default_image

ताजा समाचारहरु

February 8, 2017

गोलकिपर विकेश खतरामुक्त

सिमरा (हाम्रो खेलकुद) – रुस्लान आठौं सिमरा गोल्डकपमा मंगलबार वीरगन्ज युनाइटेड क्लबसँगको खेलका क्रममा चोट लागेरका त्रिभुवन आर्मी क्लबका गोलकिपर विकेश कुथु खतरामुक्त रहेको छन् । बल नियन्त्रण गर्ने क्रममा खेलाडीसँथ ठोक्किदा विकेशको टाउकोमा चोट लागेको थियो । टाउकोमा पाँच वटा टाका लगाइएपनि उनको अवस्था गम्भिर नरहेको चिकित्सकले बताएका छन् । उनको स्थानिय स्थानिय अस्पतालमा […]

February 8, 2017

संकटा रुस्लान सिमरा गोल्डकपको उपाधि नजिक

सिमरा (हाम्रो खेलकुद)– साविक विजेता प्राइम पोलिक्लिनिक विजय युथ क्लबलाई स्तब्ध पार्दै सिएमजी क्लब संकटा सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सिमरा रंगशालामा बुधबारको पहिलो सेमिफाइनलमा विश्व अधिकारीको निर्णायक गोलमा विजय युथलाई २–१ ले हराउँदै संकटाले एकै महिना दोस्रो नकआउट फुटबलको फाइनल खेल्ने भएको छ । माघ १ गते […]

February 8, 2017

केन्दोको खेल सामाग्री हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद)– जापान केन्दो फेडेरेसनको सहयोगार्थ नेपाल केन्दो एण्ड लैदो संघलाई जापानी दुतावासमा केन्दोको खेलकुद सामग्री हस्तान्तरण गरिएको छ । नेपालस्थित जापानी दुतावासका फस्ट सेक्रेटरी सेक्रेटरी कियोहिको हामादाले खेलकुद सामाग्री हस्तान्तरण गरेका हुन् । केन्दो खेलमा प्रयोग हुने बुगु सेट १०, सिनाल १०, डेन्डो गी ६ र हकामा ४ पिस खेलकुद सामान फस्ट सेक्रेटरी […]

February 8, 2017

एपिएफ र पुलिसको एउटामा जित अर्कोमा हार

पोखरा (हाम्रो खेलकुद)– सृजना आमन्त्रण अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा एपिएफ क्लब महिला र नेपाल पुलिस क्लब पुरुषतर्फको फाइनलमा पुगेका छन् । महिलातर्फ एपिएफले पुलिसलाई र पुरुषतर्फ पुलिसले एपिएफलाई हराएका थिए । पोखरा रंगशालामा जारी प्रतियोगितामा पुलिसलाई २५–१५, २५–१४ र २५–१५ को सोझो सेटमा हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । एपिएफकी रेश्मा भण्डारी […]

February 8, 2017

रुस्लान सिमरा गोल्डकपको पहिलो सेमिफाइनल– संकटा र विजय युथ भिड्दै

सिमरा (हाम्रो खेलकुद)– सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्डकप फुटवल प्रतियोगितामा बुधबार पहिलो सेमिफाइनल हुँदैछ । सिमरा रंगशालामा हुने पहिलो सेमिफाइनलमा साविक विजेता प्राइम पोलिक्लिनिक विजय युथ क्लब र सिएमजी क्लब संकटाको सामना गर्दैछ । सेमिफाइनल दिउँसो ३ बजे सुरु हुनेछ । संकटाले माघ १ गते सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकपमा फाइनल खेलेको थियो । विजय युथ […]

Zlatan scores winner against Leicester in Community Shield

February 8, 2017

प्रिमियर लिगमा इब्राहिमोभिकको कीर्तिमान

लन्डन (एजेन्सी) – म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा आइतबार अपराजित खेल संख्याको यात्रालाई १५ पुर्याउँदा टोलीका स्ट्राइकर ज्लाटान इब्राहिमोभिकले नयाँ कीर्तिमान बनाएका थिए । साविक विजेता लेस्टरलाई युनाइटेडले ३–० ले हराउँदा दोस्रो गोल इब्राहिमोभिकले गरेका थिए । जारी सिजनमा टोलीका लागि उनको त्यो १५ औं गोल थियो ।  ३५ बर्ष १ सय २५ दिनको उमेरमा गोल […]

philip-lahm

February 8, 2017

सिजनको अन्त्यमा बायर्नका कप्तान लामले बुट थन्क्याउने

म्युनिख (एजेन्सी)– जर्मनी का विश्व कप विजेता कप्तान फिलिप लामले सिजनको अन्त्यमा खेल जिवन बाट सन्यास लिने घोषणा गरेका छन् । ३३ बर्षिय कप्तान लाम सिजनको अन्त्य पछि पनि म्युनिखसँग को उनको अनुबन्धन १ बर्ष बाँकी छ । तर जर्मन फुटबलको इतिहासकै सफलमध्ये एक कप्तानले एक बर्षअघि नै खेल जीवनबाट विश्राम लिने योजना सार्वजनिक गरेका […]

Imran Tahir

February 8, 2017

श्रीलंकाविरुद्ध दक्षिण अफ्रिकाको लगातार चौथो जित

केप टाउन (एजेन्सी) – श्रीलंकाविरुद्ध पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलामा ३–० को अग्रता लिइसकेको दक्षिण अफ्रिकाले गए राती चौथो खेलमा ४० रनको जित हासिल गरेको छ । ३ सय ६८ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ४८.१ ओभरमा सबै विकेट गुमाउँदै ३ सय २७ रन बनाएको थियो । राम्रो सुरुवात गरेको श्रीलंकाको पहिलो विकेटका लागि निरोशन डिक्वेला […]

luis-suarez

February 8, 2017

बार्सिलोना कोपा डेल रे को फाइनलमा , स्वारेजले फाइनल खेल्न नपाउने

बार्सिलोना (एजेन्सी)– बार्सिलोना कोपा डेल रे को फाइनल पुगेको छ । गए राती एट्लेटिको मड्रिडसँग दोस्रो लेगमा १–१ को बराबरी खेलेपनि पहिलो लेगको अग्रताले बार्सिलोना समग्रमा ३–२ नतिजासहित उपाधि नजिक पुगेको हो ।लुइस स्वारेज र लियोनल मेस्सीको गोलमा बार्सिलोनाले पहिलो लेगमा २–१ ले जितेको थियो । त्यति बेला एन्टोनियो ग्रिजमानले गोल फर्काएका थिए । तीन […]

du-plesis

February 7, 2017

दक्षिण अफ्रिकी डु प्लेसिसको कीर्तिमानी इनिङ्स , श्रीलंकालाई ३ सय ६८ रनको लक्ष्य

केप टाउन (एजेन्सी) – श्रीलंकाविरुद्ध पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलामा ३–० को अग्रता लिइसकेको दक्षिण अफ्रिकाले चौथो खेलमा पनि ३ सय ६८ रनको लक्ष्य दिएको छ । चौथो खेलमा मंगलबार टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले फा डु प्लेसिसको कीर्तिमानी इनिङ्ससँगै निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ६७ रनको योगफल तयार गरेको […]

Success

Thank you for your time.