default_image

ताजा समाचारहरु

June 21, 2017

यू२३ टोलीको प्रशिक्षकमा शाक्य नियुक्त

काठमाडौँ (हाम्रो खेलकुद) – आगामी असार ३१ गतेदेखि सुरु हुने एएफसी यू२३ च्याम्पियनसिप छनोट चरणका लागि नेपाली यू२३ राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मा राजु काजी शाक्यले पाएका छन्। यसअघी एन्फाले प्रशिक्षक मेघराज केसीले टोलीको प्रशिक्षण सम्हाल्ने भनेपनि समयअभावको कारणले उनले जिम्मेवारी नलिने निर्णय गरेका थिए। उनको अनुपस्थितिमा प्रशिक्षक शाक्यले टोलीको जिम्मेवारी लिने भएका हुन्। शाक्यकै प्रशिक्षक्त्वमा […]

Di Maria

June 21, 2017

डी मारियालाई १ वर्ष जेल सजाय सहित जरिवाना

स्पेन (एजेन्सी) – रियल म्याड्रिडमा रहँदाको समयमा कर छली गरेको आरोपमा पिएसजीका मिडफिल्डर एन्जन डी मारियालाई १ वर्ष जेल सजाय र १.७६ मिलियन पाउण्ड जरिवाना सनाइएको छ । रियलमा सन् २०१० देखि २०१४ सम्म रहदा डी मारियाले १.१६ मिलियन पाउण्ड सम्म छलेको देखिएपछि उनलाई दोषी ठहर्याइएको हो । उनले आफ्नो तस्बिर प्रायोग गर्ने अधिकार सम्बन्धि […]

June 21, 2017

चितवन टाइगर्स र नेप्लो मार्ट विजयी

काठमाडौं (हाम्रो खेलकुद) – चितवन टाइगर्स र नेप्लो मार्ट राजधानीमा जारी एइसी कप इन्डोर क्रिकेट प्रतियोगितामा विजयी भएका छन् । कोटेश्वरस्थित अल्टिमेट इन्डोर क्रिकेट मैदानमा बुधबार भएको खेलमा चितवन टाइगर्सले गोरखा नाइटलाई २८ रनले तथा नेप्लो मार्टले नेपाल खेलकुद पत्रकार मञ्चको टोलीलाई ४७ रनले पराजित गरेको हो । चितवनले दिएको १ सय ३१ रनको लक्ष्य […]

June 21, 2017

प्रतिभालाई शेरबहादुर स्मृति खेलुकद अवार्ड

 प्रशिक्षक राई पनि सम्मानित काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय भलिबल खेलाडी प्रतिभा माली शेरबहादुर खड्का स्मृति खेलकुद अवार्डबाट सम्मानित भएकी छिन् । शेरबहादुर स्मृति प्रतिष्ठानले सोही अवसरमा भलिबल प्रशिक्षक कुमार राईलाई पनि सम्मान गरेको छ । घरेलु भलिबल प्रतियोगिताहरुमा उच्च प्रदर्शन गर्दै आइकी प्रतिभाले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा ३.५ ग्रेड ‘ए’ मा उत्तीर्ण गरेकी […]

June 21, 2017

पहिलो जितको खोजमा पोर्चुगल

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत समूह चरणको दोश्रो खेलमा पोर्चुगलले आयोजक रसियाको सामना गर्दैछ। पहिलो खेलमा मेक्सिकोसँग २-२को बराबरी खेलेको पोर्चुगलले समूहको शीर्षस्थानमा रहेको रसियालाई हराउँदै पहिलो जित हात पार्ने सोच हुनेछ। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो पहिलो खेलमा ‘म्यान अफ द म्याच’ भएपनि उनको प्रदर्शनको आलोचना भएको थियो। पहिलो गोलमा असिस्ट उपलब्ध गराएका रोनाल्डोले […]

Spain

June 21, 2017

यू २१ युरो कप : पोर्चुगललाई हराउदै स्पेन सेमिफाइनलमा

पोल्याण्ड (एजेन्सी) – लगातार दोस्रो जितसँगै स्पेन पोल्याण्डमा जारी यू २१ युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । समूह चरणको खेलमा पोर्चुगललाई ३–१ ले हराउँदै स्पेनले लगातार दोस्रो सफलता हासिल गर्यो । त्यो जितपछि टोलीले अन्तिम चारको यात्रा तय गरेको छ । पोर्चुगल १ जीत र १ हार सहित दोस्रो स्थानमा छ । एट्लेटिको म्याड्रिडका मिडफिल्डर […]

Oscar

June 21, 2017

[भिडियो हेर्नुहोस] – चीनमा ब्राजिलियन ओस्कारका कारण खेलमा झडप

चीन (एजेन्सी)– चेल्सीका पूर्व मिडफिल्डर ओस्कारले खेलका दौरान विपक्षी खेलाडीलाई बलले हानेपछि खेलका दौरान झडप भएको छ । चाइनिज सुपर लिग फुटबलमा सोमबार भएको संघाई एसआइपिजी र गोन्जाओ बीचको खेलमा ओस्कार झगडाको जड बनेका थिए । १–१ को बराबरीमा टुंगिएको उक्त खेल दौरान ओस्कारले दुई विपक्षी खेलाडीलाई नजिकबाट बलले प्रहार गरेपछि गोन्जाओका खेलाडीले ओस्कारलाई धकेलेर […]

June 21, 2017

कोहलीसँग खटपट बढेपछि कुम्बलेद्वारा प्रशिक्षकबाट राजिनामा

एजेन्सी – भारतीय राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक अनिल कुम्बलेले कप्तान विराट कोहलीसँग असमझदारी बढ्दै गएपछि राजिनामा दिएका छन्। भर्खरै सम्पन्न आइसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तैनसँग लज्जासप्द हार व्यहोर्नुलाई पनि एक कारणको रुपमा हेरिएको छ। कुम्बले र कोहलीबिच लामो समयदेखि मतभिन्नता रहँदै आएको भनिएपनि दुवैले त्यसको खण्डन गर्दै आएका थिए। तर कुम्बलेले आफ्नो राजिनामा दिंदै […]

June 21, 2017

ड्यानी आल्भेस प्रिमियर लिगमा आउने

एजेन्सी – युभेन्टस एवं ब्राजिलको राष्ट्रिय टोलीका फुलब्याक ड्यानी आल्भेस इटालीयन क्लब छाडेर इङ्गलिस प्रिमियर लिग आउने भएका छन्। बार्सिलोनाका पूर्वखेलाडी आल्भेस २ सिजन अघिमात्र युभेन्टस पुगेका थिए। प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी उनको नयाँ गन्तव्य हुने भएको छ। प्रशिक्षक पेप गुआर्डिओलाले पुन: आल्भेसलाई आफ्नो टोलीमा अनुबन्धन गर्न चाहेका हुन्। यसअघि यी दुईले बार्सिलोनामा पनि […]

June 20, 2017

रुस्लान थ्री स्टार र एन्फाबीच सहमति बन्यो

प्रकाश तिमल्सिना काठमाडौं  – रुस्लान थ्री स्टार क्लब र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच क्षतिपूर्तिका विषयमा सहमति बनेपनि अन्य प्रक्रिया पुरा गरेरमात्र सार्वजनिक गर्नेमा दुवै पक्ष राजी भएका छन् । आइतबार नै दुईबीचबीच सहमति बन्ने सम्भावना रहेको बताइएपनि विभिन्न कारणले अन्तिम टुंगोमा पुग्न आजसम्म लागेको थियो । एन्फाले र थ्री स्टारबीच क्षतिपूर्ति रकम अहिले […]

Success

Thank you for your time.