default_image

ताजा समाचारहरु

February 4, 2017

सिन्धु युवा कपमा न्यु खाडीचौरको जित

लामोसाँघु/सिन्धुपाल्चोक (हाम्रो खेलकुद)– सिन्धु युवा कप फुटबल प्रतियोगितको उद्घाटन खेलमा न्यु खाडीचौर युथ क्लब विजयी भएको छ । लामासाँघुस्थित बसन्तपुर मैदानमा न्यु खाडीचौरले चौतारा स्पोर्टिङ क्लबलाई १–० ले हराएको थियो । शनिबारका अन्य खेलमा युनाइटेड युवा क्लब पाखर र सुनकोशी युथ क्लब विजयी भएका छन् । युनाइटेडले क्षितिज युवा परिवारलाई ४–१ ले हरायो । सुनकोशीले […]

February 4, 2017

सहारालाई हराउँदै वीरगन्ज रुस्लान सिमरा गोल्डकप को क्वार्टरफाइनलमा

सिमरा (हाम्रो खेलकुद)– गत साता आहा रारा गोल्डकपको फाइनल खेलेको सहारा क्लब पोखरालाई १–० ले हराउँदै वीरगन्ज युनाईटेड क्लब सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्डकपको क्वार्टरफाइनलमा पुगेको छ । सिमरा रंगशालामा शनिबार विकास राईको गोलमा वीरगन्जले जित हासिल गरेको थियो । सहाराको रंक्षापंक्ती सम्हालिन नपाउदै खेलको दुई मिनेटमा बिकासले गोल गरे । डिबक्सभित्रबाट बिकासले प्रहार […]

February 4, 2017

नेपाल वेस्ट इन्डिजसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाले भारतमा जारी दोस्रो दृष्टिबिहिन टि ट्वान्टी विश्व कप क्रिकेट प्रतियोगितामा अर्को हार बेहोरेको छ । नेपाल शनिबार भारतको मुम्बईमा वेस्ट इन्डिजसँग ४३ रनले पराजित भएको छ । प्रतियोगितामा नेपालको यो चौथो हार हो । नेपाल अष्टे«लियासँग १० विकेट, बंगलादेशसँग ५९ रन र पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । नेपालले […]

February 4, 2017

मनाङ झापा गोल्ड कपको उपाधि नजिक , आर्मी पराजित

दिपक बोहोरा झापा – पछिल्लो एक महिनामा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब चौथो नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । शुक्रबार दस खेलाडीमा सिमित त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै मनाङ दोस्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । टोलीले आयोजक झापा ११ सँग सोमबार फाइनल खेल्नेछ । पुस २३ गते टुबोर्ग हेटौडा […]

February 4, 2017

अस्ट्रेलियामा सनसाइनज जर्जबाट जगजितको ‘डेब्यू’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर जगजित श्रेष्ठले अस्ट्रेलियाको सनसाइन जर्ज क्रस एफसीबाट बुधबार ‘डेब्यू गरेका छन् । ’ भिक्टोरिया प्रिमियर लिगमा सनसाइनले मोरल्यान्ड जेब्राजसँगको पहिलो खेलमा २–२ को बराबरी खेलेको छ । पहिलो हाफमा २–० ले पछि परेको खेल उल्टाउँदै सनसाइन जर्जले खेललाई बराबरी गरेको थियो । सनसाइनले दुवै गोल दोस्रो […]

February 4, 2017

झापा गोल्डकप – मनाङ आर्मीको सामना गर्दै

दिपक बोहारा झापामा जारी दोश्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको दोश्रो सेमिफाइनल खेलमा आज दुई ए डिभिजन क्लब लक्ष्मी हुन्डाई मनाङ मस्यादी क्लब र बिभागीय टोली त्रिभुवन आर्मी क्लब डोमलाल रङशालामा दिनको ३ बजे फाइनल प्रबेशको लागी प्रतिस्पर्धा गदैैछन। गत महिनाको अन्त्यतिर टुबोर्ग हेटौडा गोल्डकपको फाइनल खेलेको मनाङ त्यसपछिका लगातार दुई साता सुदुर पश्चिममा खप्तड […]

February 3, 2017

शाहीलाई खेलकुद पत्रकार मञ्चको आार्थिक सहयोग

पोखरा (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कास्कीले कार्यसमिति सदस्य नारायण शाहीको उपचारार्थ दश हजार सहयोग प्रदान गरेको छ । मञ्चको शुक्रबार बसेको बैठकले स्वास्थ्योपचार गरिरहेका शाहीलाई सो रकम प्रदान गरेको हो । मञ्चका सल्लाहकार समेत रहेका पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल र मञ्चका अध्यक्ष केशव पाठकले सो रकम बराबरको […]

February 3, 2017

बगरभाई खलक रुस्लान जावलाखेल भेन्ट्रान्स फुटबलको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– बगरभाई खलक पोखरा, सानो गौचरन नाइट किङग क्लब, हिमालयन शेर्पा क्लब र अभिषेक चर्च नवलपरासी  रुस्लान जावलाखेल भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । सेमिफाइनल र फाइनल शनिबार हुनेछ । जावलाखेलको मैदानमा शुक्रबार भएको क्वार्टरफाइनलमा बगरभाई खलकले आयोजक जावलाखेललाई टाइब्रकेरमा हराएको थियो । गोलरहित बराबरीपछि को टाइब्रेकरमा बगरभाई खलक विजयी भएको थियो । […]

February 3, 2017

पोखरामा सृजना आमन्त्रण भलिबल भोली सुरु हुने

पोखरा (हाम्रो खेलकुद)– आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सफल आयोजना पछि अब पोखरा भलिबल आयोजनाको तयारीमा जुटेको छ । सृजना विकास केन्द्र सिमलचौरको मुख्य प्रायोजनमा हुने सृजना आमन्त्रण अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजकले जनाएका छन् । कास्की जिल्ला तथा पश्चिमाञ्चल भलिबल संघको आयोजना, कास्की तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास […]

February 3, 2017

अल्ट्रा धाविका मिरालाई हिमाली कलाको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – अल्ट्रा धाविका मिरा राईलाई हिमाली कला संघले सम्मान गरेको छ । राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा नेशनल जियोग्राफी च्यानलले सन् २०१७ का लागि घोषणा गरेको एड्भेन्चरर्स अफ दि इयरको पिपुल्स च्वाईस अवार्ड जितेर देशको शीर उच्च बनाएको मिरालाई संघले सम्मान गरेको हो । रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले मिरालाई दोसल्ला र […]

Success

Thank you for your time.