default_image

ताजा समाचारहरु

Red Horse

April 16, 2017

रेडहर्स इलाम पाँचथर गोल्ड कपको सेमिफाइनलमा

दिपक बोहोरा फिदिम – रेडहर्स इलाम पाँचथर गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । डिएफसी मोरङलाई आइतबार ३–१ ले हराउँदै रेडहर्स इलाम अन्तिम चारमा प्रवेश गरेको हो । १–० ले पछि परेको खेल उल्टाउँदै रेडहर्सले जित हासिल गरेको थियो । फिदिम उच्च माविको मैदानमा आठौं मिनेटमा रोजिन धिमालले गोल गर्दै मोरङलाई अग्रता दिलाए । […]

April 16, 2017

विवादित खेल जित्दै आर्मी लिग भलिबलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विवादित खेलमा हेल्प नेपाललाई हराउँदै त्रिभुवन आर्मी क्लब राजधानीमा जारी तेस्रो आरबिबी–एनभिए महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा आइतबार भएको निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा आर्मीले साविक विजेता हेल्प नेपाल स्पोर्टस क्लबलाई ३–२ ले हराएको थियो । आर्मी २५–२३, १९–२५, २५–२१, […]

April 16, 2017

इन्डोनेसियामा रोहितको क्लबको विजयी सुरुवात

जाकार्ता (एजेन्सी)- इन्डोनेसियाको लिगा १ अन्तर्गत आइतबार भएको खेलमा रोहित चन्दको क्लब पर्सिजा जाकर्ताले पर्सिबा बालिकपापानलाई २-०ले हराउँदै लिगमा सुखद सुरुवात गरेको छ। खेलको दुवै गोल दोश्रो हाफमा भएको थियो। लुइज जुनियरको ५६औं मिनेटमा गरेको गोलले खेलमा अग्रता लिएको पर्सिजाले विडोडोको ७२औं मिनेटको गोलले खेलमा जित पक्का गरेको थियो। रोहितले खेलको पुरै समय खेलेका थिए। पर्सिजाले […]

Shakti

April 16, 2017

च्याम्पियन बन्ने लक्षण देखिएको छ – शक्ति

धनगढी (हाम्रो खेलकुद)– रुपन्देही च्यालेन्जर्सका कप्तान शक्ति गौचनले आफ्नो टोलीले उपाधि जित्ने लक्षण देखाएको बताएका छन् । सुदूरपश्चिमको धनगढीमा जारी सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) मा लगातार चौथो खेल जित्ने क्रममा आज विराटनगर किङ्सलाई हराएपछि शक्तिले उपाधि जित्ने विश्वास व्यक्त गरे । ‘हामीले सोचे भन्दा निकै राम्रो प्रदर्शन गरिरहेका छौं र अहिले सम्म सबै […]

April 16, 2017

कञ्चनपुर प्ले अफ पुग्ने सम्भावना जीवित, अत्तरिया डिपिएलबाट बाहिरयो

धनगढी (हाम्रो खेलकुद)– कञ्चनपुर आइकोनिकलेलिग चरणको आफ्नो अन्तिम खेलमा आज सिवाइसी अत्तरियालाई ६ विकेटले हराएसँगै सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) को प्ले-अफमा पुग्ने सम्भावनालाई जीवित राखेको छ । प्ले अफ पुग्न महत्वपूर्ण मानिएको खेल गुमाएपछि ज्ञानेन्द्र मल्लको कप्तानमा रहेको अत्तरिया डिपिएलबाट बाहिरिएको छ । ६ टोलीको सहभागिता रहेको डिपिएलबाट बाहिरिने अत्तरिया पहिलो टोली बनेको […]

April 16, 2017

रुपन्देहीको अपराजित यात्रा कायमै

धनगढी(हाम्रो खेलकुद) – धनगढी प्रिमिएर लिग अन्तर्गत आइतबारको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सले बिराटनगर किङ्सलाई ६१ रनले पराजित गरेको छ। चार खेलमा चौथो जितसंगै रुपन्देहिले लिग चरणमा आफ्नो शीर्षस्थान पक्का गरेको छ। अंचल प्रहरी कार्यालयको मैदानमा टस जितेर ब्याटिङ रोजेको रुपन्देहीले निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १३२ रनको योगफल तयार परेको थियो। ओपनर शंकर […]

April 16, 2017

पानामाका फूटबल खेलाडी हेनरीकेजको गोली हानेर हत्या

एजेन्सी- पानामाका फूटबल खेलाडी अमिलकर हेनरीकेज हत्या भएको छ । राष्ट्रिय टोलीबाट ७५ खेल खेलेका क्लब अरबे युनिडोका अनुभवी मिडफिल्डर अमिलकर हेनरीकेजको शनिबार आफ्नै गृहनगर निउभो कोलोनमा केहि अज्ञात समुहद्वारा गोली हानी हत्या गरिएको हो। उनलाई तत्काल उपचारका लागी अस्पताल लगिएपनि चिकित्सकको टोली उनको ज्यान बचाउन असमर्थ रहे ।  पानामा फुटबल संघ तथा अरबे युनिडो फुटबल क्लबले मृतक […]

Villa

April 16, 2017

डेभिड भिल्लाको उत्कृष्ट गोल [भिडियो]

चेस्टर (एजेन्सी) – बार्सिलोनाका पुर्व स्ट्राइकर डेभिड भिल्लाले अमेरिकाको मेजर लिग सकर (एमएलएस) मा उत्कृष्ट गोल गरेका छन् । फिलाडेल्फिया युनियनको घरेलु मैदानमा भएको खेलमा न्यु योर्क सिटिका कप्तान भिल्लाले करिब ५० मिटर टाढाबाट आफ्नो टोलीको दोस्रो गोल गरेका थिए। न्यु यर्कले उक्त खेल २-० ले जितेको थियो ।

April 16, 2017

चेल्सी र म्यानचेस्टर युनाईटेड भिड्दै

एजेन्सी – इङ्गलिस प्रिमिएर लिग अन्तर्गत आइतबार राती हुने खेलमा शीर्षस्थानमा रहेको चेल्सीले म्यानचेस्टर युनाईटेडको सामना गर्दैछ। यी दुई टोलीबीचको पछिल्लो ६ खेलमा चेल्सीले ३ जित हात परेको छ भने ३ खेल बराबरीमा टुंगिएको छ। युनाईटेड र चेल्सीले गत महिना एफए कपमा खेल्दा चेल्सी १-०ले विजयी भएको थियो। त्यस खेलमा चेल्सीका लागि कान्टेले एकमात्र गोल […]

April 16, 2017

बार्सिलोनाको कठिन जित

बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिग अन्तर्गत शनिबार राती भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ३-२ले पराजित गरेको छ खेलको १७औं मिनेटमा लियोनेल मेस्सीको गोलले अग्रता लिएको थियो। मेस्सीले पोष्टभन्दा करिब २५ यार्ड बाहिरबाट गरेको प्रहार सिधै गोलना परिणत भएको थियो। बार्सिलोनाले पुन: मेस्सीकै गोलमा अग्रता दोब्बर परेको थियो। मेस्सीले ३७औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई २-०को […]

Success

Thank you for your time.