default_image

ताजा समाचारहरु

June 22, 2017

चितवन टाइगर्स र नेप्लोमार्ट अन्तिम चारमा

काठमाडौं (हाम्रो खेलकुद) – चितवन टाइगर्स र नेप्लो मार्ट राजधानीमा जारी एइसी इन्डोर क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। कोटेश्वरस्थित अल्टिमेट इन्डार क्रिकेटको खेल मैदानमा बिहिबार भएको खेलमा चितवन टाइगर्सले ट्रिटन कलेजमाथि ४४ रनको जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । यस्तै नेप्लो मार्टले किरण वारियर्समाथि ३४ रनको जित निकाल्दै अन्तिम चारमा स्थान […]

June 22, 2017

फुटबलका नाममा ठगी गर्ने एन्फा पूर्वमहासचिव शाही पक्राउ

काठमाडौं (हाम्रो खेलकुद)– करोड भन्दा बढी ठगी गरेको आरोपमा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व महासचिव लोकबहादुर शाही पक्राउ परेका छन् । हाल एन्फाको फुटसल समितिको उप संयोजक समेत रहेका शाहीले क्यानडामा आयोजना आयोजना हुने मैत्रीपूर्ण खेलमा सहभागी गराउने भन्दै २५ जना भन्दा बढीसँग रकम उठाएका थिए । शाहीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले […]

June 22, 2017

चिली र जर्मनी भिड्दै

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत बिहिबार राती हुने खेलमा चिली र जर्मनी आमने-सामने हुँदैछन्। दुवै टोलीले समुहको पहिलो खेल जितेका थिए। जर्मनीले पहिलो खेलमा अष्ट्रेलियालाई ३-२ले पराजित गरेको थियो भने चिलीले क्यामरुनमाथि २-०को जित दर्ता गरेको थियो। दुवै टोली समूहको शीर्षस्थानमा रहेर जितसँगै सेमीफाइनलमा प्रवेश गर्ने धुनमा हुनेछन्। पछिल्लो पटक यी दुई टोलीको भेट […]

June 22, 2017

जर्मनीको सहज जित

एजेन्सी – युरो यू२१ च्याम्पियनसिप अन्तर्गत बुधबार राती भएको खेलमा जर्मनीले डेनमार्कलाई ३-०ले पराजित गरेको छ। निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। तर दोश्रो हाफको ५३औं मिनेटमा डेविड सेल्केले गोल गर्दै जर्मनीलाई अग्रता दिलाए। त्यसपछि ७३औं मिनेटमा म्याक्स मायरको पासमा केम्प्फले गोल गरेपछि जर्मनीको अग्रता दोब्बर भएको थियो। नदिम अमीरीले ७९औं मिनेटमा […]

June 22, 2017

चेकसँग इटालीको हार

एजेन्सी – यू-२१ युरो च्याम्पियनसिप अन्तर्गत बुधबार राती भएको समूह ‘सी’को खेलमा चेक गणतन्त्रले इटालीलाई ३-१ले पराजित गरेको छ। तुलनात्मक रुपमा खेलमा केहि बलियो पकड बनाएपनि अवसरहरुको सदुपयोग गर्न नसक्दा इटालीले समूह चरणमा हार व्यहोर्नुपरेको हो। खेलको २३औं मिनेटमा माइकल ट्राभ्निकले गोल गर्दै चेकलाई अग्रता दिलाएका थिए। तर, दोश्रो हाफको ७०औं मिनेटमा डोमेनिको बेरार्डीले गोल […]

June 22, 2017

जितसँगै मेक्सिको शीर्षस्थानमा

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत बुधबार भएको समूह ‘ए’को खेलमा मेक्सिकोले न्युजिल्याण्डलाई २-१ले पराजित गरेको छ। १ गोलले पछि परेको स्थितिलाई उल्टाउँदै मेक्सिकोले प्रतियोगितामा पहिलो जित हात पारेको हो। खेलको ४२औं मिनेटमा कप्तान क्रिस वुडको गोलसँगै न्युजिल्याण्डले खेलमा अग्रता बनाएको थियो। खेलमा केहि राम्रो देखिएको मेक्सिको पहिलो हाफको अन्त्यमा एक गोलले पछाडी रहेको थियो। […]

messi

June 21, 2017

सुआरेजले मेस्सीलाई सिटी जानबाट रोके

स्पेन (एजेन्सी)– बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले अघिल्लो सिजन बार्सिलोना समक्ष म्यानचेस्टर सिटी जाने प्रस्ताव राखेको खुलासा भएको छ । मुन्डो डिपोर्टिभोले सार्वजनिक गरेको रिपोर्ट अनुसार मेस्सीले गत सिजन बार्सिलोना छाड्ने मनसाय बनाएका थिए । मेस्सीले गत सिजन बार्सिलोना छाडेर आफ्ना पूर्व प्रशिक्षक पेप ग्वार्डिओलासँग सिटीमा खेल्ने इच्छा क्लब समक्ष राखेपनि उनको निर्णय बदल्न बार्सिलोना सफल […]

June 21, 2017

रोनाल्डोको गोलमा पोर्चुगलको पहिलो जित

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत समूह ‘ए’को दोश्रो खेलमा पोर्चुगलले रसियालाई १-०ले पराजित गरेको छ। खेलको पहिलो हाफको नवौं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले हेडरमार्फत गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए। पहिलो हाफमा थप केहि मौका सिर्जना गरेपनि पोर्चुगलले अग्रता बढाउन सकेन। दोश्रो हाफमा केहि सुधारिएको प्रदर्शन गरेको रसियाले गोल भने गर्न सकेन। फरवार्ड स्मोलोभले […]

June 21, 2017

एसियाली इन्डोर गेम्सका लागि कुराँस खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद)– पाँचौं एसियाली इन्डोर गेम्सका लागि नेपाल कुराँस संघले ४ खेलाडी बुधबार छनोट गरेको छ । सेप्टेम्बरमा तुर्किमिनिस्तानको असगाबातमा हुने गेम्समा १ पुरुष र ३ महिला कुराँस खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषको ९० केजीमा दीपक छन्त्याल तथा महिलाको ७८ केजीमा अस्मिला छन्त्याल, ७३ केजीमा जयन्ती श्रेष्ठ र ४८ केजीमा प्रीति शर्माले प्रतिस्पर्धा गर्ने […]

June 21, 2017

माल्डिनीले व्यवसायिक टेनिस प्रतियोगिता खेल्ने

एजेन्सी – एसी मिलान एवं इटालीको राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी पाओलो माल्डिनी एटिपी च्यालेन्ज टुर अन्तर्गतको व्यवसायिक टेनिस प्रतियोगिताको लागि छनोट भएका छन्। ४८ वर्षीय माल्डिनी एस्प्रिया टेनिस कपको डबल्समा सहभागिता जनाउँदे छन्। राष्ट्रिय फुटबल टोलीका लागि १ सय २६ क्याप जितेका माल्डिनीले छनोट प्रतियोगितामा आफ्नो पार्टनर स्टेफानो ल्यान्डोनियोसँग राम्रो प्रदर्शन गरेका थिए। कुनै […]

Success

Thank you for your time.