default_image

ताजा समाचारहरु

June 10, 2017

बंगलादेशको शानदार जित

एजेन्सी – शकिब अल हसन र महमुदुल्लाहले पाँचौ विकेटका लागि २ सय २४ रनको साझेदारी गरेपछि बंगलादेशले न्युजिल्यान्डलाइ ५ विकेटले पराजित गर्दै च्याम्पियन्स ट्रफी को दोश्रो चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। २ सय ६६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको बंगलादेशले पारीको दोश्रो बलमै फर्ममा रहेका ओपनर तामिम इकबाललाई गुमाएको थियो। एक समय ३३/४को स्थितिमा […]

June 10, 2017

स्विडेनसँग फ्रान्स पराजित

एजेन्सी – फिफा विश्वकप  २०१८को छनोट चरण अन्तर्गत शुक्रबार भएको समूह ‘ए’ अन्तर्गतको खेलमा स्विडेनले फ्रान्सलाई २-१ले पराजित गरेको छ। ओलिभियर गिरुडले ३७औं मिनेटमा हाफ भलीमा उत्कृष्ट गोल गर्दै पाहुना टोली फ्रान्सलाई अग्रता दिलाएका थिए। तर, त्यसको ५ मिनेट नबित्दै जिम्मी डुर्माजले गोल गर्दै खेललाई बराबरमा ल्याएका थिए। खेलको अन्तिम समयसम्म १-१को बराबरी रहेको अवस्थामा […]

June 10, 2017

युनाइटेडले इब्राहिमोभिचलाई रिलिज गर्यो

लन्डन (एजेन्सी)– गत सिजन म्यानचेस्टर युनाइटेडका उच्च गोलकर्ता रहेका स्विडिस स्ट्राइकर ज्लाटान इब्राहिमोभिचलाई रिलिज गरेको छ । युनाइटेडसँग इब्राहिमोभिचको एक बर्षे सम्झौता जुन ३० मा समाप्त हुँदैछ । क्लबले चाहेको खण्डमा इब्रासँगको अनुबन्धन १ वर्ष थपिने प्रावधान भएपनि क्लबले उनलाई रिलिज गरेको हो। यसबाहेक दुई पक्षको सहमतिमा स्विडिस स्ट्राइकरसँग क्लबले अर्को एक बर्षको सम्झौता गर्ने […]

June 10, 2017

विश्वकप छनोटमा बेल्जियमको अपराजित यात्रा कायमै

एजेन्सी – फिफा विश्वकप  २०१८को छनोट चरण अन्तर्गत शुक्रबार भएको समूह ‘एच’ अन्तर्गतको खेलमा इस्टोनियालाई २-०ले पराजित गर्दै बेल्जियमले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। प्पहिलो हाफको ३१औं मिनेटमा ड्रिज मर्टेन्सको गोलसँगै बेल्जियम खेलमा अगाडी बढेको थियो। पछिल्लो खेलमा ग्रिससँग १-१को बराबरी खेलेको बेल्जियमका लागि ८६औं मिनेटमा नासेर चाड्लीले गोल गर्दै जित पक्का गरेका थिए। […]

June 10, 2017

पोर्चुगलको जितमा रोनाल्डोको २ गोल

एजेन्सी – फिफा विश्वकप  २०१८को छनोट चरण अन्तर्गत शुक्रबार भएको समूह ‘बी’ अन्तर्गतको खेलमा पोर्चुगलले लाटभियालाई ३-०ले पराजित गरेको छ। निकै प्रतिस्पर्धात्मक पहिलो हाफको ४१औं मिनेटमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए। दोश्रो हाफको ६३औं मिनेटमा व्यक्तिगत दोश्रो गोल गर्दै रोनाल्डोले पोर्चुगलको अग्रता दोब्बर पारे। यो उनको जारी विश्वकप छनोटको […]

June 9, 2017

टोखा र चन्द्रागिरी काठमाडौं अन्तर नगर कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– टोखा र चन्द्रागिरी नगरपालिका प्रथम काठमाडौं अन्तर नगर कप नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको सेमिफाइनलमा टोखाले नागार्जुन नगरपालिकालाई २–१ र चन्द्रागिरीले कीर्तिपुरनगर पालिका लागि टाइब्रेकरमा ४–१ ले हराउँदै फाइनलमा भेट पक्का गरेका हुन् । टोखालाई जित दिलाउन आशिष श्रेष्ठ र साजन श्रेष्ठले गोल […]

June 9, 2017

संजयको टोलीलाई प्रो-एम उपाधि

काठमाडौँ (हाम्रो खेलकुद) – सुर्य नेपाल प्रिमिएर गल्फ च्याम्पियनसिप अन्तर्गत शुक्रबार भएको प्रो-एम प्रतियोगितामा संजय लामाको टोलीले उपाधि जितेको छ। विजयी टोलीमा व्यावसायिक खेलाडी संजयसँगै (४३) एमेच्योर खेलाडीहरु चार्ली गुरुङ(४१), भरत बस्ताकोटी(३८) र टासी दोङ(३८) रहेका थिए। विजयी टोलीले कुल १ सय ६० अंक जोडेको थियो भने दोश्रो स्थानमा रहेको टोलीले १ सय ४९ अंक […]

mali

June 9, 2017

महिला भलिबलमा सरस्वती सर्वोत्कृष्ट खेलाडी, प्रतिभालाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलाडी )– नेपाल एपिएफ क्लबलाई शुक्रबार केएनपी राष्ट्रिय महिला भलिबलको उपाधि रक्षा गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन् । त्यस्तै फाइनलमा पराजित न्यू डायमन्ड एकेडेमीकी प्रतिभा मालीले दोहोरो उपाधि जितिन् । उत्कृष्ट स्पाइकर बनेकी प्रतिभा आयोजक शेरबहादुर खड्का स्मृति स्पेशव अवार्डबाट पनि सम्मानित भइन् । सरस्वतीले जेम फ्लोरिङले […]

Brasil Global Tour - Brazil v Argentina

June 9, 2017

मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले ब्राजिललाई हरायो

मेलबर्न (एजेन्सी) – अस्ट्रेलियाको मेलबर्न क्रिकेट मैदान (एमसीजी) मा भएको मैत्रीपुर्ण फुटबल खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० ले हराएको छ । करिब ९५ हजार भन्दा बढी दर्शकको सामु भएको खेलमा एकमात्र गोल ग्याब्रियल मेर्काडोले गरे। पहिलो हाफको अन्त्य अघि सेभिल्लाका डिफेन्डर मेर्काडोले ओटामेन्डीको हेडर बारमा लागेर फर्किएको अवस्थामा बललाई सहजै गोलमा परिणत गरेका थिए । नेयमारको अनुपस्थितीमा […]

June 9, 2017

पुलिस र संकटा सेमिफाइनलमा प्रवेश

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लब र सिएमजी क्लब संकटा दोस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई ३–२ को गोल अन्तरमा पराजित गर्दै पुलिसले अन्तिम चारमा स्थान बनाएको हो । पुलिसले फाइनल प्रवेशका लागि अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबको […]

Success

Thank you for your time.