default_image

ताजा समाचारहरु

Mbapape

June 14, 2017

“रियलले मलाई १४ वर्षको उमेरदेखि भित्र्याउन खोजेको थियो ” – बाप्पे

पेरिस(एजेन्सी) – मोनाकोका युवा स्ट्राइकर किलीयन बाप्पेले आफुलाई रियल म्याड्रिडले करिब ४ बर्ष अघि देखि म्याड्रिडमा बोलाएको खुलासा गरेका छन्। १८ वर्षीय बाप्पे यो सिजन पनि रियल म्याड्रिडको नजरमा छन् । मोनाकोसँग रहेर गत सिजन २४ गोल गर्दै फ्रान्सको लिग वन जिताउन मद्दत गरेका बाप्पेले रियलले आफु प्रति रुचि राखेको बताए। “म १४ बर्ष हुँदा […]

June 14, 2017

रियल म्याड्रिडको जर्सी सार्वजनिक

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग विजेता एवं स्पेनिस लिग च्याम्पियन रियल म्याड्रिडले आगामी सिजन २०१७/१८को लागि नयाँ जर्सी सार्वजनिक गरेको छ। एडिडास कम्पनिले निर्माण गर्ने जर्सीमा फ्लाई इमिरेट्स प्रायोजक रहेको छ। विगतको सिजनमा जस्तै यसपाली पनि रियलको घरेलु जर्सीमा रियलको ऐतिहासिक सेतो रङ्ग झल्केको छ। आकाशे निलो रङ्गको धार काँधमा राखिएको जर्सीमा एडिडासको परम्परागत तिन […]

June 14, 2017

पोखरा स्पोर्टस अवार्ड साउन अन्त्यमा

पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीले साउन अन्त्यतिर दोस्रो पोखरा स्पोर्टस अवार्ड गर्ने भएको छ । यस क्षेत्रको समग्र खेलकुदको विकास तथा बिस्तारमा लागेका व्यक्तिहरुलाई सम्मान गर्ने उद्धेश्यले गत वर्षदेखि नै मञ्चले अवार्ड आयोजना गर्दै आएको छ । मञ्चको मंगलबार बसेको बैठकले आगामी साउन २७ गते अवार्ड कार्यक्रम गर्ने निर्णय गरेको मञ्चका […]

June 14, 2017

पदक विजेता खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुर जिल्ला खेलकुद विकास समिति र विद्या विकास सेकेण्डरी स्कुलले आइटिएफ तेक्वान्दोका पदक विजेता खेलाडीलाई सम्मान गरेको छ । त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चमा आयोजित कार्यक्रममा आयोजकले आइटिएफ नेपालका खेलाडीद्धय बाबुछोरा लक्ष्मण बस्नेत र सस्मत बस्नेतलाई सम्मानित गरेको हो । लक्ष्मण बस्नेत तेक्वान्दो आइटिएफ नेपालका संस्थापक अध्यक्ष एवम् प्रमुख प्रशिक्षक तथा […]

June 14, 2017

जापान पुगेका पाँच प्रशिक्षकलाई स्वागतसहित सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबलको गुणात्मक विकासको लागि विशेष प्रशिक्षणमा जापान पुगेका पाँच फुटबल प्रशिक्षकहरुलाई टोकियोमा नेपाली समुदायले स्वागतसहित सम्मान गरेका छन् । पाँच प्रशिक्षकलाई डेमसाईड फुटबल क्लबसहितएक दर्जन संघ संस्थाहरुले स्वागतसहित सम्मान गरेका हुन् । नेपाली फुटबलमा ‘ए’ लाईसेन्स प्राप्तमध्ये पाँच जना प्रशिक्षकहरु जापान फुटबल संघको निमन्त्रणामा विशेष प्रशिक्षणका लागि मंगलबार जापान पुगेका […]

June 14, 2017

एसियन कप छनोटमा नेपालको इतिहास

सुबास हुमागाईं काठमाडौँ – सन् १९८४मा साउदी अरेबियामा भएको एसियन कप छनोटमा पहिलो सहभागिता जनाएको नेपालले सन् २०१७सम्म आइपुग्दा ३० खेल खेलिसकेको छ। यसबिचमा नेपालले २ खेलमा जित हात पारेको छ भने २५ खेलमा हार व्येहोरेको छ। मंगलबार भएको यमनविरुद्धको गोलरहित बराबरी नेपालको तेश्रो बराबरी थियो। १९ अक्टोबर १९८४मा सुरु भएको नेपालको एसियन कप छनोट […]

June 14, 2017

एसियन कपमा छनोटमा नेपालको सम्भावना कस्तो?

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०१९को छनोट चरण अन्तर्गत मंगलबार भएको खेलमा नेपाल र यमनले गोलरहित बराबरी खेले। पहिलो खेलमा फिलिपिन्ससँग ४-१ले पराजित भएको नेपालले यस बराबरीसँगै छनोटमा अंकको खाता पनि खोल्यो। समूह चरणमा शीर्ष २ स्थानमा रहने टोलीले २०१९मा संयुक्त राज्य इमिरेट्समा हुने एएफसी एसियन कपमा सहभागिता जनाउन पाउने प्रावधान रहेको छ। […]

June 14, 2017

ताजिकिस्तानलाई हराउदै फिलिपिन्स समूहको शिर्षस्थानमा

ताजिकिस्तान (एजेन्सी) – एएफसी एसियन कपको छनोट चरण अन्तर्गत समुह ‘एफ’ को मंगलबार भएको दोस्रो खेलमा घरेलु टोली ताजिकिस्तानलाई ३-४ ले हराउदै फिलिपिन्स शिर्षस्थानमा कायमै रहेको छ । फिलिपिन्सले फिल यङहस्बेन्डको २७औं मिनेटको गोलमा अग्रता लिएको थियो। प्याटिनोले ४१औं र ४८औं मिनेटमा गोल गर्दै फिलिपिन्सलाई ३-० ले अघि बढाएका थिए। घरेलु टोलीका उमारबाहेभको ६१औं मिनेटमा […]

June 14, 2017

रोनाल्डोको बिरुद्धमा कर छलीको मुद्दा दर्ता

स्पेन (एजेन्सी) – म्याड्रिड स्थित स्पेनिस न्यायाधिशहरुले रोनाल्डो माथि कर छलीको आरोप लगाउदै उनि विरुद्ध मुद्दा दर्ता गरेका छन् । रोनाल्डोले सन् २०११ देखि २०१४ सम्म करिब १५ मिलियन युरो कर छलेको स्पेनिस कर एजेन्सीले आरोप लगाउदै मुद्दा चलाएको हो । “रोनाल्डोले २०१० मा बनाइएको व्यापारीक संरचनाको प्रयोग गर्दै आफ्नो स्पेनको आम्दानी लुकाएका छन्, ” न्यायाधिशहरुको […]

france

June 14, 2017

१० खेलाडीमा सिमित फ्रान्ससँग इङ्ल्याण्ड पराजित

फ्रान्स (एजेन्सी) – ह्यारी केनले दुइ गोल गरेपनि १० खेलाडीमा सिमित घरेलु टोली फ्रान्ससँगको मैत्रीपुर्ण खेलमा इङ्ल्याण्ड ३-२ ले पराजित भएको छ । इङ्ल्याण्डका लागि ह्यारी केनले रायन बर्टर्यान्डको पासमा पोस्ट नजिकैबाट नवौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए भने स्यामुएल उम्टिटिले २२औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई बराबरी गरेका थिए । फ्रान्सले जिब्रिल सिडिबेको गोलमा […]

Success

Thank you for your time.