default_image

ताजा समाचारहरु

January 28, 2025

एनआरटीलाई हराउँदै बागमती सभापति कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- आयोजक टोली बागमती सभापति कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलवार भएको खेलमा ए डिभिजन टोली एनआरटीलेलाई पेनाल्टी सुट आउटमा ४-२ ले हराउँदै बागमती उपाधि नजिक पुगेको हो। निर्धारित समय २-२ को बराबरीपछिको‌ टाइब्रेकरमा बागमतीले बाजी मारेको हो । पहिलो हाफमा लिएको २-० को अग्रतालाई जोगाउन नसकेपछि बागमतीले जितेका […]

January 28, 2025

क्रिकेटर अनिल अप्टिमसको ब्राण्ड एम्बासडर

काठमाडौं(हाम्रो खेलकुद) – शैक्षिक परामर्शदाता अप्टिमस ग्लोबलले नेपाली क्रिकेट टोलीका ओपनर अनिल कुमार साहलाई ब्राण्ड एम्बासडर नियुक्त गरेको छ । काठमाडौंमा मंगलवार कार्यक्रम आयोजना गर्दै अप्टिमस ग्लोबलले अनिललाई ३ वर्षका लागि ब्राण्ड एम्बासडर नियुक्त गरेको हो । अप्टिमस ग्लोबलका तर्फबाट अध्यक्ष असिम शर्मा मैनाली र अनिलले सम्झौता पत्रमा हस्ताक्षर गरे । अनिल नेपाल प्रिमियर लिग […]

January 28, 2025

जय नेपाल कप – दिवानको अलराउण्ड प्रदर्शनमा मध्यपश्चिम च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – दिवान पुनको अलराउण्ड प्रदर्शनमा मध्यपश्चिम विश्वविद्यालयले जय नेपाल कप टि ट्वान्टी क्रिकेटको उपाधि‌ जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलवार भएको फाइनलमा नेपालको मध्यपश्चिमले भारतको लखनउ विश्वविद्यालयलाई ५८ रन हराउँदै उपाधि जित्यो । म १ सय ७६ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १७ रन […]

January 28, 2025

एन्फा यु १६ लिग – दुवै खेल बराबरी

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा यु १६ लिगमा मंगलवारका दुवै खेल बराबरीमा सकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा थ्री स्टार र चर्च ब्वाईज युनाइटेड गोल रहित बराबरीमा रोकिए । एन्फा कम्प्लेक्स सातदोबाटोमा नै भएको दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र संकटा क्लब १-१ को बराबरीमा रोकिए । खेलको २२औं मिनेटमा पुलिसका […]

January 28, 2025

टाइगर कप भलिबल – आर्मीसँग पुलिसको हार

काठमाडौं (हाम्रो खेलकुद)- पोखरामा जारी एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम खेलमा आर्मीले पुलिसलाई ३-१ को सेटले पराजित गरेको हो । पहिलो सेटमा २५–१३ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २१–२५ ले […]

January 28, 2025

नव ज्योति च्यालेन्ज कप अर्को साता सुरु हुने

हिमाल खरेल, बिर्तामोड अर्को साता सुरु हुने आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८१ को खेलतालिका सार्वजनिक गरिएको छ । नव ज्योति युवा क्लबको आयोजनामा हुँदै आएकोप्रतियोगिता माघ २१ देखि २८ गतेसम्म जयपुरस्थित आदर्श माविको खेलमैदानमा हुने क्लबका सचिव मुकेश भट्टराईले बताए । झापाको बुद्धशान्तिस्थित जयपुरमा हुने प्रतियोगिताको उद्घाटन खेलमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर […]

January 28, 2025

रुपेश र सिन्दिरा शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- हेटौंडामा जारी २५ औं पुरुष राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा रौतहटका एफएम रुपेश जैसवालले शीर्षतालाई कायम राखेका छन्। मंगलवार पाँचौं चरणको समाप्तिमा ४.५ अंक बनाउँदै १ अंकको अग्रता कायम गरेका छन्।  रुपेशले वर्तमान नेपाल च्याम्पियन झापाका राजन सुवेदीलाई पराजित गरेका छन्। राजनले २३औं चालमा रुक सि सेभेन गलत मुभ चाल्दा बि सिक्स पाउन गुमाउन […]

January 28, 2025

टाइगर कप भलिबल- गण्डकीसँग एपिएफको‌ हार

काठमाडौं (हाम्रो खेलकुद)- एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ गण्डकी प्रदेशले एपिएफलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा गण्डकीले एपिएफमाथि ३- १ सेटको जित दर्ता गराएको हो । पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरामगन गर्दै जित हासिल गर्न सफल रह्यो । गण्डकीले दोस्रो सेट […]

January 28, 2025

टाइगर ग्रुपले र एपिएफसँग पहिलो क्वालिफायर खेल्ने

 काठमाडौं (हाम्रो खेलकुद)- टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई हराउँदै आयोजक टोली पोखरामट जारी एनसेल पाँचौं टाइगर कप महिला भलिबल प्रतियोगिताको महिलातर्फ क्वालिफायरमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आज भएको खेलमा आयोजक टोलीले न्यू डायमण्डलाई ३-० को सोझो सेटमा पराजित हो । योसँगै महिला टोलीतर्फ ‘जित्ने समूह’ बाट आयोजक टोली र एपिएफ शीर्ष […]

January 28, 2025

टाइगर कप भलिबल – आर्मीलाई हराउँदै पुलिस एलिमिनेटमा

काठमाडौं(हाम्रो खेलकुद) – एनसेल पाँचौ टाइगर कप भलिबलको महिला तर्फको खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले एलिमिनेटरमा स्थान बनाएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलवारको पहिलो खेलमा विभागीय डर्बीमा आर्मीमाथि पुलिसले बाजी मारेको हो । हार्ने टोलीको समूहमा आफ्नो सबै लिग खेल जितेर पुलिस एलिमिनेटरमा प्रवेश गरेको हो । पुलिसले आर्मीलाई […]

Success

Thank you for your time.