default_image

ताजा समाचारहरु

June 16, 2017

आईडब्लुएफएन कराते भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद)- आईडब्लुएफएन कराते डो संघको आयोजनामा प्रथम आईडब्लुएफएन अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटानका ४ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष लक्ष्मण लम्सालले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा नेपालबाट २ सय र विदेशबाट २ सय खेलाडी सहभागी हुने बताइएको छ । […]

June 16, 2017

रोनाल्डोले यसै सिजन म्याड्रिड छाड्ने

एजेन्सी – पोर्चुगलका कप्तान एवं रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले क्लब छाड्ने निर्णय गरेका छन्। पोर्चुगलको दैनिक पत्रिकाहरुले जनाए अनुसार रोनाल्डोले कन्फेडेरेसन कप सकिएपछि स्पेन छाड्ने योजना बनाएका छन्। पोर्चुगलको पत्रिका ए बोलाले जनाए अनुसार स्पेनिस कर कार्यालयका अधिकारीहरुको व्यवहार देखेर रुष्ट भएका रोनाल्डोले स्पेननै छाड्ने मनसाय बुनेका हुन्। स्पेनका कर कार्यालयका अधिकारीहरुले रोनाल्डोलाई […]

June 16, 2017

२५-०ले खेल जितेपछि विजयी प्रशिक्षक बर्खास्त

स्पेन (एजेन्सी) – स्पेनिस क्लब सिडी सेर्रानोका युवा प्रशिक्षक विपक्षी टोलीलाई २५-० हराएको कारण आफ्नै क्लबको बोर्डबाट बर्खास्त भएका छन्। क्लबको बोर्डले विपक्षी टोलीलाई अपमान गरेको भन्दै प्रशिक्षकलाई क्लबबाट निष्कासन गरेको हो। क्लबका निर्देशक पाब्लो अल्काइडले प्रशिक्षकले समय अनुसार खेललाई नियन्त्रणमा लिन नसकेपछि यस्तो नतिजा आएको बताए। खेलपछि प्रशिक्षक र बोर्डको मिटिङमा भनाभन भएपछि क्लबले […]

June 16, 2017

यू-२३ राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

काठमाडौँ (हाम्रो खेलकुद) – असारको अन्तिम साताबाट सुरु हुने एएफसी यू-२३ च्याम्पियनसिपको छनोट चरणका लागि नेपालले तयारी सुरु गरेको छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको कृतिम घाँसे मैदानमा आजबाट टोलीको प्रशिक्षण सुरु भएको हो। कुल ३५ खेलाडीलाई बोलाइएकोमा पहिलो दिनको प्रशिक्षणमा १३ खेलाडीमात्र उपस्थित रहेका थिए।  टोलीको प्रमुख प्रशिक्षकमा मेघराज केसी र सहायक प्रशिक्षकमा प्रकाश अर्याललाई […]

June 16, 2017

कन्फेडेरेसन कपमा को-को खेल्दैछन्?

एजेन्सी – फिफा विश्वकप २०१८को वार्म अप प्रतियोगिताको रुपमा हेरिएको फिफा कन्फेडेरेसन कप आगामी शनिबार बाट रसियामा सुरु हुँदैछ। ८ टोलीको सहभागिता रहने प्रतियोगिता करिब २ सातासम्म चल्नेछ। ६ महादेशका च्याम्पियनसँगै विश्वकप विजेता र आयोजक टोलीको सहभागिता रहने यस प्रतियोगितामा यस पटक युरोपका तिन टोली रहेका छन्। सहभागीता जनाउने ८ टोली कुन-कुन हुन् त? १.रसिया […]

June 16, 2017

डोनारुम्माले मिलान छाड्ने पक्का

एजेन्सी – एसी मिलान एवं इटालियन राष्ट्रिय टोलीका १८ वर्षीय गोलरक्षक जियानलुइजी डोनारुम्माले नयाँ करार नगर्ने भएसँगै क्लब छाड्ने निश्चित भएको छ। सन् २०१८ सम्मका लागि एसी मिलानमा आवद्ध रहेका डोनारुम्मालाई क्लबले निकै ठुलो प्रस्ताव गरेपनि उनलो सो प्रस्तावलाई अस्विकार गर्दै क्लब छाड्ने निर्णय लिएका हुन्। उनले १६ वर्षको उमेरमा डेब्यु गरेदेखि मिलानबाट ६८ खेल […]

June 15, 2017

भारत च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – साविक विजेता भारत बंगलादेशलाई ९ विकेटले पराजित गर्दै च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। बिहिबार भएको सेमिफाइनल खेलमा रोहित शर्माले शतकीय पारी खेलेपछि भारतले जित हात पारेको थियो। २ सय ६५ रनको लक्ष्य पछ्याएको भारतले ४०.१ ओभरमा जित हात पारेको थियो। ओपनरद्वय शिखर धवन र रोहित शर्माले भारतलाई ८७ रनको साझेदारी गर्दै राम्रो […]

June 15, 2017

नेपाली मिति र समयमा कन्फेडेरेसन कपको खेल तालिका

एजेन्सी – आउँदो शनिबारदेखि सुरु हुन गइरहेको फिफा कन्फेडेरेसन कपको उद्घाटन खेलमा आयोजक रसियाले न्युजील्याण्डको सामना गर्दैछ। ८ टोलि सहभागी रहने प्रतियोगितामा टोलीहरुलाई २ समूहमा विभाजन गरिएको छ। खेल तालिका: समूह ‘ए’: रसिया, न्युजिल्याण्ड, पोर्चुगल, मेक्सिको ३ असार – रातको ८:४५ बजे – रसिया विरुद्ध न्युजिल्याण्ड ४ असार – रातको ८:४५ बजे – पोर्चुगल विरुद्ध […]

June 15, 2017

कन्फेडेरेसन कपमा हेर्नैपर्ने ५ खेलाडीहरु

एजेन्सी – आगामी शनिबारबाट रसियामा सुरु हुने फिफा कन्फेडेरेसन कपको तयारी पुरा भइसकेको छ। सम्पूर्ण सहभागी टोलीहरु रसियातर्फ प्रस्थान गरिसकेका छन्। महादेशीय प्रतियोगिताको विजेताहरुसँगै विश्व विजेता र आयोजक राष्ट्र रसिया सहभागी रहेको प्रतियोगितामा नयाँ अनुहारहरु पनि प्रसस्तै देखिनेछन्। अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छाप बसाउन बाँकी रहेका र कन्फेडेरेसन कपमा चम्कने खुबी भएका ५ खेलाडी यसप्रकार छन्: […]

June 15, 2017

अनिरुद्रलाई एक्सपर्ट स्कुल क्रिकेट लिग उपाधि

मनोरञ्जन शर्मा भैरहवा– कञ्चनपुरको अनिरुद्र उच्च माविले एक्सपर्ट स्कुल क्रिकेट लिग टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । रुपन्देहीको न्यू होराइजन उच्च माविलाई ४ विकेटले हराउँदै अनिरुद्रले उपाधि जितेको हो । टोलीले उपाधिसहित १ लाख रुपैयाँ प्राप्त गरेको छ । सिद्धार्थ रंगशाला भैरहवामा बिहीबार ७२ रनको सामान्य लक्ष्य पछ्याएको अनिरुद्रले १६. ४ बलमा ६ […]

Success

Thank you for your time.