default_image

ताजा समाचारहरु

James

June 7, 2017

रोनाल्डो सर्वाधिक कमाउने खेलाडी

फर्ब्स – अमेरिकन बिजनेस म्यागजिन फर्ब्सले सार्वजनिक गरेको ‘बिश्वको सर्वाधिक कमाउने खेलाडी’ सुचीमा रियल म्याड्रिड फरवार्ड क्रिस्टियानो रोनाल्डो पहिलो स्थानमा रहेका छन् । बास्केटबल खेलाडी लेब्रन जेम्स भन्दा धेरै कमाउदै रोनाल्डोले पहिलो स्थान पक्का गरेका हुन् । फर्ब्सको अनुसार उनको कमाई बार्षिक ७१.८ मिलियन पाउण्ड छ । रोनाल्डो भन्दा अघि गल्फर टाइगर वुड्स र बक्सर फ्लोइड […]

Hazard

June 7, 2017

हाजार्डले दिए रियलबाट खेल्न चाहेको संकेत

बेल्जियम (एजेन्सी)– चेल्सीका मिडफिल्डर इडेन हाजार्डले रियल म्याड्रिडबाट कुनै प्रस्ताव आएमा त्यस बारे आफुले विचार गर्न तयार रहेको बताएका छन् । चेल्सीलाई यो सिजन प्रिमियर लिग उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका हाजार्डको नाम धेरै अघिदेखि रियलसँग जोडिदै आएपनि यसपटक भने उनले रियलबाट खेल्न चाहेको संकेत गरेका छन् । रियलबाट खेल्न सक्ने सम्भावनाको बारेमा चर्चा […]

June 7, 2017

यमनसँग खेलका लागि बिहिबारदेखिनै प्रशिक्षण सुरु हुने

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले यमन विरुद्ध हुने एएफसी एसियन कपको छनोट चरणको दोश्रो खेलका लागि बिहिबारबाट प्रशिक्षण सुचारु गर्ने भएको छ। मंगलबार साँझ ७:१५ बजे भारतविरुद्ध मैत्रीपूर्ण खेल खेलेको नेपाली टोली बुधबार रातको ८:४५ बजे नेपाल आइपुगेको थियो। प्रशिक्षक ग्योतोकु कोजिले बिहिबार टोलीले हल्का अभ्यास गर्ने र शुक्रबार देखि पूर्ण रुपमा […]

June 7, 2017

एपिएफ र न्यू डाइमन्ड समूह विजेताका रुपमा सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– न्यू डाइमन्ड एकेडेमी र नेपाल एपिएफ क्लब राजधानीमा जारी केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । त्रिपुरेश्वरस्थीत दशरथ रंगशालाको कभर्डहलमा बुधबार भएको दुवै खेलमा जित निकाल्दै एपीएफ सेमिफाइनलमा पुग्यो । पश्चिमाञ्चललाई २५–१९,२५–१३ र २५–१३ ले हराएको एपिएफले अर्को खेलमा आर्मीलाई २५–१५,२५–१२ र २५–१५ ले पराजित गर्यो । समुह ‘ए’ मा […]

June 7, 2017

लिगमा बागलुङ खेलकुदको जित

अर्जुन कार्की बागलुङ (हाम्रो खेलकुद) – बागलुङ जिल्ला लिग फुटबलको दोस्रो दिन बुधबार बागलुङ खेलकुद क्लब विजयी भएको छ भने रसआवर फुटसल र पावर फिटनेस क्लब तथा चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब र रुद्रेपिपल युवा क्लबबीचको खेल भने बराबरीमा टुंगिएको छ । जिल्लाको बाङ्गेचौर खेलमैदानमा भएको समुह ‘बी’ अन्तर्गत रसआवर र पावर फिटनेसले १–१ बराबरी खेले […]

June 7, 2017

नेपाली फुटबल टोली भारतबाट स्वदेश आइपुग्यो

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कपको छनोट चरण अन्तर्गत यमन विरुद्ध हुने खेलको तयारीका लागि भारत विरुद्ध मैत्रीपूर्ण खेल खेल्न मुम्बई पुगेको नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ। नेपाल वायुसेवा निगमको जहाजबाट रातको ८ बजे टोली नेपाल आइपुगेको हो। नेपालले भारतविरुद्ध मंगलबार खेलेको खेलमा २-०को हार व्येहोरेको थियो। यमन विरुद्धको खेल आगामी जेठ […]

June 7, 2017

ताप्लेजुङ र रौतहट फाइनलमा

काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघको कार्यक्रम अुनसार पाल्पा र स्याङ्गजा जिल्ला फुटबल संघको समन्वयमा संचालन भईरहेको एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४को सेमिफाइनल खेलहरु समापन भएका छन्। पाल्पामा आज भएको पहिलो सेमिफाईनल खेलमा ताप्लेजुङ्ग महिला फुटबल टिमले काठमाण्डौ महिला फुटबल टिमलाई ४–० गोलले पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ । ताप्लेजुङ्गका […]

June 7, 2017

प्रिमियर गल्फमा शिवरामको अग्रता कायमै

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल नम्बर १ व्यावसायिक गल्फर शिवराम श्रेष्ठले सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप अन्तर्गत तेश्रो चरणको अन्त्यसम्म पनि आफ्नो अग्रता कायमै राखेका छन्। सुर्य नेपाल गल्फ टुर २०१६/१७ अन्तर्गतको अन्तिम इभेन्ट पार-७२को गोकर्ण गल्फ क्लबमा भईरहेको छ। बुधबार भएको खेलमा शिवरामले ५ अन्डर ६७ अंक जोड्दै समग्रमा १८ अन्डर १ सय ९८ […]

June 7, 2017

शेर्पा क्वार्टरफाइनलमा प्रवेश गरेसँगै लुम्बिनी बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लब दोस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्ने अन्तिम टोली बनेको छ । प्रतियोगिता अन्तर्गत बुधबार क्वार्टरफाइनल पुग्न जित्नै पर्ने खेलमा शेर्पाले न्युरोड टिम एनआरटीलाई ६–४ ले पराजित गर्दै अन्तिमा आठमा प्रवेश गर्न सफल भएको हो । समूह ‘सी’ बाट जावलाखेल समूह विजेता तथा शेर्पा उपविजेता बन्यो । […]

June 7, 2017

अयोग्य च्यासल यू-१८ प्रतियोगिताबाट निष्काशित

काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ(एन्फा)ले सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी ललित स्मृति यू-१८ फुटबल प्रतियोगिता अन्तर्गत समूह ‘ए’ बाट क्वार्टरफाइनल प्रवेश गरिसकेको च्यासल युथ क्लबलाई अयोग्य घोषणा गर्दै प्रतियोगिताबाट निष्काशन गरेको छ। च्यासल युथ क्लबले प्रतियोगितामा बढी उमेरको खेलाडी खेलाएको भन्दै सरस्वती युथ क्लबले विरोध जनाउँदै परिपत्र गरेपछि एन्फाको आयोजक कमिटिले […]

Success

Thank you for your time.