलेज भरतपुर विजयी भएका छन् । समुह चरणको पहिलो खेलमा ग्रेस वीरेन्द्र, भरतपुरले काठमाडौंको ग्रेट हिमालयन क्रिकेट एकेडेमीको चुनौती ८ विकेटले पाखा लगाएको हो । विशाल चोकस्थित नौ बिगाहा मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको […]

January 4, 2017

ताप्लेजुङ फागुनन्द गोल्डकपको सेमिफाइनलमा,चर्च ब्याइज बाहिरियो

दिपक बोहोरा पाँचथर– कर्ण सिं सोनाम क्लब ताप्लेजुङ फिदिम पाँचथरमा जारी आठौं फागुनन्द गोल्डकपको सेमिफाइनलमा पुगेको छ । चर्च ब्याइज काठमाडौंलाई बुधबार ६–१ फराकिलो अन्तरले हराउँदै साविक विजेता समेत रहेको कर्ण सिं सोनाम क्लब अन्तिम चारमा पुगेको हो । अब टोलीले सेमिफाइनलमा एलाभेन एरोज सुनसरी सँग प्रतिस्पर्धा गर्नेछ । फिदिम उच्च मावि मैदानमा भएको खेलमा […]

January 4, 2017

आर्मी टुबोर्ग हेटौंडा गोल्डकपको सेमिफाइनलमा , नवयुग र दीपको गोल

हेटौंडा (हाम्रो खेलकुद)–त्रिभुवन आर्मी क्लब टुबोर्ग हेटौंडा दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता–२०७३ को सेमिफाइनलमा पुगेको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडामा जारी प्रतियोगितामा बुधबारको अन्तिम क्वार्टरफाइनलमा ए डिभिजन प्रतिद्वन्द्वि सिएमजी क्लब संकटालाई २–० ले हराउँदै आर्मीले अन्तिम चारको यात्रा तय गरेको हो । संकटा अघिल्लो दिनमात्र अर्को विभागिय टोली एपिएफसँग १–० ले […]

January 4, 2017

झापा ११ काँकरभिट्टा गोल्डकपको उपाधि नजिक

काँकरभिट्टा (हाम्रो खेलकुद)– कर्ण लिम्बुको ह्याट्रिकसँगै झापा ११ मेची नेत्रालय दोस्रो काँकरभिट्टा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । रुपन्देही ११ लाई ४–० को फराकिलो अन्तरले हराउँदै झापाले फाइनल यात्रा तय गरेको थियो । कर्णले दोस्रो हाफमा २६ मिनेट भित्र ह्याट्रिक पुरा गरेपछि झापाको फराकिलो जित सम्भव भएको थियो । अर्को गोल योगश गुरुङले […]

January 4, 2017

कीर्तिमानभन्दा तीन अंक महत्वपूर्ण – चेल्सी प्रशिक्षक कोन्टे

लन्डन (एन्जेसी)– प्रिमियर लिगको शीर्ष टोली चेल्सीका प्रशिक्षक एन्टेनियो कोन्टेलाई कीर्तिमान भन्दा पनि जितसँग बढी मतलब छ । चेल्सीले आज राती टोटेनह्यामसँग खेल्दा तीन अंकमै बढी केन्द्रित हुने कोन्टेले दाबी गरेका छन् । प्रिमियर लिगमा लगातार १३ खेल जित्दै चेल्सी अंकतालिको शीर्षस्थानमा मजबुद अवस्थामा रहेको छ । एकै सिजनमा लगातार १३ खेल जित्ने आर्सनलको कीर्तिमानसँग […]

draxler

January 4, 2017

जर्मन खेलाडी ड्रयाक्सलर पिएसजीमा अनुबन्धित

पेरिस(एजेन्सी)– लामो समयदेखि इङ्लिस क्लब आर्सनलले ताकेका जुलियन ड्रयाक्सलर जनवरी ट्रान्सफर सुरु भएलगतै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आबद्ध भएका छन् । साल्केबाट सन् २०१५ मा अनुमानित २५ मिलियन पाउण्डमा वल्फसबर्ग पुगेका ड्रयाक्सलरलाई पिएसजीले ३४ मिलियन पाउण्ड (करिब ४ अर्ब नेपाली रुपैयाँ) तिरेको भित्राएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन । २३ बर्षिय जर्मन मिडिपिल्डरले […]

kiran

January 4, 2017

गोलकिपर किरण माल्दिभ्सको क्लबबाट खेल्ने सम्भावना

प्रकाश तिमल्सिना काठमाडौं– राष्ट्रिय फुटबल टोलीका नम्बर एक गोलकिपर किरण चेम्जोङ दोस्रो पटक विदेशी क्लबबाट खेल्ने सम्भावना बढेको छ । झन्डै दुई महिनाअघि नेपाललाई एएफसी सोलिडारिटी कप जिताउँदा महत्वपूर्ण भूमिका निर्वाह गरेका किरण भित्राउन माल्दिभ्सको प्रिमियर लिग टोली ट्रस्ट एन्ड कियर (टिसी) स्पोर्टस क्लबले चासो देखाएको छ । ‘टिसी क्लबका एकजना जिम्मेवार व्यक्तीसँग दस दिनजति […]

Success

Thank you for your time.