default_image

ताजा समाचारहरु

neymar-and-coutinho

June 1, 2017

कौटिन्होले ब्राजिलको कप्तानी सम्हाल्ने

एजेन्सी – लिभरपुलका मिडफिल्डर फिलिपे कौटिन्होले अर्जेन्टिना र अस्ट्रेलियासँग हुने मैत्रीपूर्ण खेलमा ब्राजिलको कप्तानी सम्हाल्ने जिम्मेवारी पाएका छन् । मेलबर्नमा हुने मैत्रीपुर्ण खेलका लागि छानिएका ब्राजिलियन टोलीमा नेयमार लगायतका अन्य चर्चित अनुहारहरुलाई आराम गर्ने मौका दिएपछि कौटिन्होले टिटेको प्रशिक्षणमा रहेको ब्राजिलियन टोलीको नेतृत्व गर्ने अवसर पाएका हुन् । मार्किन्होस , मिरान्डा , मार्सेलो , ड्यानी आल्भेस र […]

June 1, 2017

रौतहटको विजय यात्रा जारी

काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघको कार्यक्रम अुनसार पाल्पा र स्याङ्गजा जिल्ला फुटबल संघको समन्वयमा संचालन भईरहेको एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत  पाल्पामा आज भएको पहिलो खेलमा दाङ्ग महिला फुटबल टिमले महोत्तरी महिला फुटबल टिमलाई ३–१ गोलले पराजित गरेको छ । दाङ्गका लागि बसन्ती बराल मगरले २१, २६ र ३९ […]

June 1, 2017

फिफा वरियतामा नेपालको सुधार

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले बिहिबार सार्वजनिक गरेको  जुन महिनाको वरियताक्रममा नेपाल १६९औं स्थानमा पुगेको छ। फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल चार स्थान सुधार गर्दै १६९ औं स्थानमा पुगेको हो । फिफाको नयाँ वरियता अनुसार नेपाल दक्षिण एसियामा भने पाँचौ स्थानमा यथावत छ । नेपालभन्दा अघि भारत, माल्दिभ्स, अफगानिस्तान र […]

June 1, 2017

एन्फा र एपी वान टेलिभिजनबीच १ करोड ७५ लाखको प्रायोजन सम्झौता

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले केही समयअघिबाट प्रसारणमा आएको एपी वान एच डी टेलिभिजनसँग प्रत्यक्ष प्रसारसहित फुटबलको मार्केटिङ र प्रायोजनको आधिकारका लागि बार्षिक १ करोड ७५ लाख रुपैयाँको सम्झौता गरेको छ । एन्फा र एपी वानबीचको सम्झौता तीन बर्षको रहेको बताइएको छ ।  बिहिबार राजधानीमा आयोजित कार्यक्रममा एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ र […]

June 1, 2017

यमनविरुद्ध हुने खेलको ७०० टिकट मात्र बिक्री गरिने

काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघले आगामी जेठ ३० गते यमन विरुद्ध हुने एसियन कप २०१९ अन्तर्गतको छनोट खेलका लागि ७०० प्रति टिकट मात्र बेच्ने जनाएको छ। नेपालले यमन विरुद्धको खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको घाँसे मैदानमा खेल्ने कार्यक्रम रहेको छ। नेपाललाई आफ्नो खेल नेपालबाहिर खेल्न दबाव आएपनि एन्फाले कम दर्शक राखेरै भएपनि […]

June 1, 2017

‘भलिबल’ नेपालको राष्ट्रिय खेल

रोशन श्रेष्ठ नेपाल भलिबल संघको २०६८ साल साउनमा पोखरामा सम्पन्न पाचौं बार्षिक साधारण सभाले नेपालको राष्ट्रिय खेल भलिबल हुनुपर्छ भन्दै नेपाल सरकारमा निवेदनसहित पहल गर्न सर्वसम्मत निर्णय गरेको थियो । त्यो संस्थागत रुपले निर्णय गरेको अभियानले अन्ततः ६ वर्ष पछि नेपाल सरकार मन्त्री परिषद्को २०७४ जेठ ८ गते बसको बैठकले नेपालको राष्ट्रिय खेल अब भलिबल […]

June 1, 2017

नेपालको लेफ्ट डिफेन्स को होलान्?

-सुबास हुमागाईं काठमाडौँ  – नेपाली राष्ट्रिय फुटबल टोली जेठ २३ गते भारतविरुद्ध हुने अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलको तयारीका लागि हाल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृत्रिम घाँसे मैदानमा प्रशिक्षणरत छ। जेठ ३० गते यमनविरुद्ध हुने एएफसी एसियन कप २०१९को छनोट चरण अन्तर्गतको दोश्रो खेलको तयारीका लागि नेपाली टोलीले भारतको सामना गर्न लागेको हो। मुम्बईको अँधेरी स्पोर्ट्स कम्प्लेक्सको मैदानमा […]

June 1, 2017

वाइल्ड स्पोर्टसलाई काठमाडौं लिगको उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं जिल्ला लिग वाइल्ड स्पोर्टस क्लबले जितेको छ । सानो गौचरनमा बुधबार भएको फाइनलमा रामहिटी बज्र क्लबलाई २–१ ले हराएको थियो । वाइल्ड स्पोर्टसका लागि दुवै गोल अलग गुरुङले गोल गरेका थिए । रामहिटीका लागि सुशन श्रेष्ठले गोल फर्काए । काठमाडौं जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताको विजेता वाइल्ड स्पोर्टसले १५ हजार […]

June 1, 2017

पश्चिमाञ्चल सेमिफाइनलमा प्रवेश

काठमाडौं (हाम्रो खेलकुद) – मध्यपश्चिमाञ्चल विरुद्ध सहज जित दर्ता गर्दै पश्चिमाञ्चल राजधानीमा जारी प्रथम प्रधानमन्त्री कप एकदिवसीय पूरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिता अन्तर्गत बिहिबार भएको समूह चरणको अन्तिम खेलमा मध्यपश्चिमाञ्चललाई ९ विकेटले पराजित गर्दै पश्चिमाञ्चल सेमिफाइनलमा प्रवेश गरेको हो । एपिएफसँग वर्षाले प्रभावित पहिलो खेलमा पराजित भएको पश्चिमाञ्चलले त्यसपछि मध्यमाञ्चललाई पराजित […]

June 1, 2017

आयोजकलाई हराउँदै नव जागृति हल्दिबारी गोल्ड कपको सेमिफाइनलमा

सबिन शेर्मा झापा – आयोजक झापाको जलथल फुटबल क्लबलाई २–१ ले हराउँदै धरानको नव जागृति क्लब प्रथम हल्दिबारी गाँउपालिका गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । बुधबार भएको खेलमा नव जागृतिका लागि दुवै गोल विष्णु सुनारले गरे । आयोजक टोलीका लागि एकमात्र गोल मनु नेम्बाङले गरेका थिए । आयोजक टोलीका पुजन राई म्यान […]

Success

Thank you for your time.