default_image

ताजा समाचारहरु

May 21, 2017

लाह्म र अलोन्सोको संन्यास

एजेन्सी – बायर्न म्युनिखले जर्मन बुन्डेस्लिगा उपाधि पक्का गरेसँगै आधुनिक फुटबल इतिहासकै २ सफल खेलाडीहरुले आफ्नो करियरलाई बिट मार्ने घोषणा गरेका थिए। बायर्नका कप्तान एवं जर्मनीसँग विश्वकप जितेका डिफेन्डर फिलिप लाह्म र स्पेनिस टोलीसंग २०१०मा विश्वकपसँगै इङ्गल्याण्ड र स्पेनमा पनि आफ्नो छाप बसाइसकेका मिडफिल्डर जाबी अलोन्सोले संन्यास लिएका हुन्। शनिबार भएको बुन्डेस्लिगा अन्तर्गत अन्तिम चरणको […]

May 20, 2017

भारतले हराएको यू-१७ टोली इटालीको राष्ट्रिय टोली नभएको खुलासा

एजेन्सी – भारतीय फुटबलको सर्वोच्च निकाय अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ)ले शुक्रबार भएको मैत्रीपूर्ण खेलमा विश्वकपको तयारी गरिरहेको भारतको यू-१७ टोलीले इटालीको यू-१७ टोलीलाई २-० गोलअन्तरले पराजित गरेको सूचना दियो। केहि समयमै भारतीय टोलीले इटालीको यू-१७ राष्ट्रिय टोलीलाई हराएको खबरले सामाजिक संजालमा हल्ला फैलियो। भारतका कप्तान सुनिल क्षेत्रीदेखि एआईएफएफका अध्यक्ष प्रफुल पटेलले बधाई संदेश दिएका […]

kiran

May 20, 2017

माल्दिभ्समा किरणको टोलीको बराबरीमा रोकियो

माले (एजेन्सी) – माल्दिभ्सको पहिलो दर्जाको लिग धिवेही प्रिमियर लिगको दोस्रो चरणको पहिलो खेलमा नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङको टोलीले यसै सिजन धिवेही प्रिमिएर लिगमा बढुवा हुँदै प्रवेश गरेको ग्रिन स्ट्रिटलाई १-१ को बराबरीमा रोक्न सफल भएको छ । यसअघि पहिलो चरणमा ग्रिन स्ट्रिटसँग ३-१ ले पराजित टि.सी. स्पोर्ट्सले पहिलो हाफमा १-० ले पछि परेको […]

May 20, 2017

जाउलाखेल युथका महासचिव केसीको दाह संस्कार

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन क्लब जाउलाखेल युथ क्लबका महासचिव मनमोहन केसीको आज पशुपति आर्यघाटमा दाह संस्कार गरिएको छ । केसीको शुक्रबार बिहान १ बजे निधन भएको थियो । मुटुको समस्या र निमोनियाले चापेपछि बिहीबार साँझ जावलाखेलस्थित अल्का अस्पतालमा लगिएको र स्थिति गम्भिर भएपछि थप उपचारका लागि उनलाई थापाथलीको नर्भिक अस्पताल पुर्याइएको थियो । […]

May 20, 2017

नेस्क्याफे गल्फको उपाधि ध्रुवलाई

काठमाडौं (हाम्रो खेलकुद) – चोखानी इन्टरप्राइजेको मुख्य प्रायोजन र टुह्म्प कम्यूनिकेशन र गोकर्ण गल्फ क्लबको आयोजनामा भएको नेसक्याफे गोल्ड ओपन गल्फ प्रतियोगिताको दोस्रो संस्करणको उपाधि ध्रुव थापाले जितेका छन्। ८ ह्यान्डीक्याप बोकेर खेलेका ध्रुवले कुल ४० स्टेबलफर्ड अंक जोड्दै उपाधि जितेका हुन्। दुई खेलाडी ३९ अंकमा रहेको अवस्थामा सोनाम घलेले काउन्ट ब्याकमा प्रकाश गुरुङलाई पछि […]

May 20, 2017

‘च्याम्प अफ च्याम्पियन्स’को पहिलो चरण सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रोफेसनल बक्सिङ कमिसनको मातहतमा नेपालमा पहिलो पटक आयोजित ‘च्याम्प अफ च्याम्पियन्स’ बक्सिङ प्रतियोगिताको पहिलो चरणका ५ खेल आज सम्पन्न भएका छन्। दशरथ रंगशालास्थित कभर्ड हलमा आयोजित पहिलो चरणको खेलमा डान्सिङ याक र म्याक्स बक्सिङ प्रोमोसनका ५/५ बक्सरहरु भिडेका थिए। पहिलो खेलमा याकका पदम थापाले म्याक्सका उरेन्द्र बुढा मगरलाई पराजित गरे […]

May 20, 2017

मालागा विरुद्ध खेलका लागि रियलको टोलीको घोषणा

स्पेन (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत आइतबार हुने अन्तिम चरणको खेलका लागि रियल म्याड्रिडले आफ्नो टोलीको घोषणा गरेको छ। मालागाविरुद्द अवे मैदानमा हुने खेलको लागि रियलले २५ सदस्यीय प्रारम्भिक टोलीको नाम जारी गरेको छ। चोटका कारण विगतका केहि खेल गुमाएका स्टार विङ्गर ग्यारेथ बेल, राइट ब्याक ड्यानी कर्भाजल, डिफेन्डर पेपे लगायतका खेलाडीहरुले टोलीमा पुनरागमन […]

May 20, 2017

“मलेसियालाई फेरी हराउनेमा विश्वस्त छु ” – प्रशिक्षक कुमार थापा

काठमाडौँ (हाम्रो खेलकुद) – २०७३ साल पौष २ गतेका दिन कुमार थापा आफ्नो झन्डै डेढ दशक लामो फुटबल करियरको नयाँ पाटोमा औपचारिक रुपमा प्रवेश गरे। साफ च्याम्पियनसिप २०१६को लागि नेपाली महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका थापाले त्यस दिन नेपाल र मलेसियाबिचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलसँगै आफ्नो प्रशिक्षण यात्रा सुरु गरेका थिए। उनको नियुक्तिसँगै नेपाली […]

May 20, 2017

जगजितको टोली गोलरहित बराबरीमा रोकियो

काठमाडौं (हाम्रो खेलकुद )- नेपाली मिडफिल्डर जगजित श्रेष्ठको अष्ट्रेलियन क्लब जर्ज सनसाइन एफसीले भिक्टोरिया प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा नर्थकोट एफसीसँग गोलरहित बराबरी खेलेको छ। १५ खेलको समाप्तिमा जगजितको टोली २२ अंकसहित तालिकाको छैटौं स्थानमा छ। २० टोलीको सहभागिता रहेको लिगमा यो सिजन अब उनको टोलीको १३ बाँकी छ । जगजितको टोलीले १५ खेलमध्ये […]

May 20, 2017

टिपटपलाई सुपर-८ उपाधि

काठमाडौँ (हाम्रो खेलकुद) – देभिवास इभेन्ट्सको आयोजनामा जारि जारी मारवाडी सुपर ८ क्रिकेट प्रतियोगिताको उपाधि टिपटपले जितेको छ। फाइनल खेलमा आइस्टोरलाई १५ रनले पराजित गर्दै टिपटपले उपाधि जितेको हो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमाभएको खेलमा पहिलो ब्याटिङ गरेको टिपटपले ७ ओभरमा १ विकेट गुमाउँदै ८८ रन बनाएको थियो भने जवाफी ब्याटिङमा उत्रिएको आइस्टोरले ५ […]

Success

Thank you for your time.