default_image

ताजा समाचारहरु

April 30, 2017

चेल्सी र एभरटन भिड्दै

लण्डन (एजेन्सी)- आज हुने प्रिमियर लिग अन्तर्गतको खेलमा लिगको पहिलो स्थानमा रहेको चेल्सीले एभरटनको सामना गर्दै छ।              खेल नेपाली समय अनुसार बेलुकी ६:५०मा सुरु हुने छ। जारी लिगमा ५ खेल मात्र बाकि रहेको अवस्थामा चेल्सी दोस्रो स्थानमा रहेको स्पर्सभन्दा ४ अंकले अगाडी रहेको छ। पछिल्लो खेलमा दुई     […]

April 30, 2017

आइसीसीमा भारतको दादागिरी

काठमाडौँ – आइसीसीको क्यालेन्डर अनुसार जुन १ बाट इङ्गल्याण्डमा सुरु हुने च्याम्पियन्स ट्रफीको लागि १५ सदस्यीय टोली बुझाउने अन्तिम मिति अप्रिल २५ तय थियो। तर सहभागी ८ टोलीमध्य भारत बाहेक सबैले उक्त मितिमै आ-आफ्नो टोलीको नामावली बुझाएका छन्। भारतले भने ‘कार्यसंचालन’ को बहाना देखाउँदै अहिलेसम्म आफ्नो नामावली आइसीसीलाई बुझाएको छैन। भारत यस प्रतियोगिताको साविक बिजेता […]

April 30, 2017

सुपर ओभरमा मुम्बईको जित

राजकोट (एजेन्सी) – जस्प्रित बुमराहले सुपर ओभरमा उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि इन्डियन प्रिमिएर लिग अन्तर्गत शनिबार भएको दोश्रो खेलमा मुम्बई इन्डियन्सले गुजरात लायन्सलाई सुपर ओभरमा पराजित गरेको छ। खेलमा पहिलो ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ५३ रन बनाएको थियो। गुजरातका लागि ओपनर इशान किशनले ३५ बलमा ४८ रन बनाएका […]

Bayern

April 30, 2017

बायर्नलाई बुन्डेसलिगा उपाधि

वुल्फ्सबर्ग (एजेन्सी) – जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार राती भएको खेलमा वल्फ्सबर्गको घरेलु मैदानमा ६-० को फराकिलो जितसँगै बायर्न म्युनिखले बुन्डेसलिगाको उपाधि पक्का गरेको छ । ३१ खेलमा २२ जित र ७ बराबरीसँगै ७३ अंक जोडेको बायर्नले दोस्रो स्थानको आर.नबि. लेप्जिगसंग १० अंकको अग्रता कायम गरेपछि म्युनिखको उपाधि पक्का भएको हो । यो बायर्न म्युनिखको लगातार […]

April 30, 2017

बार्सिलेना पुन: शीर्षस्थानमा उक्लियो

बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत शनिबार राती भएको खेलमा बार्सिलोनाले घरेलु प्रतिद्वन्द्वी एस्पान्योललाई ३-०लो पराजित गर्दै लिगको शीर्षस्थानमा उक्लिएको छ। एस्पान्योलको घरेलु मैदानमा खेलिएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। तर दोश्रो हाफको ५०औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। खेलको ७६औं मिनेटमा इभान राकिटिचले लियोनेल मेस्सीको पासलाई सदुपयोग […]

April 29, 2017

रियल म्याड्रिड ला लिगाको शीर्षस्थानमा उक्लियो

म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिग अन्तर्गत शनिबार राती भएको खेलमा रियल म्याड्रिडले घरेलु मैदान सान्टियागो बर्नाबाउमा भ्यालेन्सियालाई २-१ले पराजित गरेको छ। खेलको २७औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि म्याड्रिडले खेलमा अग्रता लिएको थियो उनले ड्यानी कार्भाजलको क्रसलाई हेडरमार्फत गोल गर्दै म्याड्रिडलाई अग्रता दिलाएका थिए। खेलको ५७औं मिनेटमा लुका मोड्रीचलाई बक्स भित्र लडाएपछि म्याड्रिडले पेनाल्टीको […]

Nepal Cricket Team Paras

April 29, 2017

नेपाल र हङकङ खेल्ने मिति तय

काठमाडौँ (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय क्रिकेट परिषद (आइ.सी.सी.)ले विश्व क्रिकेट लिग च्याम्पीयनसिप अन्तर्गत नेपाल र हङकङबीच हुने खेलको मिति तय गरेको छ। नेपालले लिग अन्तर्गत ११औं र १२ औं खेल दुवै हङकङकै घरेलु मैदानमा खेल्ने भएको हो। आइसीसीको वेबसाइटमा जनाए अनुसार नेपालले हङकङसंग यहि आश्विन २७ र २९ गते (अक्टोबर १३ र १५) हङकङ स्थित मङ […]

April 29, 2017

संरक्षक र इरा च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको सिङ्गल्सको उपाधि संरक्षकभूषण वज्राचार्य र इरा रावतले जितेका छन्। शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा भएको पुरुष फाइनलमा डिफेन्डिङ च्याम्पियन संरक्षकले जितेन्द्र परियारलाई ६–४ र ६–४ को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरे । नयाँ च्याम्पियन बन्ने क्रममा इराले महिलाको उपाधि भिडन्तमा माहिका राणालाई […]

April 29, 2017

एथलेटिक्स खेलाडी सम्मानित

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एथलेटिक्स संघले २०१४ देखि २०१७ मा भएका विभिन्न प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाएका र अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ । विभिन्न प्रतियोगिताको विभिन्न स्पर्धामा कीर्तिमान रचेका यामसाजन सुनार, दिलमाया कार्की, सविता चौधरी, प्रमिला रिजाल, वृन्दा श्रेष्ठ, मनमति विष्ट, कृष्णा चौधरी, गोपीचन्द्र पार्की, सूर्य खत्री, अमृता महतो, सीमाकुमारी […]

April 29, 2017

लज्जास्पद हारसंगै बेंगलोरको प्लेअफ पुग्ने सम्भावना समाप्त

पुने (एजेन्सी) – रोयल च्यालेन्जर्स बेंगलोरले लगातार खेलमा खराब ब्याटिङ प्रदर्शन गरेपछि इन्डियन प्रिमिएर लिग अन्तर्गत यस सिजनको प्लेअफमा नपुग्ने पक्का भएको छ। शनिबार राइजिङ पुने सुपरजाएन्ट्स विरुद्धको खेलमा १ सय ५८ रनको लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा ९६ रनमात्र जोड्न सफल रह्यो। बेंगलोरका लागि ओपनारका रुपमा ब्याटिङ गरेका कप्तान […]

Success

Thank you for your time.