default_image

ताजा समाचारहरु

May 13, 2017

टेबल टेनिस बिडम्बना: प्रशिक्षकबिना विश्व च्याम्पियनसिप खेल्ने तयारी

काठमाडौँ (हाम्रो खेलकुद) – लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हाल नेपालका ४ खेलाडी विश्व च्याम्पियनसिपको तयारीमा व्यस्त देखिन्छन्। जर्मनीको डस्सलडर्फ सहरमा आगामी मे २९ देखि जुन ५ सम्म हुने विश्व टेबल टेनिस च्याम्पियनसिपको तयारीमा अखिल नेपाल टेबल टेनिस संघले एक प्रतियोगिता मार्फत २ महिला र २ पुरुष खेलाडीलाई छनोट गरेको हो। छनोट चरण अन्तर्गत […]

May 13, 2017

अष्ट्रेलियामा जगजितको टोली विजयी

काठमाडौँ (हाम्रो खेलकुद) – अष्ट्रेलियाको भिक्टोरिया स्टेट अन्तर्गत नेसनल प्रिमिएर लिगको दोश्रो श्रेणीको लिगको सनसाइन जर्ज क्रस फुटबल क्लबबाट खेल्दै आएका नेपाली खेलाडी जगजित श्रेष्ठको टोलीले आफ्नो लिग चरण अन्तर्गत शनिबार भएको खेलमा जित दर्ता गरेको छ। जगजितको टोलीले व्हीट्टलसी रेन्जर्स फुटबल क्लबलाई उसकै घरेलु मैदानमा ३-१ले पराजित गरेको हो। १४ खेलमा २१ अंक जोडेको […]

May 13, 2017

नेपालले मलेसियासंग २ मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल महिला राष्ट्रिय फुटबल टोलीले यहि जेष्ठ ८ र १० गतेका दिन मलेसियाको राष्ट्रिय महिला टोलीसंग २ मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघले यसअघि १ खेल खेल्ने भनेपनि एन्फाको विशेष आग्रहमा मलेसियाले २ मैत्रीपूर्ण खेल खेल्न सहमत भएको बताएको छ। दुवै खेल मलेसिया स्थित कोटा किनाबालुको लिकास रंगशालामा […]

May 13, 2017

मेस्सीले बार्सिलोनासंग नयाँ सम्झौता गर्ने

बार्सिलोना (एजेन्सी) – फुटबल क्लब बार्सिलोनाका प्रवक्ता जोसेप भिभेसका अनुसार लियोनेल मेस्सी छिट्टै बार्सिलोनासंग नयाँ अनुबन्धनमा हस्ताक्षर गर्ने तयारीमा छन्। २९ वर्षीय अर्जेन्टिनी फुटबलर मेस्सीको जारी करार अर्को वर्षको जुन महिनामा समाप्त हुँदैछ र बार्सिलोनाले केहि समयदेखि मेस्सीसंग यसबारे कुरा गरिरहेको छ। कुनै समय मेस्सीले पेप गुआर्डीओलासंगै म्यानचेस्टर सिटि जाने हल्ला चलेको थियो भने पेरिस […]

May 13, 2017

पुनेको हारसंगै आइपिएल रोमान्चक मोडमा

एजेन्सी – इन्डियन प्रिमियर लिग अन्तर्गत शुक्रबार राती भएको खेलमा दिल्ली डेयरडेभिल्सले राइजिङ पुने सुपरजाएन्ट्सलाई ७ रनले पराजित गर्दै प्लेअफ समीकरणलाई थप रोमान्चक बनाएको छ। पहिलो ब्याटिङ गरेको दिल्लीले ओपनर करुण नायरको ६४ रनको मद्दतले राम्रो स्कोर खडा गरेको थियो। उनले ४५ बल खेल्दै ९ चौका प्रहार गरेका थिए। ऋषभ पन्तले २२ बलमा आक्रामक ३६ […]

May 13, 2017

चेल्सीलाई प्रिमियर लिग उपाधि

एजेन्सी – इङ्गलिस प्रिमियर लिग अन्तर्गत शुक्रबार राती भएको खेलमा घरेलु टोली वेष्ट ब्रमविच आल्बियनलाई १-०ले पराजित गर्दै चेल्सीले प्रिमियर लिगको उपाधि हात पारेको छ। यो चेल्सीको पाँचौ प्रिमियर लिग उपाधि हो। निकै रक्षात्मक खेल खेलेको वेष्ट ब्रमका विरुद्ध चेल्सीले धेरै आक्रमण बुनेको थियो।. तर डिएगो कोष्टा, एडेन हाजार्ड लगायतका खेलाडीले खेलमा अग्रता भने दिलाउन […]

May 12, 2017

टोटेनहमका सन र पोचेटिनो उत्कृष्ट घोषित

एजेन्सी – इङ्गलिस क्लब टोटेनहम हट्स्परका प्रशिक्षक मौरीसियो पोचेटिनो र खेलाडी ह्युङ्ग मिन सनले अप्रिल महिनाको उत्कृष्ट प्रशिक्षक र खेलाडीको उपाधि जितेका छन्। अप्रिल महिनामा टोटेनहमले लगातार ६ खेलमा जित दर्ता गरेको थियो। यो पोचेटिनोको यस सिजनको पहिलो व्यक्तिगत उपाधि हो। स्पर्सले ६ खेलमा १६ गोल गर्दै जम्मा १ गोल खाएको थियो। पोचेटिनोले पछिल्लो पटक […]

May 12, 2017

५ वर्षीय छोरीकी आमा विश्व च्याम्पियनसिप खेल्दै

–सुबास हुमागाईं २०६८ साल फाल्गुन महिनाको तेश्रो साता स्वेच्छा नेम्वाङ्ग महेन्द्रनगरमा आयोजना भएको छैठौं राष्ट्रिय खेलकुदमा व्यस्त थिइन्। ५ महिनाको गर्भवती नेम्वाङ्गले प्रतियोगिताको टेबल टेनिस अन्तर्गत टिम इभेन्टमा स्वर्ण पदक हात पारिन भने व्यक्तिगत स्पर्धामा उनको यात्रा क्वार्टरफाइनलमा सिमित रह्यो। त्यसयता टेबल टेनिस छाडेर हङकङ लागेकी स्वेच्छा लामो समयपछि टेबल टेनिसमा फर्किएकी छिन्। एक समय […]

May 12, 2017

रियल म्याड्रिड र सेल्टा भिगोको नयाँ मिति तय

एजेन्सी – आँधीका कारण हुन नसकेको रियल म्याड्रिड र सेल्ट भिगो बिचको ला लिग अन्तर्गतको खेल हुने पक्का भएको छ। ला लिगाको आयोजना कमिटिले उक्त खेललाई यहि मे १७ तारिखमास्पेनको समय अनुसार राती ९ बजे गर्ने निर्णय लिएको हो। नेपाली समयानुसार उक्त खेल मे १८ तारिखको बिहान १२:४५ बजे हुनेछ। लिगको उपाधि पछ्याइरहेका रियल म्याड्रिडले […]

May 12, 2017

युनाईटेड र आयाक्स युरोपा उपाधिको लागि भिड्ने

एजेन्सी – युरोपा लिग अन्तर्गत सेमिफाइनल खेलमा जित हात पारेसंगै युरोपियन फुटबलका दुइ ठुला टोली म्यानचेस्टर युनाईटेड र आयाक्स एम्स्टरड्याम उपाधिको लागि भिड्ने तय भएको छ। म्यानचेस्टर युनाईटेडले सेल्टा भिगोलाई २-१ले हराउँदै फाइनलमा स्थान बनाएको हो भने आयाक्सले लियोनलाई समग्रमा ४-३ गोलअन्तर पराजित गरेको थियो। यस सिजनको फाइनल खेल स्विडेनको स्टकहममा हुने हुँदैछ। मे २४ […]

Success

Thank you for your time.