default_image

ताजा समाचारहरु

May 13, 2016

मल्लिका र पुनमलाई स्वर्ण

आनन्द नगर डोजोकी मल्लिका तामाङ्ग र न्यू लिराकी पुनम पौडेलले तेश्रो महान सिद्धार्थ उपत्यकाव्यापी खुला कराते प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेका छन् । नेपाल सितेरियो डो संघ महान सिद्धार्थ शाखा डोजोको आयोजनामा भएको महिला २० केजी तौल समूहको प्रतस्पिर्धामा तामाङ्गले जोरपाटी डोजोकी रुसा वाईवालाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । आनन्द नगरकी निमा शेर्पा […]

May 13, 2016

रोनाल्डो र मेस्सीको प्रभुत्व तोड्दै स्वारेज

विगतका सालहरुमा स्पेनिश ला लिगाको उच्च गोलकर्ताको शिर्ष दुइ स्थानमा क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीको नाम हुन्थ्यो, तर यो साल लुइस स्वारेजले सो परम्परा तोड्ने लगभग पक्का भएको छ| सिजनको अन्तिम खेल बाँकी रहदासम्म स्वारेजले ३७ गोल गरेका छन् भने रोनाल्डोको नाममा ३३ गोल रहेको छ| लिओनेल मेस्सी २६ गोलसहित तेश्रो स्थान र रियल म्याड्रिडका […]

May 12, 2016

आर्मीको सेमिफाइनल यात्रामा नवयुगको २ गोल

बैशाख ३०- नेपाल आर्मी क्लब उर्लाबारीमा जारी पाँचौ मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको सिलगुढी कञ्चनजंगा फुटबल क्लबलाई ४–० गोलमा हराउँदै आर्मी सेमिफाइनल पुगेको हो । आर्मीले अब शनिबार विआरसी भुटानसँग खेल्ने छ । आर्मीको जितमा नवयुग श्रेष्ठले २, भरत खवास र विशाल रानाले समान १–१ गोल गरे । […]

May 12, 2016

कराँतेका महासचिव सिवाकोटी ठगी आरोपमा पक्राउ

नेपाल कराँते महासंघका महासचिव केदारबाबु सिवाकोटीलाई प्रहरीले ठगी आरोपमा पक्राउ गरेको छ। विगत छ हप्तादेखि प्रहरीको खोजीको सूचीमा रहेका सिवाकोटीलाई काठमाडौँ प्रहरी परिसरले पक्राउ गरेको हो। प्रहरीले सिवाकोटीलाई थप अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेर हिरासतमा राखेको छ । अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी अन्तर्गतको नेपाल कराँते महासंघका बहालवाला महासचिव सिवाकोटी महाराजगञ्जबाट पक्राउ […]

May 12, 2016

ओडिसी र एन्जल्स हार्ट फाइनलमा

काठमाडौं, बैशाख ३० गते । ओडिसी इन्टरनेसनल एकेडेमी र एन्जल्स हार्ट प्रथम बीएनए अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ बिहीबार फाइनलमा प्रवेश गरेका छन् । बसुन्धारास्थित नमुना टोलमा भएको सेमिफाइनलमा ओडिसीले ग्रिनल्यान्डलाई ३५–२० ले पराजित ग¥यो । विजेताका किरण अर्यालले ११ अंक जोडे । सचिनको ९ अंक सहयोगमा एन्जल्स हार्टले गोल्डेनपिकलाई ३१–२७ ले हरायो । बसुन्धारा […]

May 12, 2016

सविता र रमेशलाई स्वर्ण

पञ्चोदय उमाविकी सविता चौधरी र कर्णाली उमाविका रमेश चौधरीले २१ औं विशेष विद्यालयस्तरीय राष्ट्रिय खेलकुदमा बिहीबार स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पूर्ण दृष्टिविहीनतर्फ छात्रा ५० मिटर दौडमा सविताले स्वर्ण जितेकी हुन् । लेबोरेटरी उमाविकी सनिता भट्टराई दोश्रो तथा नमुना मच्छिन्द्र माविकी जानु खनाल तेश्रो भए । रमेश सोही स्पर्धाको छात्रमा पहिलो बने […]

May 12, 2016

शाक्यको नेतृत्वमा स्पोर्टस सेन्टर खुल्यो

काठमाडौं – राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान राजुकाजी शाक्यले व्यवसायिक रुपमा फुटबल प्रशिक्षण दिनुका साथै बहुउद्देश्यका साथ नेसनल स्पोर्टस सेन्टर प्राली स्थापना गरेका छन् । ६ जनाको संयक्त लगानीमा ललितपुर ९ च्यासलमा स्थित झन्डै ५ रोपनी जग्गा लिजमा लिएर सेन्टर स्थापना गरिएको हो । सेन्टरमा पौडी पोखरी, फुटबल÷फुटसल प्रशिक्षण , लन टेनिस,जिम, सावनाको पनि व्यवस्था […]

May 12, 2016

न्युकासल र नर्विच रेलिगेसनमा; सन्डरल्याण्ड जोगियो

इंग्लिस  प्रिमिएर लिग अन्तर्गत बुधवार राति भएको खेलमा सन्डरल्याण्ड विजयी भएपछि प्रिमिएर लिगमा रेलिगेसन हुने टोलीको टुंगो लागेको छ| एभर्टन विरुद्ध घरेलु मैदानमा ३-०को सहज जित दर्ता गरेपछि सन्डरल्याण्डले अर्को सिजन पनि प्रिमिएर लिग खेल्ने पक्का भएको हो| बिजयी टोलीका लागि प्याट्रिक भ्यान आन्होल्टले फ्रिकिकमा गोल गर्दै अग्रता दिलाएका थिए भने लमिन कोनेले दुइ गोल […]

chelsea eden hazard

May 12, 2016

लिभरपुल र चेल्सी बराबरिमा

लिभरपुल फुटबल क्लब र चेल्सी बिच भएको खेल १-१को बराबरिमा अन्त्य भएको छ । एन्फिल्डमा भएको खेलमा इडेन हाजार्डको गोलमा अग्रता लिएको चेल्सीले खेलको अन्तिम मिनेटमा बेन्टेकेको गोलबाट अंक बाड्न बाध्य भयो । सिजनमा १ खेल बाकी छ्दा लिभरपुल ५९ अंक सहित ८ स्थानमा छ भने चेल्सी ५९ अंक सहित १ स्थान तल छ । […]

May 12, 2016

आइपिएलमा मुम्बईको छैटौं जित

बैंगलोर (एजेन्सी) -किरोन पोलार्ड र जोस बुट्लरले पाँचौं विकेटका लागि ५३ रनको साझेदारी गरेपछि मुम्बई इन्डियन्स ले इन्डियन प्रिमियर लिगमा बुधबार रोयल च्यालेन्सर्ज बैंगलोरलाई ६ विकेटले हराएको छ । पोलार्डले ३५ र बट्लरले २९ रन अविजित बनाएपछि मुम्बईले ४ विकेट गुमाउँदै ८ बलअघि नै आवश्यक १ सय ५२ भन्दा १ रन बढी १ सय ५३ […]

Success

Thank you for your time.