default_image

ताजा समाचारहरु

January 28, 2025

सभापति कप सेमिफाइनल – बागमती र एनआरटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – सभापति कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज आयोजक टोली नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती र एनआरटी भिड्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ साढे ५ बजे सुरु हुनेछ। बागमतीले विभागीय टोली नेपाल पुलिस क्लबलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । एनआरटीले भने फ्रेन्ड्स क्लबलाई ३–१ ले हराएको […]

January 28, 2025

नेयमारले छाडे अल हिलाल

एजेन्सी – ब्राजिलियन स्टार नेयमारले साउदी प्रो लिग क्लब अल हिलालसँगको सम्झौता रद्ध गरेका छन् । नेयमार र साउदी क्लब हिलालले सोमवार आपसी समझदारीमा सम्झौता रद्द गरेका हुन् । ‘नेयमारले अल–हिलालमा रहँदा गरेका योगदानका लागि धन्यवाद र प्रशंसा व्यक्त गर्दछ । खेलाडीको करियरको आगामी दिनको सफलताको कामना गर्दछ,’ क्लबले भनेकाे छ । नेयमार सन् २०२३ […]

January 28, 2025

कुशल सम्मिलित डेजर्ट पराजित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) मा टि ट्वान्टी हार बेहोरेको छ । डेजर्ट सोमवार एमआई इमिरेट्ससँग १ सय ५४ रनको फराकिलो अन्तरले पराजित भएको हो । डेजर्टले ८ खेल खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका छैनन् । २ सय २९ रनको लक्ष्य पछ्याएको डेजर्ट १२.३ ओभरमा ७४ […]

January 27, 2025

प्याराडाइज राइजिङ भरतपुर गोल्डकपको सेमिफाइनलमा

सुशील पन्त क्षेत्री, चितवन पुनरागमन जित निकाल्दै प्याराडाइज युथ क्लब मिन्नानो राइजिङ भरतपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिम केन्द्रको मैदानमा सोमवार गैंडाकोट फुटबल क्लबलाई टाइब्रेकरमा ४-३ ले हराउँदै प्याराडाइज अन्तिम चरणमा पुगेको हो।त्यस अघि निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । खेलमा अग्रता भने गैंडाकोटले लिएको थियो […]

January 27, 2025

काठमान्डौ माभरिक्स दोस्रो क्वालिफायरमा

काठमाडौं (हाम्रो खेलकुद)- एकपटक फेरि सानदार कमब्याक गर्दै काठमान्डौ माभरिक्स केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। आज भएको इलिमिनेटरमा काठमाडौंले धनगढी वाइल्ड क्याट्सलाई ५०-४५ को स्कोरमा माथ दियो। काठमाडौंको यो जितमा पनि कप्तान घनश्याम रोक्का मगरको प्रदर्शन अब्बल रह्यो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको इलिमिनेटर नाटकीय बन्यो। […]

January 27, 2025

मच्छिन्द्रलाई सडन डेथमा हराउँदै संकटमा फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- मच्छिन्द्र क्लबलाई सडन डेथमा हराउँदै संकटा क्लब सभापति कप फुटबल प्रतियोगिताको प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको टाइब्रेकरमा ४-४ को बराबरी पछि सडन डेथमा संकटाले बाजी मारेको थियो। समग्रमा संकटा ८–७ को रोमाञ्चक जित निकाल्न सफल रहेको थियो। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा समाप्त भएपछि खेल सिधै पेनाल्टी सुटआउटमा […]

January 27, 2025

रुपेशको एकल अग्रता

हेटौंडा (हाम्रो खेलकुद)- एफएम रुपेश जैसवालले २५ औं पुरुष राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तेस्रो चरण समाप्तिमा‌ एकल अग्रता लिएका छन्। हेटौंडामा जारी प्रतियोगितामा पूर्व नेपाल च्याम्पियन रुपेशले पूर्ण ३ अंक जोडेका छन्। रौतहटका २०९३ रेटेड रुपेशले ललितपुरका १९५२ रेटेड सुरोज महर्जन, झापाका २०२१ रेटेड शुश्रुत दहाल, काठमाडौंका १८८२ रेटेड प्रेमकृष्ण महर्जनलाई हराए । दोलखाका आशिष फुयाल […]

January 27, 2025

जनकपुर नाइट्स एनकेएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- जनकपुर नाइट्स अपराजित रहँदै केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को फाइनलमा प्रवेश गरेको छ। विराटनगर सोमवार ब्यान्डिट्सलाई ३४-३२ को झिनो अन्तरमा हराउँदै जनकपुर फाइनलमा पुग्ने पहिलो टोली बन्यो। राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको पहिलो क्वालिफायर नाटकीय बन्यो। पहिलो हाफमा जनकपुरले एकपक्षीय दबाब बनायो। २३-१२ को अग्रता बनाउने क्रममा जनकपुरले विराटनगरलाई […]

January 27, 2025

जय नेपाल कप – मध्यपश्चिम र लखनउ उपाधिका लागि खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेपालको मध्यपश्चिम र भारतको लखनउ विश्वविद्यालयबीच जय नेपाल कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। सोमवार भएको दुवै सेमिफाइनल खेल जित्दै मध्यपश्चिम विश्वविद्यालय र लखनउले फाइनलमा स्थान बनाएका हुन् । पहिलो सेमिफाइनलमा लखनउले बंगलादेशको ढाका विश्वविद्यालयलाई ७ विकेटले पराजित गरेको थियो । कीर्तिपुरस्थित टियु मैदानमा ढाकाले दिएको १ सय ८० रनको […]

January 27, 2025

बर्खा स्मृति क्रिकेट – गौरादह र कचनकवल क्वार्टरफाइनलमा

हिमाल खरेल, बिर्तामोड बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका पुरुष टि–२० क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । आज भएका दुई खेलपछि गौरादह र कचनकवलले क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेका छन् । पहिलो खेलमा गौरादहले बुद्धशान्ति गाउँपालिकालाई २४ रनले पराजित गर्यो । टस हारेर पहिले ब्याटिङ गरेको गौरादहले निर्धारित […]

Success

Thank you for your time.