default_image

ताजा समाचारहरु

April 6, 2017

झापाको उपाधि रक्षा यात्रामा एपिएफ बाधक बन्ला ?

दिपक बोहोरा इलाम– इलाममा जारी टुबोर्ग माईभ्याली गोल्ड कप फुटबल प्रतियोगिताको साविक विजेता र उपविजेताबीच यसपटक एक चरणअघि नै भेट हुँदैछ । साविक विजेता रमपम झापा ११ र नेपाल एपिएफ क्लब आज दोस्रो सेमिफाइनलमा एकअर्काको सामना गर्दैछन् ।   आजको विजेताले फाइनलमा अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । गत बर्षको फाइनलमा झापाले […]

Morata

April 6, 2017

रोनाल्डो र बेल विना रियलको जितमा मोराटाको ह्याट्रिक

मड्रिड (एजेन्सी)– अल्भारो मोराटाको ह्याट्रिकमा रियल मड्रिडले लेगानेसलाई ४–२ ले हराउँदै पुनः लिगको शीर्षस्थानमा फर्केको छ । रियलको जितअघि सेभिल्लालाई ३–० ले हराउँदै बार्सिलोना केही समयका लागि शीर्षस्थनमा उक्लेको थियो । यो महिना एट्लेटिको मड्रिड , बायर्न म्युनिख र बार्सिलोनाको सामना गर्नुपर्ने भएकोले जिनेदिन जिदानले स्टार खेलाडी गेराथ बेल र क्रिस्टियानो रोनाल्डोलाई गए रातीको खेलमा […]

messi suarez

April 6, 2017

मेस्सीको पुनरागमनमा बार्सिलोनाको सहज जित

बार्सिलोना (एजेन्सी)– लियोनल मेस्सीले गए राती स्पेनिस ला लिगामा पुनरागमन गरेको खेलमा २ गोल गरेपछि बार्सिलोनाले सेभिल्लालाई ३–० ले हराएको छ । जितसँगै उपाधि दौडमा बार्सिलोनाले रियल मड्रिडमाथि दबाब कायम राखेको छ । मेस्सीले २ गोल गर्नुअघि टोलीका लागि लुइस स्वारेजले गोल गरेका थिए । टोलीको तीनै गोलमा मेस्सीको भूमिका रह्यो । रियलले लेगानेसको सामना […]

April 6, 2017

हाजार्डको उच्च प्रदर्शनमा चेल्सीको जित

चेल्सी (एजेन्सी)– इडेन हाजार्डले २ गोल गरेपछि गए राती म्यानचेस्टर सिटीमाथि २–१ को जित हासिल गर्दै शीर्षस्थानको चेल्सीले प्रिमियर लिगमा ७ अंकको अग्रतालाई कायम राखेको छ । हाजार्डले १० मिनेटमा पहिलो गोल गरेका थिए । तर, २६ औं मिनेटमा सर्जियो अगुइरोको गोलबाट सिटी खेलमा फर्केको थियो । चेल्सीले बराबरीलाई लामो समय रहन दिएन । हाजार्डले […]

April 6, 2017

आइपिएलमा सनराइजर्स हैदरावादको विजयी सुरुवात

हैदरावाद (एजेन्सी)– सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) २०१७ मा विजयी सुरुवात गरेको छ । सनसाइजर्सले बुधबारको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी) लाई ३५ रनले हराएको छ । राजीव गान्धी मैदानमा पहिला ब्याटिङ गरेको सनराइजर्सले युवराज सिहंको अर्धशतकको मद्दतमा ४ विकेटको क्षतिमा निर्धारित २० ओभरमा २ सय ७ रन बनाएको थियो । जवाफमा आरसिबीले […]

April 5, 2017

स्पोन्सर युनिभर्सिटी क्रिकेट कप: निष्ट र शहिद स्मारक विजयी

काठमाडौं (हाम्रोखेलाकुद)- त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी स्पोन्सर युनिभर्सिटी क्रिकेट कपमा निष्ट कलेज र शहिद स्मारक कलेज विजयी भएका छन् । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको पहिलो खेलमा निष्टले पाटन बहुमुखी क्याम्पसलाई १ सय १० रनको फराकिलो अन्तरले पराजित गरेको हो । यस्तै दोस्रो खेलमा शहिद स्मारक कलेजले पाटन एकेडेमी अफ हेल्थ साइन्सलाई ६ विकेटले […]

April 5, 2017

नेक्सस कप अन्डर १६ क्रिकेट आजबाट सुरु; कालिकोट विजयी

काठमाडौं (हाम्रोखेलकुद)- आजबाट शुरु भएको नेक्सस कप अन्डर १६ क्रिकेट प्रतियोगिताको पहिलो खेलमा बुढानीलकण्ठ स्थित बुढानीलकण्ठ स्कुलको मैदानमा भएको खेलमा  ललितपुरको स्र्पोटस् साइन्स एकेडेमी–सान रातो टिमलाई ९ विकेटले पराजित गर्दै कालिकोट क्रिकेट क्लब विजयी भएको छ । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार विष्टले गरेका थिए। टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको […]

luiz-chelsea

April 5, 2017

चेल्सी र म्यानचेस्टर सिटी भिड्दै

लण्डन (एजेन्सी)- चेल्सीले आज घरेलु मैदानमा प्रिमियर लिग अन्तर्गतको खेलमा चौथो स्थानको म्यानचेस्टर सिटीलाई निम्त्याउदै छ । आफुलाई लिग जित्ने होडमा राख्नको लागि आज सिटीलाई पहिलो स्थानमा रहेको चेल्सीलाई पराजित गर्ने पर्ने दबाब रहेको छ । खेल नेपाली समय १२:४५बजे सुरु हुनेछ। दोस्रो स्थानमा रहेको स्पर्सभन्दा ७ अंकले अगाडी रहेको चेल्सीको लागी आज हुने खेलमा उपाधिको […]

April 5, 2017

नयाँ बजार कप भलिबलमा आर्मीको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले चौथो नयाँ बजार कप राष्ट्रिय पुरुष खुला भलिबल प्रतियोगिताको पहिलो दिन बुधबार दोहोरो जित हासिल गरेको छ । नयाँ बजारस्थित सोसियल टाउन प्लानिङको कोर्टमा भएको खेलमा आर्मीले आयोजक नयाँ बजार सामाजिक युवा क्लब र गिताञ्जली कलेजलाई सोझो सेटमा हराएको थियो । उद्घाटन खेलमा नयाँ बजारलाई २५–२०, २५–१६ र […]

April 5, 2017

मिस्टर हिमालय राष्ट्रिय खुल्ला शारीरिक सुगठनको तयारी पुरा

काठमाडौं (हाम्रो खेलकुद)- छैटौं संस्करणको मिस्टर हिमालय राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिता एवम् प्रथम पुरुष फिटनेस तथा महिला एथलेटिक्सको सम्पूर्ण तयारी पुरा भएको आयोजक नेपाल शरीरिक सुगठन तथा फिटनेस संघले जानकारी गराएको छ । संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले पत्रकार सम्मेलनमा दुई दिनसम्म त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कबर्डहलमा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको […]

Success

Thank you for your time.