default_image

ताजा समाचारहरु

May 28, 2017

लुम्बिनीको विजयी सुरुवात

काठमाडौँ (हाम्रो खेलकुद) – न्यु रोड टिम (एनआरटि)लाई पराजित गर्दै जगदम्बा लुम्बिनी फुटबल क्लबले ललित स्मृति यू-१८ फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ। जित हात पार्दै ३ अंक जोडेको लुम्बिनीले दुवै हाफमा १/१ गोल गरेको थियो। पछिल्लो संस्करणको उपविजेता टोली लुम्बिनीले खेलको २६औं मिनेटमा अजित थापा गोलसँगै अग्रता लिएको थियो। एनआरटिमाथि खेलभर हावी रहेको लुम्बीनीले […]

Ben Stokes

May 28, 2017

रोमाञ्चक खेलमा इङ्ल्यान्डको जित , स्टोक्स नायक

इङ्ल्यान्ड (एजेन्सी) – इङ्ल्यान्डले दक्षिण अफ्रिकासँगको तीन एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलामा २–० को अग्रता लिएको छ । बेन स्टोक्सको शतकको मद्दतले शनिबार दक्षिण अफ्रिकालाई २ रन हराउँदै इङ्ल्यान्डले लगातार दोस्रो जित हासिल गरेको हो । आइसीसी च्याम्पियन्स ट्रफीको तयारीका रुपमा हेरिएको श्रृखंलामा शनिबार दक्षिण अफ्रिकाले टस जितेर इङ्ल्यान्डलाई ब्याटिङको निम्तो दिएको थियो । स्टोक्सको […]

May 28, 2017

हल्दिबारी गोल्ड कप नकआउट फुटबल मंगलबार सुरु हुने

सबिन शेर्मा झापा  – झापाको जलथल फुटबल क्लब आयोजनामा मंगलबारबाट प्रथम हल्दिबारी गाँउपालिका गोल्ड कप नकआउट फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । विजेताले उपाधिसहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । जसमा आयोजक जलथल, युवा जागृति एफसी धरान, विर्तामोड युनाइटेड, पथरी स्पोर्टिङ मोरङ, सताक्षी […]

la liga

May 28, 2017

सिजनको सुरुवातमा बार्सिलोना र रियल म्याड्रिड तिन पटक भिड्ने

एजेन्सी – कोपा डेल रे को फाइनल जिते लगतै बार्सिलोनाले रियल म्याड्रिडसँग यसै सिजनको सुरुवातमा तिन खेल खेल्ने पक्का भएको छ । मायमीको अन्तर्राष्ट्रिय च्याम्पियन्स कप अन्तर्गतको मैत्रीपुर्ण खेलमा जुन २९ मा आमने सामने हुने भएका यी दुइ क्लब बार्सिलोनाले कोपा डेल रे जिते लगतै स्पेनिस सुपर कोपामा थप दुइ पटक भेट्ने पक्का भएको हो । […]

May 28, 2017

च्याम्पियन्स लिग फाइनलमा बेल उपलब्ध हुने

एजेन्सी – आउँदो जुन ३ तारिखका दिन हुने च्याम्पियन्स लिगको फाइनल खेलका लागि रियल म्याड्रिडका स्टार विङ्गर ग्यारेथ बेल उपलब्ध हुने भएका छन्। गत महिना बार्सिलोनाविरुद्धको खेलमा चोट बोकेपछि उनि विश्राममा रहेका थिए। २७ वर्षीय वेल्स खेलाडी बेल टोलीको प्रशिक्षणमा सामेल भएका छन् र उनले प्रशिक्षकले चाहेको खण्डमा युभेन्टसविरुद्धको खेलमा सुरुवात गर्नेछन्। बेलको अनुपस्थितिमा इस्कोले […]

Barcelona

May 28, 2017

मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनालाई कोपा डेल रे उपाधी

म्याड्रिड (एजेन्सी) – लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले अलाभेसलाई ३-१ ले हराउदै लगातार तेस्रो पटक कोपा डेल रे को उपाधी आफ्नो नाम गरेको छ । बार्सिलोनाको जितमा मेस्सीले १ गोल गर्दै १ असिस्ट दिए भने नेइमार र फ्रान्सिस्को अल्कासरले पनि गोल गरे । खेलमा सुरुवातदेखि हावी हुँदै बलमा आफ्नो पकड रहेपनि अलाभेसको मिडफिल्डमा राम्रो तालमेलको कारण […]

May 28, 2017

आर्सनललाई एफए कप उपाधि

एजेन्सी – १० खेलाडीमा सिमित चेल्सीलाई २-१ले पराजित गर्दै आर्सनलले यस सिजनको एफए कपको उपाधि जितेको छ। आर्सनलले उत्कृष्ट प्रदर्शन गरेपछि प्रशिक्षक आर्सेन वेंगरले ऐतिहासिक सातौं एफए कप जितेका हुन्। खेलको चौथो मिनेटमा एलेक्सिस स्यान्चेजले गोल गर्दै आर्सनललाइ अग्रता दिलाएका थिए। सुरुवाती गोलले दबावमा पारेको चेल्सीले पहिलो हाफमा कुनै मौका बनाउन सकेन। दोश्रो हाफको ६८औं […]

May 27, 2017

जगजितले गोल गरे पनि सनसाइन पराजित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठले फ्रिकिकमा गोल गर्नाका वावजुद उनको अष्ट्रेलियन क्लब जर्ज सनसाइन एफसीले भिक्टोरिया प्रिमियर लिग शनिबार पराजित भएको छ ।  सनसाइन मोरेल्यान्ड जेब्रासँग २–१ ले पराजित भएको थियो । जगजितले फ्रिकिकमा गोल गरेका थिए । तर पनि उनको टोलीको हार भने टरेन । १६ खेलको समाप्तीमा उनको टोली २२ अंकका […]

May 27, 2017

महिला भलिबललाई केएनपीको साथ

काठमाडौं (हाम्रो खेलकुद) – शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने राष्ट्रिय महिला भलिबल प्रतियोगिताले बहुउद्देश्यीय पेन्ट कम्पनी केएनपी जापान प्रालिको साथ पाएको छ । मुख्य प्रायोजकको लागि प्रतिष्ठानका अध्यक्ष रन्जन खड्का र बहुउद्देश्यीय पेन्ट कम्पनी केएनपी जापान प्रालिका कन्ट्री डाइरेक्टर मनोज मिश्रले शनिबार सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार प्रतियोगिताको नाम ‘केएनपी राष्ट्रिय महिला भलिबल […]

May 27, 2017

जितेन्द्रको ‘मौकामा छक्का’

काठमाडौँ (हाम्रो खेलकुद) – राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता २०७४ अन्तर्गत शनिबार भएको खेलमा त्रिभुवन आर्मी क्लबले सुदुरपश्चिमलाई ८ विकेटले हराउँदा आर्मीका बलर जितेन्द्र मुखियाले ६ विकेट लिए। प्रतियोगिताको पहिलो खेलमा सुरुवाती एघारमा स्थान नपाएका जितेन्द्रले दोश्रो खेलमा भने अभिनाश कर्ण घाइते भएपछि मौका पाएका थिए। सुदुरले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएपनि […]

Success

Thank you for your time.