default_image

ताजा समाचारहरु

April 22, 2017

तस्बिरमा डिपिएल फाइनल

धनगढी (हाम्रो खेलकुद) –  धनगढीमा सम्पन्न सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको फाइनलमा बिराटनगर किङसलाई ६२ रनको विशाल अन्तरले पराजित गर्दै स्थानीय टोली चौराहाले उपाधि जितेको हो । फाइनलका केही तस्बिरहरु: तस्बिर सौजन्य : कौशल अधिकारी / डिपिएल            

April 22, 2017

अस्ट्रेलियामा जगजितको टोलीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठको अस्ट्रेलियन क्लब सनराइज जर्ज एफसीले भिक्टोरिया प्रिमियर लिगमा लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार भएको अवे खेलमा जगजितको टोलीले इस्टर्न लायन्स एससी लाई २–१ ले हराएको छ । अघिल्लो साता सनराइजले सनराइजले बु्रन्सविक सिटी एफसीलाई १–० ले पराजित गरेको थियो ।पछिल्लो पाँच खेलमा टोलीको यो लगातार […]

April 22, 2017

विर्ता युनाइटेडलाई पाँचथर गोल्ड कप उपाधि

दिपक बोहोरा फिदिम – विर्ता युनाइटेड झापाले शनिबार प्रथम पाँचथर गोल्ड कपको उपाधि जितेको छ । एपिएफ पूर्वाञ्चललाई टाइब्रेकरमा ४–२ ले हराउँदै विर्ता च्याम्पियन बनेको हो । यसअघि पुसमा फिदिममा नै भएको आठौं फाल्गुनन्द गोल्ड कपको उपाधि पनि विर्ताले नै जितेको थियो । उपाधिसहित विर्ताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । एपिएफले १ […]

Paras Sanath

April 22, 2017

श्रीलंकाविरुद्धको टि–ट्वान्टी सिरिज स्थगित

काठमाडौं (हाम्रो खेलकुद) । श्रीलंकाका पूर्व स्टार खेलाडी सम्मिलित लंकन लायन्स र नेपाली राष्ट्रिय टिमका खेलाडी सम्मिलित गोर्खा राइनोजबीच हुने भनिएको टि–२० सिररिज स्थगित भएको छ । आयोजक पेरिविंकल सर्भिसले शनिबार एक विज्ञप्ति जारी गर्दै वर्तमान राजनैतिक अवस्थाका कारण खेल अनिश्चित कालसम्म स्थगित गर्नुपरेको उल्लेख गरेको छ । सिरिज वैशाख १४ गतेबाट १८ गतेसम्म कीर्तिपुरस्थित […]

default_image

April 22, 2017

डिपिएलमा विराटनगरका सुशिलले जिते मोटरसाइकल, पारसले बनाए सर्वाधिक रन

धनगढी (हाम्रो खेलकुद) – सगरमाथा सिमेन्ट डिपिएल क्रिकेटको फाइनल अघि सम्म उच्च प्रदर्शन गरेको विराटनगर किङ्सले उपविजेताका रुपमा प्रतियोगिताको अन्त्य गरेको छ । नेपाली क्रिकेट टोलीका कप्तान समेत रहेका पारस खड्का नेतृत्वमा रहेको धनगढी टिम चौराहासँगको फाइनल विराटनगरले ६२ रनले गुमाएको थियो । लिग चरणमा सुरुका तीन खेल हारेको चौराहा त्यसपछिका लगातार पाँच खेलमा अपराजित […]

April 22, 2017

डिपिएलको उपाधि चौराहालाई

धनगढी (हाम्रो खेलकूद) – टिम चौराहा धनगढीले धनगढी प्रिमिएर लिगको उपाधि जितेको छ। आज भएको फाइनलमा बिराटनगर किङसलाई ६२ रनको विशाल अन्तरले पराजित गर्दै स्थानीय टोली चौराहाले उपाधि जितेको हो। आरीफ शेखको उत्कृष्ट प्रदर्शनको मद्दतले १ सय ६० रनको लक्ष्य प्रस्तुत गरेको चौराहाले बिराटनगरलाई ९७ रनमा रोकेको थियो। ठुलो लक्ष्य पछ्याएको बिराटनगरले चौथो ओभरमा आफ्नो […]

April 22, 2017

बिराटनगरलाई जितका लागि १ सय ६० रनको लक्ष्य

धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमिएर लिग अन्तर्गत एस.एस.पी मैदानमा जारी फाइनल टस जितेर खेलमा पहिलो ब्याटिङ गरेको टिम चौराहा धनगढीले बिराटनगर किङ्सलाई १ सय ६० रनको लक्ष्य दिएको छ। ४ रनको स्थितिमा दुवै ओपनरलाई गुमाएको चौराहाले मध्यक्रमको ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेपछि निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५९ रन जोडेको थियो। ओपनर […]

Real Barca Youth

April 22, 2017

बार्सिलोना र रियल म्याड्रिड युथ च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिर

न्योन (एजेन्सी) – बार्सिलोना फुटबल क्लब र रियल म्याड्रिडका युवा टोली सेमिफाइनलको पराजय पछि यूइएफए युथ लिगबाट बाहिरिएका छन्। बार्सिलोनालाई हराउदै अष्ट्रीयाको साल्जबर्ग र रियललाई हराउँदै पोर्चुगलको बेन्फिकाको युवा टोली युवाहरुको च्याम्पियन्स लिग मानिने युथ लिगको फाइनल प्रवेश गरेका छन्। बार्सिलोना १-२ स्लाजबर्ग शुक्रबार भएको पहिलो खेलमा बार्सिलोनाको अग्रतालाई उल्टाउँदै साल्जबर्गले २-१ को विजयी नतिजा […]

April 21, 2017

नेयमारको प्रतिबन्धविरुद्ध कासमा बार्सिलोनाको अपिल

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले नेयमारको प्रतिबन्धमा पुनरावलोकन गर्न कोर्ट अफ आर्बिट्रेसन (कास) समक्ष अपिल गरेको छ । स्पेनिस ला लिगामा मालगासंगको खेलमा रातो कार्डको सामना गरेका नेयमारले रेफ्रीलाई व्यंग्यात्मक रुपमा ताली बजाउदै मैदान बाहिरिएका थिए । त्यसमा थप कारवाही स्वरुप दुई खेलमा प्रतिबन्ध गरेपछि उनले ३ खेल खेल्न नपाउने भएका छन् । स्पेनिस अपिल समितिले […]

cricket

April 21, 2017

क्रिकेटका सरोकारवालासँग सल्लाकार समितको छलफल

धनगढी (हाम्रो खेलकुद) – नेपाली क्रिकेटको विवाद समाधानको सुझाव दिन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बनाएको सल्लाहकार समितिले सोमबार सुदूरपश्चिम क्षेत्रका क्रिकेटका सरोकारवालाससँग छलफल गरेको छ । आईसीसीले गत बर्ष नेपाल क्रिकेट संघ(क्यान) लाई निलम्बन गरेपछि त्यसको निकासका लागि सल्लाहकार समिति गठन गरेको थियो । नयाँ विधान बनाएर क्यानको निर्वाचन गराउन आईसीसीले सल्लाहकार समितिलाई म्यानडेट […]

Success

Thank you for your time.