default_image

ताजा समाचारहरु

January 7, 2017

डीपिएलका १४ महँगा खेलाडीहरु: पारस देखि सिद्धान्त र आरिफसम्म

काठमाडौँ (हाम्रो खेलकुद) – आगामी चैत्र ५ गतेबाट सुरु हुने धनगढी प्रिमिएर लिगको अक्सन आज एक समारोहबीच समापन भयो। उक्त कार्यक्रममा छ ओटै टोलीले आफ्नो टोलीका लागि १५/१५ खेलाडीको छनोट गरेका थिए। हेरौं डिपीएलमा खेल्ने सबैभन्दा महँगा खेलाडीहरु कोको छन्: सबै टोलीका कप्तानले रु. एक लाख पचास हजार प्राप्त गर्ने प्रावधान थियो भने अन्य खेलाडीको […]

January 7, 2017

मनाङलाई हराउदै आर्मी च्याम्पियन

हेटौंडा, २२ पुस÷ साविकको विजेता मनाङ मस्र्याङदीलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब दोस्रो टुबोर्ग हेटौंडा आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता–२०७३ च्याम्पियन भएको छ । गतवर्ष फाइनलमा व्यहोरेको हारको बदला लिँदै उपाधीमा आफ्नो नाम लेखाउने क्रममा आर्मीले मनाङलाई २–० गोलअन्तरले पराजित गरेको थियो । आर्मीको जितमा भरत खवासले खेलको १८ औं मिनेटमा गोल गरेका थिए । दीपक […]

January 7, 2017

डीपीएल अक्सन सम्पन्न; ४७ लाख बराबरको बोलि लाग्यो

काठमाडौँ (हाम्रो खेलकुद) – धनगडी प्रिमिएर लिग (डीपिएल) अन्तर्गत आज भएको अक्सन मा ४६ लाख ८५ हजार रुपैयाँ बराबरको खेलाडी किनबेच भएको छ। छ टोलीले अधिकतम आठ लाख पचार हजार सम्म खर्च गर्न पाउने प्रावधान रहेकोमा बिनोद भण्डारीको कप्तानीमा रहेको कंचनपुर आइकोनिकले सर्वाधिक आठ लाख खर्चेको छ भने शरद भेषवाकर कप्तान रहेका बिराटनगर किंग्सले मात्र […]

January 7, 2017

एपीएफलाइ हराउदै झापा एघारलाई उपाधि

काँक्करभित्ता (हाम्रो खेलकुद) – शशस्त्र प्रहरी बललाई ३-० गोलअन्तरले हराउदै झापा एघार फुटबल क्लबले दोश्रो काँक्करभित्ता गोल्ड कपको उपाधि जित्न सफल भएको छ। आज खेलिएको फाइनल खेलमा झापाले तोप बहादुर बिष्टको आत्माघाती गोलको मद्दतले खेलमा अग्रता लिएको थियो। प्रतियोगिताको उच्च गोलकर्ताको उपाधि पाएका कर्ण लिम्बुले थप दुइ गोल गरेपछि झापाले उपाधि पक्का गरेको थियो। झापाका […]

January 7, 2017

अक्सन: धनगढि प्रिमिएर लिग [लाइभ अपडेट]

धनगढि प्रिमिएर लिगको अक्सन आज एक समारोहबिच आयोजना हुँदैछ। छ टोलीले २१७खेलाडी मध्य १५/१५ खेलाडीका लागि बोलकबोल गर्दैछन्। लाइभ अपडेट: सुरेन्द्र चन्द (२५०००), भुवन केसी (२००००), बिनोद लामा (२५०००) – सिवाइसी अत्तरिया अन्तिम थापा (३००००) – रुपन्देही च्यालेंजर्स जितेन्द्र मुखिया (५००००) – बिराटनगर किंग्स रामनरेश गिरि (३००००) – टिम चौराहा चन्द्र साउद (५००००) र हसिम […]

January 6, 2017

अन्जन सोमबार स्पेन जादै , बिमल अर्को साता जाने

दिपेन्द्र पोखरेल काठमाडौं – राष्ट्रिय टोलीका स्ट्राइकरद्वय बिमल घर्तीमगर र अन्जन विष्ट स्पेन जाने भएका छन् । अन्जन सोमबार त्यसतर्फ जाने तयारीमा छन् भने बिमल केही दिन पछि मात्र जाने भएका छन् । दुवै स्पेनको मार्बेला युनाइटेड एफसीमा रहेर अभ्यास गर्ने र मिले सम्म ट्रायल दिनका लागि त्यसतर्फ जान लागेका हुन् । मार्बेला त्यहि क्लब […]

Kohli

January 6, 2017

कोहली तीनै विधाका कप्तान, युवराजको पुनरागमन

नयाँ दिल्ली (एजेन्सी)– युवराज सिंहले यसै महिना इङ्ल्यान्डविरुद्ध हुने श्र्रखंलाका लागि भारतीय क्रिकेटको एक दिवसिय र टि ट्वान्टी क्रिकेट टोलीमा पुनरागमन गर्ने भएका छन् । त्यस्तै एक दिवसिय र टि ट्वान्टी दुवै पद्धतीमा भारतीय टोलीको कप्तान विराट कोहली चयन भएका छन् । महेन्द्र सिंह धोनीले बुधबार दुवै एक दिवसिय र टि ट्वान्टी क्रिकेट टोलीको पदबाट […]

druk-bhutan

January 6, 2017

खप्तड गोल्डकपमा भुटानी क्लबको जित

धनगढी (हाम्रो खेलकुद) – भुटानको ड्रुक स्टार कैलालीको धनगढीमा जारी प्रथम अन्तराष्ट्रिय आमन्त्रित भागेश्वर ग्रुप सुदुरपश्चिम खप्तड गोल्डकपको दोस्रो चरणमा पुगेको छ । धनगढी रंगशालामा वेष्ट काठमाण्डौलाई ४—१ ले हराउँदै ड्रुक स्टार अघिल्लो चरण पुगेको हो । वेष्ट काठमाडौंले पहिलो हाफमा लिएको अग्रता जोगाउन सकेन । कप्तान समीरजंग कार्कीले गोल गरेका थिए । पेम्वा राईले […]

shakti-gauchan

January 6, 2017

एसएसपी कप क्रिकेट – ग्रेस वीरेन्द्र र क्यापिटल सेमिफाइनलमा

राकेश तिमल्सिना चितवन – चौथो क्याची एसएसपी कपमा आज भएको दुई खेलमा साविक विजेता ग्रेस वीरेन्द्र र काठमाडौँको क्यापिटल कलेज विजयी भएका छन् । जितसँगै दुबै टोली सेमिफाइनल प्रवेश गरेका छन् । क्यापिटल कलेज समुह बी र ग्रेस वीरेन्द्र समुह सी को बिजेता बन्दै सेमिफाइनल पुगेको हो । विशाल चोकको नौ बिगाहा मैदानमा भएको पहिलो खेलमा […]

January 6, 2017

फाल्गुनन्द गोल्डकप: ताप्लेजुङ फाइनलमा

दिपक बोहोरा ,पाँचथर फिदिम स्र्पोटिङ क्लब पाँचथरको आयोजनामा जारी आठौँ  फाल्गुनन्द गोल्डकपमा एलाभेन एरोज सुनसरीलाइ १–० ले हराउदै ताप्लेजुङले फाइनलमा विर्ता युनाइटेड क्लब झापा संगको भेट पक्का गरेको छ । शुक्रबार फिदिम उच्च मा.बिको खेलमैदानमा भएको खेलमा खेलको ३० औं मिनेटमा ताप्लेजुङका लागी अफ्रिकि मुलका खेलाडी सेगुनले गरेको गोल नै खेलको निर्णयक गोल बन्यो । […]

Success

Thank you for your time.