default_image

ताजा समाचारहरु

Denis

June 24, 2017

बार्सिलोनाका डेनिस स्वारेजको गोलमा स्पेन यू-२१ विजयी

पोल्याण्ड (एजेन्सी) – पोल्याण्डमा जारी युरोपेली यू २१ च्याम्पियनसिप अन्तर्गतको समुह चरणको खेलमा स्पेनले सर्बियालाई १-०ले पराजित गरेको छ। लगातार तेस्रो जीत सँगै स्पेन समुह बिजेता हुदै सेमिफाइनल प्रवेश गरेको छ । स्पेनको जीतमा बार्सिलोनाका मिडफिल्डर डेनिस स्वारेजले खेलको निर्णायक गोल गरेका थिए । एक खेल अघि नै सेमिफाइनलमा स्थान पक्का गरेको स्पेनले सुरुवात देखि […]

ronaldinho and messi

June 24, 2017

मेस्सीको ३० औं जन्मदिन र उनका ३० तथ्य

काठमाडौं (हाम्रो खेलकुद)- अर्जेन्टिना र बार्सिलोनाका सुपरस्टार लियोन मेस्सी शनिबार ३० बर्ष पुग्दै छन् । उनको जन्मदिनको अवसर पारेर उनका ३० रोचक तथ्य हामीले तयार पारेका छौ । १. अंक ३० – मेस्सी ३० बर्ष पुग्दा उनको बार्सिलोनाको पहिलो खेलको स्मरण गर्दा ३० अंक निकै महत्वपूर्ण छ । उनले पहिलो खेलमा ३० नम्बर अंकित जर्सी […]

June 24, 2017

साउदी अरबमा हुने फुटबलमा ३० नेपाली क्लबले प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– साउदी अरबमा रहेका नेपालीहरुले स्थापना गरेका दुई क्लबको संयुक्त आयोजनामा हुने न्यू अन्नपूर्ण एवंमु नेपाली ब्वाइज गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा नेपाली समुदायका ३० टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । न्यू अन्नपूर्ण स्पोर्टस् क्लब र नेपाली ब्वाइज युथ क्लबको संयुक्त आयोजनामा हुने प्रतियोगिता आइतबारदेखि तीन दिन बिहान ८ बजेदेखि राती ११ सम्म […]

June 23, 2017

को हुन् अष्ट्रेलियन क्लबमा आबद्ध हुने विवेक ?

सुबास हुमागाईं काठमाडौँ  – अष्ट्रेलियाको न्यु साउथ वेल्स स्टेटको नेसनल प्रिमियर लिगको पार्रामात्ता क्लबमा अनुबन्धित भएका २२ वर्षीय विवेक प्रताप पन्त सेन्टर डिफेन्डर हुन्। २०६९ सालको ‘ए’ डिभिजन लिगमा भक्तपुरे क्लब मध्यपुर युथ एसेसिएसनले पहिलो पटक शीर्ष श्रेणीको लिग खेल्दा विवेक टोलीका महत्त्वपूर्ण खेलाडी थिए। अघिल्लो सिजनमा मध्यपुर ‘बी’ डिभिजन लिगबाट बढुवा हुँदा विवेकको प्रदर्शन […]

June 23, 2017

भरत र राजु अमेरिकाका लागि उडे

 काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका फरवार्ड भरत खवास र पूर्व मिडफिल्डर राजु तामाङ आज अमेरिका प्रस्थान गरेका छन् । उनीहरु कतार एअरलाइन्सको ९:४५को उडानमा त्यस तर्फ प्रस्थान गरेका हुन्।   नेपाल अमेरिका कन्भेन्सन फुटबल प्रतियोगितामा भाग लिन उनीहरु त्यसतर्फ गएका हुन् । प्रतियोगिताको पछिल्लो चरणको खेलहरुमा भरत र राजुले सहभागिता जनाउने छन्। कन्भेन्सका अध्यक्ष विश्व […]

June 23, 2017

कौस्तुभलाई एइसी सुपर कप उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – कौस्तुभ कलेज एइसी सुपर कप इन्डोर क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ।  कोटेश्वरस्थित अल्टिमेट इन्डोर क्रिकेट खेल मैदानमा शुक्रबार भएको फाइनलमा कौस्तुभ कलेजले चितवन टाइगर्सलाई १ सय रनले पराजित गर्दै च्याम्पियन बनेको हो। चितवन टाइगर्सले दिएको ६८ रनको लक्ष्य पछ्याएको कौस्तुभ कलेजले निर्धारित १८ ओभरमा १ सय ६७ रन बनाएपछि कौस्तुपले ६७ […]

June 23, 2017

नेपाल स्टोर्मको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – एसियन क्लब प्रिमियर लिग (एसीपीएल) क्रिकेट प्रतियोगितामा नेपाल स्ट्रोमले लगातार दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित टियु मैदानमा शुक्रबार भएको खेलमा नेपाल स्ट्रोमले श्रीलंकन लायन्समाथि एक विकेटको जित हात पार्यो । लायन्सले टस जितेर पहिले ब्याटिङ गदै निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४८ रन बनायो । लायन्सका […]

June 23, 2017

ज्ञानेन्द्रको पहिलो कमाई १६ सय : खेलाडीसँग १२-२७ कुरा

काठमाडौं (हाम्रो खेलकुद)– ज्ञानेन्द्र मल्ल नेपाली क्रिकेटका समर्थकका लागि नयाँ नाम होइन। नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित उपकप्तान तथा आवश्यक पर्दा कप्तानी समेत गर्दै आएका ज्ञानेन्द्र टोलीका भरपर्दा ब्याट्सम्यान हुन्। २६ बर्षे ज्ञानेन्द्रले नेपालका सबै खाले उमेर समूहको टोलीबाट देशको प्रतिनिधित्व गरिसकेका छन्। घरेलु क्रिकेटमा सशस्त्र प्रहरी बलको एपीएफ टोलीबाट खेल्दै आएका ज्ञानेन्द्रले आफ्नै लगानीमा […]

Sanchez

June 23, 2017

चिलीका स्यान्चेजको नाममा नयाँ कीर्तिमान

रुस (एजेन्सी)– रुसमा जारी कन्फेडेरेसन कपमा जर्मनीसँगको बराबरीमा गोल गरेका एलेक्सिस स्यान्चेज चिलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । गए राती चिलीले जर्मनीसँग समूह चरणको खेलमा १–१ को बराबरी खेल्दा स्यान्चेचले नै पहिलो गोल गरेका थिए । उनले सातौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । राष्ट्रिय टोलीबाट त्यो उनको ३८ औं गोल […]

default_image

June 23, 2017

श्रीलंकामा लक्ष्मीलाई माउन्टेन बाइक रेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी लक्ष्मी मगरले श्रीलंकामा माउन्टेन बाइक स्टेज रेसको महिलातर्फको उपाधि जितेकी छिन् । दी याक एट्या फिल इभान्सको आयोजना तथा श्रीलंका एयरलायन्सको प्रायोजनमा भएको श्रीलंका होलिडेज रम्बल इन द जंगल २०१७ मा लक्ष्मी पहिलो भएकी हुन् । २ सय ७२ किलोमिटरको ४ दिने रेस २० घन्टा २० मिनट १८ सेकेन्डमा पुरा […]

Success

Thank you for your time.