default_image

ताजा समाचारहरु

May 6, 2017

राइजिङ सेमीफाइनलमा प्रवेश

धनगढि (हाम्रो खेलकुद) – देशकै सर्वाधिक धनराशीको रुस्लान अत्तरीया कप महिला राष्टिय क्रिकेट प्रतियोगितामा राईजिङ क्रिकेट वुमन काठमाण्डौ र झापा क्रिकेट एकेडेमी सेमिफाईनलमा प्रवेश गरेका छन । अत्तरीयामा जारी क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवार विहान भएको खेलमा लगातार दोस्रो जित हात पार्दै राईजिङ अन्तिम चारमा पुगेको छ । वारा क्रिकेट एकेडेमीलाई हराएर समुह वी को विजेता […]

May 6, 2017

अस्ट्रेलियामा जगजितको टोलीको लगातार हार

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठको अस्ट्रेलियन क्लब सनराइज जर्ज एफसीले भिक्टोरियाको नेसनल प्रिमियर लिग २मा आज हार बेहोरेको छ । जगजितको टोलीले मर्रे युनाइटेडसंग २–१ को अन्तरले पराजित भएको हो । यो जगजितको टोलीको लगातार हार हो। १८ अंक जोडेको सनसाइन सातौं स्थानमा रहेको छ। उनको टोलीले अझै ७ खेल खेल्न बाँकी छ।  

real-madrid

May 6, 2017

कमजोर ग्रानाडाको सामना गर्दै म्याड्रिड

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार हुने खेलमा रियल म्याड्रिडले लिगको १९औं स्थानमा रहेको ग्रानाडाको सामना गर्दैछ। अंक तालिकाको शीर्षस्थानमा रहेको बार्सिलोनासंग बराबरी अंक बोकेको म्याड्रिड आफ्नो उत्कृष्ट फर्मलाई जारि राख्ने धुनमा हुनेछ। रियलले ग्रानाडा विरुद्द खेलेको पछिल्ला ७ खेलमा जित हात पारेको छ भने पछिल्ला ११ खेलमा कम्तिमा २ गोल गरेको छ। रियल […]

Spain Soccer Barcelona defeat Celtic Champions League

May 6, 2017

बार्सिलोना र भिल्लारीयाल भिड्दै

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार राती हुने खेलमा बार्सिलोनाले आफ्नो घरेलु मैदानमा भिल्लारीयालसंग भिड्दैछ। बार्सिलोना यस खेलमा जित हात पारेर म्याड्रिडमाथि दबाब कायम गर्ने सुरमा हुनेछ। ८१ अंक बोकेको बार्सिलोना अंक तालिकाको शीर्षस्थानमा रहेको छ। बराबरी अंक बोकेपनि रियल म्याड्रिडलले बार्सिलोनाको तुलनामा १ खेल कम खेलेको छ। बार्सिलोनाको प्रतिद्वन्द्वी भिल्लारीयाल भने लिगको पाँचौ […]

May 6, 2017

बाप्पे रियल म्याड्रिड आउन तयार

एजेन्सी – ए.एस मोनाकोका स्टार फरवार्ड किलिएन बाप्पे अर्को सिजनका लागि रियल म्याड्रिड आउन तयार रहेको स्पेनिस पत्रिका मार्साले जनाएको छ। मार्साका अनुसार प्रिमिएर लिग क्लब म्यानचेस्टर सिटि र म्यानचेस्टर युनाईटेडको प्रस्ताब लाई छाडेर उनि रियल म्याड्रिड आउन  तयार भएका हुन्। म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले बाप्पेलाई भेटेर रियलमा आउने सल्लाह दिएपछि बाप्पे मोनाको छोड्न तयार […]

May 6, 2017

टोटेनहमको पराजयसंगै चेल्सीको उपाधि यात्रा सहज

लण्डन (एजेन्सी) – इङ्गलिस प्रिमियर लिग अन्तर्गत शुक्रबार राती भएको खेलमा वेष्ट ह्याम युनाईटेडले आफ्नो घरेलु मैदानमा खेलिएको खेलमा टोटेनहम हट्स्परलाई १-०ले पराजित गरेको छ। शीर्षस्थानमा रहेको चेल्सीसंगको दुरी १ अंकमा झर्ने सुवर्ण अवसर पाएको टोटेनहमले निकै आक्रमण बुने पनि सफल हुन सकेन। वेष्ट ह्यामका लागि खेलको एक मात्र गोल म्यनुएल ल्यान्जिनीले गरेका थिए। यस […]

May 6, 2017

बेंगलोरविरुद्ध जितसंगै पन्जाबको प्लेअफ पुग्ने सम्भावना कायमै

बेंगलोर (एजेन्सी) – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा किङ्गस इलेभेन पन्जाबले रोयल च्यालेन्जर्स बेंगलोरलाई १९ रनले पराजित भएको छ । चिन्नास्वामी रंगशालमा भएको खेलमा पहिलो ब्याटिङ गरेर पन्जाबले प्रस्तुत गरेको एक सय ३९ रनको लक्ष्य पछ्याउने क्रममा बैंग्लोर १९ ओभरमा अल आउट हुँदै मात्रै एक सय १९ रन बनाउन सफल […]

May 5, 2017

फिफाद्वारा मेस्सीको प्रतिबन्ध फुकुवा

ज्युरिच (एजेन्सी) – विश्व फुटबल महासंघको अपिल कमिटिले लियोनेल मेस्सीलाई लगाइएको ४ खेलको प्रतिबन्ध फुकुवा गरेको छ। यसअघि अनुशासन कमिटिले लगाएको प्रतिबन्धलाई अर्जेन्टिनी फुटबल संघले अपिल गरेको थियो। अपिल कमिटिले मेस्सीले गरेको व्यवहार नराम्रो भएतापनि उनलाई लगाइएको प्रतिबन्धका लागि पर्याप्त सबुत नभएकाले फुकुवा गरिएको बताएको छ। फुकुवासंगै अब मेस्सी अर्जेन्टिनाले खेल्ने विश्वकप छनोटका खेलहरुमा उपस्थित […]

May 5, 2017

एपिएफ सेमिफाईनलमा प्रवेश

धनगढि (हाम्रो खेलकुद) – कैलालीको अत्तरीयामा जारी देशकै सर्वाधिक धनराशीको राष्ट्रिय महिला रुस्लान अत्तरीया कपमा लगातार दोस्रो जितपछि विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश गरेको छ । समुह चरणका दुवै खेलमा जित हात पार्दै एपिएफ समुह विजेता वनेर अन्तिम चारमा पुगेको हो । शुक्रवार अत्तरीया स्थित शसस्त्र प्रहरी वलको खेल मैदानमा भएको दोस्रो खेलमा एपिएफले कञ्चनपुर […]

May 5, 2017

रुस्लान क्रिकेटमा आर.सी.डब्लुको विजयी सुरुवात

धनगढी (हाम्रो खेलकुद) – राइजिङ क्रिकेट फर वुमन (आर.सी.डब्लु)ले कैलालीको अत्तरीयामा जारी रुस्लान अत्तरीया कपमा पहिलो जित हासिल गरेको छ । अत्तरीया स्थित एपिएफको खेल मैदानमा शुक्रवार विहान भएको खेलमा राइजिङले कैलाली जिल्ला क्रिकेट एकेडेमीको टोलीलाई १७ रनले हराएको हो । टस जितेर पहिले व्याटिङ गरेको राईजिङ क्रिकेट वुमनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै […]

Success

Thank you for your time.