default_image

ताजा समाचारहरु

Baglung

June 13, 2017

बागलुङ जिल्ला लिगको उपाधि फ्युचरलाई

अर्जुन कार्की बागलुङ – अखिल नेपाल फुटबल संघ (एन्फा)को वार्षिक कार्यक्रम अनुसार जिल्ला फुटबल संघ बागलुङले आयोजना गरेको जिल्ला लिग फुटबलको उपाधि फ्युचर स्पोर्टस् क्लबले जितेको छ । मंगलबार बाङ्गेचौर खेलमैदानमा भएको फाइनल खेलमा फ्युचर स्पोर्टस् क्लबले चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको १४ औं […]

June 13, 2017

उदाहरणीय समर्थन

दिपेन्द्र पोखरेल काठमाडौँ –  एएफसी एसियन कपको छनोट चरण अन्तर्गतको खेलमा नेपालले घरेलु मैदानमा यमनको सामना गर्दै थियो । दोस्रो हाफमा खेल चलिरहँदा यमनका खेलाडीहरुले बल नेपाली पोस्ट तर्फ अगाडी बढाए, तर त्यस आक्रमणको अन्तिम प्रहार किरणको ग्लोभ्समा पुग्यो । समर्थकहरुबाट राहतको तालि बज्यो । त्यतिकैमा किरणले बल सोझै टचलाइन बाहिर फालिदिए र यमनलाई थ्रो इन […]

June 13, 2017

‘बराबरी सकारात्मक नतिजा’ – यमनका प्रशिक्षक मेब्राटु

काठमाडौँ (हाम्रो खेलकुद) – यमनका प्रशिक्षक अब्राहम मेब्राटुले नेपाल र यमनबिचको खेल गोलरहित बराबरीमा टुंगिनुलाई सकारात्मक हिसाबले लिएका छन्। उनले बराबरी हुनु बेफाइदा नरहको र यसले यमनको छनोट हुने लक्ष्यमा बाधा नपर्ने बताए। हलचोक स्थित सशस्त्र प्रहरी बलको मैदानमा आज भएको गोलरहित बराबरी पछि बोल्दै प्रशिक्षक मेब्राटुले यमनको छनोट हुने सम्भावना बलियो रहेको बताए। “हामीलाई […]

June 13, 2017

“बराबरी सन्तोषजनक नतिजा” – नेपालका प्रशिक्षक कोजी

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरण अन्तर्गतको खेलमा नेपालले घरेलु मैदानमा यमनसँग अंक बाँड्नु सन्तोषजनक नतिजा रहेको प्रशिक्षक ग्योतोकु कोजीले बताएका छन् । खेलपछि पत्रकारसँगको अन्तरक्रियामा कोजीले यमन आफूभन्दा बलियो टोली रहेको कारण बराबरी खेल्नु नेपालकोलागि राम्रो नतिजा रहेको बताएका छन् । “बराबरी हाम्रो लागि सन्तोषजनक नतिजा हो। अघिल्लो साता खेलिएको भारतसँगको […]

June 13, 2017

देवेन्द्रको राष्ट्रिय टोलीबाट ‘डेब्यु’

सुबास हुमागाईं काठमाडौँ  – एएफसी एसियन कप अन्तर्गत यमनविरुद्धको खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्दै देवेन्द्र तामाङले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन्। दोश्रो हाफमा आदित्य चौधरीलाई स्थानान्तरण गर्दै मैदान प्रवेश गरेका देवेन्द्र विगतका समयमा टोलीको सदस्य रहेपनि मैदानमा उत्रिन भने पाएका थिएनन्। यमनविरुद्धको खेलमा ७३औं मिनेटमा मैदान प्रवेश गरेका उनले टोलीको गोलरहित बराबरीमा सहयोग […]

June 13, 2017

किरण बने ‘म्यान अफ द म्याच’

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कपको छनोट चरण अन्तर्गत दोश्रो खेलमा नेपालले यमनसँग गोलरहित बराबरी खेलेको छ। उक्त खेलमा नेपालका गोलरक्षक किरण कुमार लिम्बु (चेम्जोङ) म्यान अफ द म्याच घोषित भएका छन्। नेपालका लागि किरणले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई क्लिन सिट राख्न महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनले पहिलो हाफमा केहि उत्कृष्ट बचाऊ गर्दै खेललाई […]

Yemen vs Nepal

June 13, 2017

एसियन कप छनोटमा नेपाललाई पहिलो अंक

एसियन कप छनोटमा नेपाललाई पहिलो अंक,यमनसँग गोलरहित बराबरी खेल्यो प्रकाश तिमल्सिना/ दिपेन्द्र पोखरेल काठमाडौं – खेल नियन्त्रणमा राख्नका वावजुद गोल गर्न नसकेपछि नेपालले यमनसँगको एसियन कप छनोटमा आज गोलरहित बराबरी खेलेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा दर्जन बढी अवसर पाउनका वावजुद गोल गर्न नसकेपछि नेपालले समूह ‘एफ’ को खेलमा यमनसँग अंक बाढेको छ […]

Nepal Yemen

June 13, 2017

नेपाल र यमनबीचको पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र यमनबीच एसियन कप छनोटअन्तर्गत समूह चरणको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । हलचोकस्थित शसस्त्र प्रहरी बलको मैदानमा जारी खेलको पहिलो हाफमा दुवै टोलीले गोलका लागि केही राम्रा अवसर पाएर पनि सदुपयोग गर्न सकेनन् । नेपाली टोलीबाट भरत खवास र सुजल श्रेष्ठको उत्कृष्ट रहेको छ भने बाँकी खेलाडीको प्रदर्शन […]

June 13, 2017

यमनविरुद्ध नेपालको सुरुवाती ११ घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कपको छनोट चरण अन्तर्गत यमन विरुद्धको खेलका लागि सुरुवाती एघारको घोषणा गरेको छ। सुरुवाती एघारमा पछिल्लो खेलमा सुरुवात गरेका बिमल घर्ती मगर र हेमन गुरुङ परेका छैनन्। भरत खवास र विशाल राई सुरुवाती एघारमा परेका छन्। सम्भावित सुरुवाती एघार: किरण चेम्जोङ कमल श्रेष्ठ – अनन्त तामाङ – आदित्य चौधरी […]

Nepal National Football Team vs Indias

June 13, 2017

नेपाल विरुद्ध यमन – प्रत्यक्ष

नेपाल 0-0 यमन खेल सुरु हुने : ३ बजे

Success

Thank you for your time.