February 2, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भारतको नयाँ दिल्लीमा जारी दोस्रो दृष्टिविहिन टि ट्वान्टी विश्वकप क्रिकेटमा नेपालले पहिलो जित दर्ता गरेको छ । सुनिल राना मगरको अल राउन्ड प्रदर्शन तथा सुनिल सुबेदीको उत्कृष्ट ब्याटिङ प्रदर्शनमा नेपालले बिहीबार दक्षिण अफ्रिकालाई ६ विकेटले हराएको छ । नेपालको जारी प्रतियोगितामा तेस्रो खेलमा यो पहिलो जित हो । नेपाल आफ्नो पहिलो […]
February 2, 2017
काठमाडौं (हाम्रो खेलकुद)– तामाङ दिदीभाई नङसल देवी र रत्न जितले राष्ट्रव्यापी कृष्णमहोन स्मृती खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०७३ को उपाधि जितेका छन् । सशस्त्र प्रहरी बलको मुख्य मुख्यालय हलचोकको कभर्ड हलमा बिहीबार भएको पुरुष एकलतर्फको फाइनल मा त्रिभुवन आर्मी क्लबका रत्नजीत तामाङले आफ्नै क्लबका नविन श्रेष्ठलाई २१–१७, २१–९ को सोझो सेटमा हराएर उपाधि जितेका थिए । महिला […]
February 2, 2017
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक एपिएफलाई हराउँदै न्यु डाइमन्ड एकेडेमीले चौथो सशस्त्र प्रहरी महानिरीक्षक राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । सशस्त्र प्रहरीको मुख्यालय हलचोकमा भएको फाइनल रोमाञ्चक फाइनलमा एपिएफलाई ३–२ ले हराउँदै न्यु डाइमन्डले उपाधि जितेको हो । पहिलो सेट गुमाउनका वावजुद न्यु डाइमन्डले १५–२५, २५–२३,२५–१६,१६–२५ र १५–१२ ले नजिता आफ्नो पक्षमा […]
February 2, 2017
दिपक बोहोरा झापा – लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लब रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । अन्तिम क्वार्टरफाइनलमा अर्को ए डिभिजन क्लब न्यूरोड टिम (एनआरटी) माथि ४–० को एकतर्फी नतिजा निकाल्दै मनाङ अन्तिम चारमा पुगेको हो । मनाङको जित सँगै झापा गोल्डकपको सेमिफाइनल समिकरण पुरा भएको छ । मनाङको जितमा निराजन मल्लले २ […]
February 2, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली यू १६ का पूर्व कप्तान हेमन्त थापामगरले आज लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबबाट ‘डेब्यू’गर्ने सम्भावना छ । झापामा जारी दोस्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगितामा आज क्वार्टरफाइनलमा मनाङले न्यू रोड टिम (एनआरटी)को सामना गर्दैछ । शनिबार पोखरामा सम्पन्न आहा रारा गोल्डकपमा नै टोलीमा समेटिएपछि हेमन्तले डेब्यू गर्न पाएका छैनन् । मनाङका […]
February 2, 2017
दिपक बोहोरा झापा– पछिल्लो तीन सातामा दुई उपाधि जितेको लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लबले रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा न्यूराड टिम (एनआरटी) को सामना गर्दैछ । गत महिनको अन्त्यतिर टुबोर्ग हेटौडा गोल्डकपको फाइनल खेलेको मनाङ त्यसपछिका लगातार दुई साता सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकप र पोखराको आहा रारा गोल्डकपको उपाधि जितेको थियो । शनिबार आयोजक […]
February 2, 2017
सिमरा (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका भरपर्दा डिफेन्डर अनन्त तामाङ चोटमुक्त भएर दुई महिना विश्रामपछि मैदानमा फर्कदैछन् । रुस्लान सिमरा गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा उनी आयोजक नव जनजागृती युवा क्लबबाट खेल्दैछन् । अनन्तसंगै राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ पनि आयोजक टोलीबाट मैदानमा उत्रनेछन् । मलेसियामा कात्तिक अन्तिममा भएको एएपफसी सोलिडारिटी कपका दौरान उनको […]
February 2, 2017
लन्डन (एजेन्सी)– गाब्रियल जेसुसले इङ्लिस फुटबलमा पहिलो गोल गरेको प्रिमियर लिगको खेलमा म्यानचेस्टर सिटीले वेस्ट ह्याम युनाइटेडाई ४–० ले हराएको छ । तर, गए रातीनै सिटीको सहरी प्रतिद्वन्द्वि म्यानचेस्टर युनाइटेड भने हल सिटीसँग गोलरहित बराबरीमा रोकिएको छ । जितपछि सिटीले शीर्षस्थानको चेल्सीसँगको दुरीलाई छोट्याएको छ । १७ औं मिनेटमा केभिन डी ब्रुनेको गोलमा पास मिलाइ […]
February 2, 2017
मड्रिड (एजेन्सी) – बार्सिलोनाले कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा एट्लेटिको मड्रिडलाई २–१ ले पराजित गरेको छ । बार्सिलोनालाई उपाधि नजिक पुर्याउने सम्भावना बलियो बनाउनका लागि टोलीका दुई स्टार लियोनल मेस्सी र लुइस स्वारेजले गोल गरेका थिए । दुवै गोल पहिलो हाफमै सम्भव भएको थियो । स्वारेजले सातौं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अघि बढाएका थिए […]
February 2, 2017
बंगलोर (एजेन्सी)- भारतले अन्तिम टि ट्वान्टी क्रिकेटमा इङ्ल्यान्डलाई ७५ रनले हराएको छ । तीनवटा टि ट्वान्टीको श्रृंखलामा भारतले २-१ले कब्जा गरेको छ। २ सय ३ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले सम्पूर्ण विकेट गुमाउदै १सय २७ रन जोडेको थियो । युजभेन्द्र चाहाल अन्तिम खेल तथा प्रतियोगिताकै उत्कृट खेलाडी चुनिए। खेलको पहिलो ईनिंगमा टस हार्दै ब्याटिंगको निम्तो पाएको भारतले पुरा […]