default_image

ताजा समाचारहरु

April 25, 2017

गुआर्डीओला पहिलोपटक उपाधिविहीन हुँदै

म्यानचेस्टर (एजेन्सी) – यसै सिजनको सुरुवातमा म्यानचेस्टर सिटीको मुख्य प्रशिक्षकको जिम्मेवारी लिएका स्पेनिस प्रशिक्षक पेप गुआर्डीओला आफ्नो करियरमै पहिलोपटक उपाधिविहीन हुने भएका छन्। आइतबार भएको एफ.ए. कपको सेमिफाइनलमा आर्सनलसंग २-१को पराजय भोगेसंगै सिटीको यस सिजन उपाधि जित्ने सम्भावना सकिएको हो। लिग कप र च्याम्पियन्स लिगमा आफ्नो यात्रा यसअघि नै टुंग्याइसकेको सिटी प्रिमिएर लिगमा चौथो स्थानमा […]

April 24, 2017

माल्दिभ्समा किरणको टोलीको पहिलो हार

माले (एजेन्सी) – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ सम्मिलित टि.सी. स्पोर्ट्स क्लबले माल्दिभ्सको पहिलो दर्जाको लिग धिवेही प्रिमिएर लिगमा आफ्नो पहिलो हार व्येहोरेको छ। लिगको चौथो खेलमा टिसी स्पोर्ट्स न्यु रेडीएन्ट क्लब संग २-१ले पराजित भएको हो। न्यु रेडीएन्टका गल्लार्डो भाल्डेसले खेलको १७औं मिनेटमा गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। पहिलो हाफ १-०ले […]

April 24, 2017

पुनेद्वारा मुम्बई ३ रनले पराजित

मुम्बई (एजेन्सी) – इन्डियन प्रिमिएर लिग अन्तर्गत सोमबार राती भएको प्रतिस्पर्धात्मक खेलमा राइजिङ पुने सुपरजाएन्टसले मुम्बई इन्डीयन्सलाई ३ रनको झिनो अन्तरले पराजित गरेको छ। १ सय ६१ रनको लक्ष्य पछ्याएको मुम्बईको लागि जोस बटलर र पार्थिव पटेलले आक्रमक सुरुवात दिलाएका थिए। ३५ रनको स्थितिमा वासिंगटन सुन्दरको बलमा बोल्ड आउट हुनुअघि बटलरले १३ बलमा १७ रन […]

April 24, 2017

उपाधि रक्षाको बाटोमा अघि बढ्दै संरक्षकभूषण

काठमाडौं (हाम्रो खेलकुद)– साविक विजेता संरक्षकभूषण बज्राचार्य  सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्सको उपाधि रक्षातर्फ एक कदम अघि बढेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा संरक्षकले सोमबार तनुज अग्रवाललाई ६–० र ६–० ले हराउँदै अन्तिम आठको यात्रा तय गरे । त्यस्तै प्रणव खनाल, कुमार अधिकारी, दावा शेर्पा, अनिल शाही, सन्तोष खत्री, जितेन्द्र परियार र नवीन मगर […]

April 24, 2017

नव जन जागृतिको सेमिफाइनल यात्रामा सुजलको २ गोल

वीरगन्ज (हाम्रो खेलकुद)– नव जन जागृति युवा क्लब वीरगन्जमा जारी टुबोर्ग प्रथम  विशाल स्मृति गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । राष्ट्रिय टोलीका मिडफिल्डर सुजल श्रेष्ठले दुई गोल गरेको सोमबारको खेलमा विजय युथ क्लबलाई ४–० ले हराउँदै नव जन जागृति अन्तिम चारमा पुगेको हो । नव जन जागृतिका लागि विकी चौधरी र प्रज्वल क्षेत्रीले समान १ […]

April 24, 2017

नेपालले ३६ वर्षपछि एसियाली स्क्वासमा सहभागिता जनाउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले ३६ वर्षपछि एसियाली स्क्वास च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ । नेपालले १९८१ पछि पहिलोपल्ट प्रतियोगितामा सहभागिता जनाउन लागेको हो । पाकिस्तानको कराँचीमा त्यत्ति खेर भएको उक्त प्रतियोगितामा सञ्जिव राजभण्डारी, अनिल सिंह र सत्य नारायणले प्रतिस्पर्धा गरेका थिए । अप्रिल २६ देखि ३० तारिखसम्म हुने च्याम्पियनसिपको १९ औं संस्करणमा दुई पुरुष […]

April 24, 2017

थाइल्याण्डमा पुरुष टिमलाई कास्य

बैंकक (हाम्रो खेलकुद) – थाइल्याण्ड ओपन कराँते च्याम्पियनसिपको अन्तिम दिन नेपालको पुरुष टिमले फाइटमा कास्य जितेका छन् । यससँगै तीनदिनसम्म चलेको च्याम्पियनसिपमा नेपालले ४ रजत र ६ कास्यपदक जित्न सफल भयो । बैंककको इन्डोर स्टेडियममा सोमबार भएको अन्तिम दिन नेपालको पुरुष टिम फाइटमा सिंगापुरलाई पराजित गर्दै कास्य जित्न सफल भएका हुन् । नेपाली टिम फाइटमा […]

April 24, 2017

एन्फाले यु-१६ खेलाडी खुल्ला छनोट गर्ने

काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी आश्विन ४ देखि ८ गते हुने एएफसी यु-१६ च्याम्पीयनसिपको छनोट चरणका लागि खेलाडीहरुको खुला छनोट आह्वान गरेको छ। एन्फाले निम्न योग्यता पुगेका खेलाडीहरुलाई खुल्ला छनोट कार्यक्रममा सहभागी हुन सुचित गरेको छ:

April 24, 2017

बायर्नको समर्थकमा १.२% नेपालबाट

काठमाडौँ (हाम्रो खेलकुद) – जर्मन च्याम्पियन बायर्न म्युनिखले सोमबार दिउसो नेपालमा आफ्नो समर्थक संख्या ५ लाख पुगेको फेसबुक पेज मार्फत जनाएको छ। आफ्नो फेसबुक पेजमा फोटो पोस्ट गर्दै म्युनिखले नेपाली समर्थक संख्या ५ लाख कटेकोमा सम्पूर्ण नेपालीलाई बधाई दिएको हो। जर्मन बुन्डेस्लिगाको अंक तालिकाको शीर्ष स्थानमा रहेको बायर्न म्युनिख गत साता मात्र च्याम्पियन्स लिगको सेमिफाइनलबाट […]

April 24, 2017

नरेशको निराशाजनक प्रदर्शन

काठमाडौँ (हाम्रो खेलकुद) – धनगढीमा भर्खरै सम्पन्न धनगढी प्रिमीएर लिगको उपाधि टिम चौराहा धनगढीले जित्दा उसले एलिमिनेटरमा काठमाडौँ गोल्डेन्सलाई पराजित गरेको थियो। लिग चरणमा २ जित र ३ हार व्यहोरेको काठमाडौँका लागि निकै आशा गरिएका ब्याट्सम्यान नरेश बुढाएरले खराब प्रदर्शन गरे। निकै आशा गरिएका नरेशले राम्रो प्रदर्शन गर्न नसकेपछि काठमाडौँ एलिमिनेटरमै रोकिएको थियो। काठमाडौँका लागि […]

Success

Thank you for your time.