default_image

ताजा समाचारहरु

May 23, 2017

पाठक पत्र: नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल

सन्दर्भ: नेपाल र भारतबीच आगामी जुन महिनामा हुन गईरहेको मैत्रीपूर्ण खेल न भारत पहिला जस्तो कमजोर छ न नेपाल नै। भारतीय फुटबल टोली अहिले एसियाको जल्दाबल्दा टिममा गनिन्छ। छोटो समयमा ठूलो उपलब्धि हात पारेको भारत अाफु भन्दा बलिया टोलीलाई सजिलैसँग पाखा लगाउन थालेको छ। यसको मुख्य श्रेय भारतीय लिगलाई नै जान्छ। कुनै बेला थियो भारत […]

May 23, 2017

नेपाल र मलेसिया बुधबार दिउँसो खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)– मलेसियामा हुने मैत्रीपूर्ण शृंखला अन्तर्गत बुधबार दिउँसो नेपाल र मलेसियाको महिला राष्ट्रिय टोलीबीच मैत्रीपूर्ण खेल हुँदैछ । सोमबार भएको पहिलो खेलमा १-१को बराबरी खेलेका टोली भोलि त्यसै रंगशालामा भिड्दै छन्। युएमएस रंगशालामा हुने दोस्रो खेलमा पहिलाको तुलनामा प्रदर्शनमा सुधार हुने प्रशिक्षक थापाको विश्वास छ । ‘हाम्रा खेलाडी सुरुमा केही दबाबमा देखिएका थिए […]

May 23, 2017

भारतसँग पराजित भएसँगै नेपालको साबा यात्रा टुंगियो

काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा जारी छैटौं साबा च्याम्पियनसिप अन्तर्गत अन्तिम खेलमा भारतसँग ९०-४४ स्कोरले हार व्येहोर्दै नेपालले प्रतियोगिता टुंग्याएको छ। प्रतियोगितामा खेलेका ४ खेलमध्ये एक खेलमा जित दर्ता गरेको नेपालले ३ खेलमा पराजित भयो। प्रतियोगिताको पहिलो खेलमा बंगलादेशसंग ७६-६६ले पराजित भएको नेपालले दोश्रो खेलमा आयोजक राष्ट्र माल्दिभ्सलाई ६१-५९ले पराजित गरेको थियो। तेश्रो खेलमा श्रीलंकासँग […]

May 23, 2017

मलेसियाविरुद्ध उच्च प्रदर्शन गर्ने थापाको विश्वास

काठमाडौं (हाम्रो खेलकुद) – मलेसिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भोली घरेलु टोलीसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाल र मलेसियाबीचको सोमबार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ को बराबरीमा टुंगिएको थियो । प्रशिक्षक कुमार थापा अघिल्लो खेलकै पहिलो रोजाईलाई उतार्ने तयारीमा छन् । पहिलो खेलमा १–० ले पछि परेको नेपालले ६७ औं मिनेटमा बराबरी […]

May 23, 2017

पूर्वाञ्चलमाथि आर्मीको शानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक पुरस्कार राशिको प्रथम प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले प्रभावशाली जित निकालेको छ । प्रतियोगिता अन्तर्गत मंगलबारबाट सुरु भएको एकदिवसीय क्रिकेट प्रतियोगितामा आर्मीले पूर्वाञ्चलमाथि ९ विकेटको शानदार जित निकालेको हो । आर्मीको शानदार जितमा सागर पुनले उत्कृष्ट अलराउण्ड प्रदर्शन गरे भने अनिल मण्डलले अर्धशतक पूरा गरे । कीर्तिपुरस्थित […]

May 23, 2017

इंगेज इम्पावर ह्वीलचेयर बास्केटबल लिग शनिबारदेखि

काठमाडौं (हाम्रो खेलकुद)– दोस्रो संस्करणको इंगेज इम्पावर ह्वील चेयर बास्केटबल लिग यहि साता सुरु हुने भएको छ । आयोजक इंगेज इम्पावरिङले मंगलबार पत्रकार सम्मेलन गर्दै छ हप्ता चल्ने दोस्रो संस्करणको लिग गर्ने जानकारी गराएको हो । शनिबारबाट सुरु हुने ह्वील चेयर बास्केटबल लिगमा पुरुषतर्फ ६ र महिलातर्फ ४ टिमको सहभागिता रहेको छ । लिग हरेक […]

May 23, 2017

स्वर्णसहित दुई पदक जितेका प्रवेश उत्कृष्ट फाइटर

काठमाडौं (हाम्रो खेलकुद) – प्रवेश पण्डितले भारतमा सम्पन्न  आमन्त्रण तेक्वान्दोमा स्वर्ण पदकसहित दुई पदक जितेका छन् । ४५ केजी तौल समूहमा स्वर्ण जितेका प्रवेशले पुम्सेमा रजत पदक जितेका छनु । उनी प्रतियोगिताको वेस्ट फाइटर समेत घोषित भए । भारतको अमृतसहरमा भएको प्रतियोगितामा दीपेन्द्रबहादुर नेपालले पनि स्वर्णसहित दुई पटक जिते । ६३ केजी तौलसमुहमा स्वर्ण जितेका […]

May 23, 2017

कोपा डेल रे जितेमा बार्सिलोनाले विजयी उत्सव नमनाउने

बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगामा रियल म्याड्रिड भन्दा ३ अंकले पछि पर्दै उपाधिबाट बन्चित बार्सिलोनाले कोपा डेल रे जितेमा विजयी उत्सव नमनाउने भएको छ । बार्सिलोनाका निर्देशकहरुले घरेलु कप जितेपनि शहरमा कुनै उत्सव नमनाउने निर्णय गरेका हुन् । च्याम्पियन्स लिगमा युभेन्टससँग पराजित बार्सिलोना ला लिगाको उपाधिमा पनि चुकेको थियो । २०११ र २०१२ को […]

Heden

May 23, 2017

मोटो जिपीका पूर्व च्याम्पियन हेडेनको निधन

सिसेना, इटाली(एजेन्सी)– मोटो जिपीका पूर्व विश्व च्याम्पियन निकी हेडेनको ३५ वर्षको उमेरमा निधन भएको छ । प्रशिक्षणको क्रममा कारको ठक्करले घाइते भएका हेडेनको उपचारको क्रममा मौरिजियो बुफालिनी अस्पतालमा मृत्यु भएको हो । रेड बुल होन्डा टोलीका लागि रेस गर्ने हेडेनलाई इटालीमा प्रशिक्षणका क्रममा साइकल चलाइरहेको अवस्थामा कारले ठक्कर दिएको थियो । उनी मे १७ मा […]

May 23, 2017

रोनाल्डो र सुआरेजलाई पछि पार्दै मेस्सीले जिते पिचिची अवार्ड

एजेन्सी – स्पेनिस ला लिगा सम्पन्न भएसँगै यस सिजनको सर्वाधिक गोलकर्ताले पाउने पिचिची अवार्डको पनि टुंगो लागेको छ। बार्सिलोनाका स्तर फरवार्ड लियोनेल मेस्सीले यस सिजनमा ३७ गोल गर्दै चौथोपटक अवार्ड हात पारेका छन्। गत सिजनका उपाधि विजेता लुइस सुआरेजभन्दा ८ गोल बढी प्रहार गरेका मेस्सीले पछिल्लो पटक २०१२/१३ सिजनमा यस उपाधि जितेका थिए। लिग अन्तर्गत […]

Success

Thank you for your time.