default_image

ताजा समाचारहरु

April 24, 2017

नेपालले ३६ वर्षपछि एसियाली स्क्वासमा सहभागिता जनाउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले ३६ वर्षपछि एसियाली स्क्वास च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ । नेपालले १९८१ पछि पहिलोपल्ट प्रतियोगितामा सहभागिता जनाउन लागेको हो । पाकिस्तानको कराँचीमा त्यत्ति खेर भएको उक्त प्रतियोगितामा सञ्जिव राजभण्डारी, अनिल सिंह र सत्य नारायणले प्रतिस्पर्धा गरेका थिए । अप्रिल २६ देखि ३० तारिखसम्म हुने च्याम्पियनसिपको १९ औं संस्करणमा दुई पुरुष […]

April 24, 2017

थाइल्याण्डमा पुरुष टिमलाई कास्य

बैंकक (हाम्रो खेलकुद) – थाइल्याण्ड ओपन कराँते च्याम्पियनसिपको अन्तिम दिन नेपालको पुरुष टिमले फाइटमा कास्य जितेका छन् । यससँगै तीनदिनसम्म चलेको च्याम्पियनसिपमा नेपालले ४ रजत र ६ कास्यपदक जित्न सफल भयो । बैंककको इन्डोर स्टेडियममा सोमबार भएको अन्तिम दिन नेपालको पुरुष टिम फाइटमा सिंगापुरलाई पराजित गर्दै कास्य जित्न सफल भएका हुन् । नेपाली टिम फाइटमा […]

April 24, 2017

एन्फाले यु-१६ खेलाडी खुल्ला छनोट गर्ने

काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी आश्विन ४ देखि ८ गते हुने एएफसी यु-१६ च्याम्पीयनसिपको छनोट चरणका लागि खेलाडीहरुको खुला छनोट आह्वान गरेको छ। एन्फाले निम्न योग्यता पुगेका खेलाडीहरुलाई खुल्ला छनोट कार्यक्रममा सहभागी हुन सुचित गरेको छ:

April 24, 2017

बायर्नको समर्थकमा १.२% नेपालबाट

काठमाडौँ (हाम्रो खेलकुद) – जर्मन च्याम्पियन बायर्न म्युनिखले सोमबार दिउसो नेपालमा आफ्नो समर्थक संख्या ५ लाख पुगेको फेसबुक पेज मार्फत जनाएको छ। आफ्नो फेसबुक पेजमा फोटो पोस्ट गर्दै म्युनिखले नेपाली समर्थक संख्या ५ लाख कटेकोमा सम्पूर्ण नेपालीलाई बधाई दिएको हो। जर्मन बुन्डेस्लिगाको अंक तालिकाको शीर्ष स्थानमा रहेको बायर्न म्युनिख गत साता मात्र च्याम्पियन्स लिगको सेमिफाइनलबाट […]

April 24, 2017

नरेशको निराशाजनक प्रदर्शन

काठमाडौँ (हाम्रो खेलकुद) – धनगढीमा भर्खरै सम्पन्न धनगढी प्रिमीएर लिगको उपाधि टिम चौराहा धनगढीले जित्दा उसले एलिमिनेटरमा काठमाडौँ गोल्डेन्सलाई पराजित गरेको थियो। लिग चरणमा २ जित र ३ हार व्यहोरेको काठमाडौँका लागि निकै आशा गरिएका ब्याट्सम्यान नरेश बुढाएरले खराब प्रदर्शन गरे। निकै आशा गरिएका नरेशले राम्रो प्रदर्शन गर्न नसकेपछि काठमाडौँ एलिमिनेटरमै रोकिएको थियो। काठमाडौँका लागि […]

April 24, 2017

डेले वर्षकै उत्कृष्ट युवा खेलाडी घोषित

लण्डन (एजेन्सी) – टोटेनहम हट्सपरबाट व्यवसायीक फुटबल खेल्दै आएका मिडफिल्डर डेले आलीले प्रिमियर लिगकै उत्कृष्ट युवा खेलाडीको उपाधि जितेका छन्। पिएफएले वर्षेनि प्रदान गर्दै आएको प्रतिष्ठित उपाधि आलीले लगातार दोश्रो सिजन जितेका हुन्। २१ वर्षीय आलीले यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। उनले उपाधि जित्ने क्रममा एभर्टनका रोमेलु लुकाकु, बर्नलीका माइकल किन, सन्डरल्याण्डका जोर्डन पिक्फर्ड […]

April 24, 2017

कान्टेलाई ‘प्लेएर अफ द इयर’ उपाधि

लण्डन (एजेन्सी) – चेल्सीका स्टार मिडफिल्डर एन’गोलो कान्टेले पिएफए प्लेएर अफ द इयर अवार्डको उपाधि जितेका छन्। चेल्सीकै एडेन हजार्ड, टोटेनहमका ह्यारी केन, आर्सनलका एलेक्सीस स्यान्चेज, एभर्टनका रोमेलु लुकाकु र म्यानचेस्टर युनाईटेडका ज्लाटन इब्राहिमोभिचलाई पछि पार्दै कान्टेले उपाधि जितेका हुन्। व्यवसायिक फुटबलरहरुको संघ पिएफएले खेलाडीहरुको मतका आधारमा दिने यो उपाधि प्रतिष्ठित उपाधि हो। कान्टे यो […]

April 24, 2017

कोहलीको बेंगलोर ४९ रनमा अलआउट

कोलकाता (एजेन्सी) – इन्डियन प्रिमिएर लिग अन्तर्गत आइतबार भएको दोश्रो खेलमा १ सय ३२ रनको सामान्य लक्ष्य पछ्याएको बेगंलोर ४९ रनमा अलआउट भएपछि घरेलु टोली कोलकाता नाइट राइडर्सले ८२ रनको जित दर्ता गरेको छ। कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन नसकेको बेंगलोरको पारी पहिलो ओभरमा विराट कोहली गोल्डेन डक भएसंगै खस्किएको थियो। १०औं ओभरको चौथो […]

April 24, 2017

रियलको मैदानमा मेस्सी नायक

म्याड्रिड (एजेन्सी) – लियोनेल मेस्सीले खेलको इन्ज्युरी समयको अन्तिम मिनेटमा विजयी गोल गरेपछि स्पेनिस ला लिगा अन्तर्गत आइतबार राती भएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ३-२ ले पराजित गरेको छ। नेयमार बिना नै मैदान उत्रेको पाहुना टोली बार्सिलोनाको लागि लियोनेल मेस्सीले २ गोल गरेका हुन्। खेलअघि लिगको शीर्षस्थानमा रहेको रियल मड्रिडलाई दोस्रो स्थानमा रहेको बार्सिलोनाले ३-२ […]

April 24, 2017

प्रिमियर लिगमा लिभरपुल घरेलु मैदानमा पराजित

लिभरपुल (एजेन्सी)– क्रिस्टियन बेन्टेकेको २ गोलको मद्दतमा क्रिस्टल प्यालेन्सले आइतबार प्रिमियर लिगमा लिभरपुललाई २–१ ले हराएको छ । घरेलु मैदानमा लिएको अग्रतालाई लिभरपुलले जोगाउन सकेन । २४ औं मिनेटमा फिलिप्पे काउटिन्होले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर, क्रिस्टल प्यालेस हार मान्ने पक्षमा थिएन । पहिलो हाफको केही मिनेटअघि बेन्टेकेले याहान काबायेको […]

Success

Thank you for your time.