default_image

ताजा समाचारहरु

February 10, 2017

महिला र पुरुष दुवै भलिबलमा पश्चिमाञ्चल तेस्रो

पोखरा (हाम्रो खेलकुद)– आयोजक पश्चिमाञ्चलले सृजना अन्तर्राष्ट्रिय आमन्त्रण भलिबलको महिला र पुरुष दुवैमा तेस्रो स्थान प्राप्त गरेको छ । दुवैतर्फको फाइनलमा पश्चिमाञ्चलले विभागिय टोलीमाथि जित हासिल गरेको थियो । महिलातर्फ नेपाल पुलिस क्लबलाई हराएको पश्चिमाञ्चलले पुरुषतर्फ एपिएफलाई पराजित गरेको थियो । पश्चिमाञ्चल महिलातर्फ २५–२१,२५–२२ र २६–२४ सोझो सेटको जित निकालेको थियो । १८–१३ ले पछि […]

default_image

February 10, 2017

हिमालयन शेर्पा रमपम उदयपुर गोल्डकपको सेमिफाइनलमा

गाईघाट (हाम्रो खेलकुद)– ए डिभिजन टोली हिमालयन शेर्पा क्लब रमपम चौथो उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आयोजक उदयपुर जिल्ला फुटबल संघको उदयपुर ११ लाई ४–१ ले हराउँदै हिमालयन शेर्पा लगातार दोस्रो नकआउट प्रतियोगिताको अन्तिम चारमा पुगेको थियो । सिमरामा जारी रुस्लान सिमरा गोल्डकप फुटबल प्रतियोगितामा पनि हिमालयन सेमिफाइनलमा पुगेको थियो । अब […]

February 10, 2017

आयोजक पायोनियर अन्तर स्कुल चेस च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – चौथौं अन्तर स्कुल चेस प्रतियोगिताको उपाधि आयोजक पायोनियर पब्लिक स्कुल कपनले जितेको छ । पायोनियरले १७ अंकका साथ उपाधि जितेको हो । १४ अंकका साथ अन्नपूर्ण उच्च मावि दोश्रो र १३ अंकका साथ ग्रीनल्यान्ड स्कुल तेश्रो भयो । स्वीस लिग ५ राउण्डको खेलमा ब्बाइज सिनियरतर्फ पायोनियरका विराज पुडासैनी साढे ४ अंक […]

February 10, 2017

कीर्तिमानसहित शिवरामलाई सूर्य नेपाल वेस्टर्न ओपन गल्फ उपाधि , खेल जीवनमा ३३ औं सफलता  

पोखरा (हाम्रो खेलकुद)– कीर्तिमानी प्रदर्शनसँगै व्यवसायिक नम्बर एक गल्फर शिवराम श्रेष्ठले सूर्य नेपाल वेस्टर्न ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । पार ७० को हिमालयन गल्फ कोर्समा उनले कर्तिमानी ९ अन्डर २ सय १ स्कोर खेल्दै शिवरामले सिजनको लगातार तेस्रो उपाधि जितेका हुन् । अन्तिम दिन शुक्रबार शिवरामले ६ अन्डर ६४ खेल्दै हिमालयन गल्फ कोर्समा […]

February 10, 2017

रमपम उदयपुर गोल्डकपमा हिमालयन शेर्पा र आयोजकबीच प्रतिस्पर्धा हुँदै

गाईघाट (हाम्रो खेलकुद)– रमपम चौथो उदयपुर गोल्डकपमा शुक्रबार ए डिभिजन टोली हिमालयन शेर्पाले आयोजक उदयपुर ११ को सामना गर्दैछ । रुस्लान आठौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलसम्म पुगेको हिमालयन त्यहाँबाट उदयपुर गोल्डकप पुगेको थियो । उदयपुर जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित २ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उद्घाटन खेलमा बिहीबार खेलको […]

February 9, 2017

संकटा उदयपुर गोल्डकपको सेमिफाइनलमा

गाईघाट (हाम्रो खेलकुद)– खेलको अन्त्यतिर राज पौडेलले दुई गोल गरेपछि सिएमजी क्लब संकटा रमपम चौथो उदयपुर गोल्डकपको सेमिफाइनलमा पुगेको छ । धरान फुटबल क्लबलाई ३–१ ले हराउँदै संकटा अन्तिम चारमा पुगेको हो । संकटा एक दिनअघि रुस्लान आठौं सिमरा गोल्डकपको फाइनलमा पुगेको थियो ।  थारुहट मैदानमा बिहीबार १–१ को बराबरी रहेको खेलको ८९ औं मिनेटमा […]

February 9, 2017

सूर्य नेपाल वेस्टर्न ओपन गल्फमा शिवरामको अग्रता

पोखरा (हाम्रो खेलकुद)– सूर्य नेपाल वेस्टर्न ओपन गल्फ प्रतियोगिताको दोस्रो दिन नम्बर एक व्यवसायिक गल्फर शिवराम श्रेष्ठ शीर्ष स्थानमा उक्लिएका छ । पार ७० को हिमालयन गल्फ कोर्समा दोस्रो दिन बिहिबार शिवरामले ३ अन्डर ६७ खेले । अघिल्लो दिन इभन पार ७० खेलेका शिवरामले कुल ३ अन्डर १ सय ३७ स्कोरका साथ शीर्ष स्थान बनाएका […]

February 9, 2017

आर्मी र न्यू डायमण्ड फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पुरुष पोखरामा जारी सृजना अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिता २०७३ को फाईनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा भएको प्रतियोगिताको पुरुषको दोश्रो सेमिफाईनल खेलमा आर्मीले आयोजक पश्चिमाञ्चललाई ३–१ को सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । पहिलो सेटमा २५–२०ले जित हात पारेको आर्मीले दोश्रो सेटमा […]

February 9, 2017

हिमालयन शेर्पालाई हराउदै आर्मी फाईनलमा

सिमरा (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लबलाई हराउदै त्रिभुवन आर्मी क्लब सिमरामा जारी आठौं सिमरा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बिहिवार भएको दोस्रो सेमिफाईनल खेलमा शेर्पाविरुद्ध २–१ को जित निकाल्दै आर्मी फाइनलमा प्रवेश गरेको हो । आर्मीका लागी एक गोल टंक बस्नेतले गरेका थिए भने एक गोल आत्मघाती भएको थियो । शेर्पाका […]

February 9, 2017

फिफा वरियतामा नेपालको सुधार

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले बिहिबार सार्वजनिक गरेको फेब्रुअरी महिनाको वरियताक्रममा नेपाल दुइ स्थान सुधार्दै १७३औं स्थानमा पुगेको छ। जनवरी महिनामा १७५औं स्थानमा रहेको नेपालके दुइ स्थान सुधार गरेको हो। नेपाल दक्षिण एसियाली राष्ट्रबीच चौथो  स्थानमा रहेको छ । नेपाललाई अफगानिस्तान, भारत र माल्दिभ्सले पछि पारेका छन् भने नेपाल बंगलादेश, भुटान, श्रीलंका […]

Success

Thank you for your time.