default_image

ताजा समाचारहरु

June 24, 2017

किन क्रिकेट फुटबल जति लोकप्रिय हुन सकेन?

रोहित सुनार (पाठक प्रतिक्रिया) नेपाली खेलकुदमा समय समयमा फुटबल र क्रिकेटको तुलना हुने गर्दछ । यी दुई खेलमा कुन खेल लोकप्रिय र ठुलो छ आ आफ्नै तर्क पनि छन् । तर, जति बहस भएपनि, विश्व खेलकुद जगतमा फुटबल नै ठूलो र लोकप्रिय छ । फुटबल आज विश्वभरका सबै देशहरुमा खेलिन्छ र विश्व फुटबल महासंघ (फिफा) […]

June 24, 2017

सेनाका संरक्षक र अभिलाषा जुनियर लन टेनिस च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली सेनाका संरक्षण भूषण बज्राचार्य र अभिलाषा विष्टले चौथो नेपाल जुनियर ओपन लन टेनिस च्याम्पियनसिप यू १८ को उपाधि जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको शनिबार भएको यू १८ ब्वाइज सिंगल्सको फाइनलमा संरक्षणले प्रणब खनाललाई ७–६, ७–५ को सेटमा हराउँदै उपाधि जिते । त्यस्तै सोही समूहको गल्र्स सिंगल्सको फाइनलमा अभिलाषाले बिजिशा […]

June 24, 2017

सहारा एकेडेमीका खेलाडीलाई सफलको जर्सी सहयोग

पोखरा (हाम्रो खेलकुद)– पोखराको सहारा क्लबको सहारा एकेडेमीमा रहेका बालकका लागि सफल गुरुङले शनिबार २८ टे«निङ जर्सी सेट प्रदान गरेका छन् । सफल सहारा युकेका पूर्व अध्यक्ष दीलिप गुरुङका छोरा हुन् ।   सफललाई क्लबका अध्यक्ष वीरभद्र आचार्य एकेडेमीका अध्यक्ष समेत रहेका क्लबका निर्वतमान अध्यक्ष विक्रम थकाली र अन्य पदाधिकारीले एकेडमीमा स्वागत गरेका थिए । […]

June 24, 2017

महिला विश्वकप क्रिकेट आज सुरु हुँदै

लण्डन (एजेन्सी)–अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आयोजनामा आजदेखि महिला विश्व कप इङ्ल्यान्ड र वेल्समा सुरु हुने भएको छ । प्रतियोगितामा भारत, वेस्ट इन्डिज, पाकिस्तान, न्युीिल्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, इङल्याण्ड र श्रीलंका सहभागी छन् ।  प्रतियोगिताको उद्घाटन खेलमा ब्रिस्टोलस्थित मैदानमा न्युजिल्याण्डले श्रीलंकाको सामना गर्दा डर्बीस्थित मैदानमा भारतले इङ्गल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समयअनुसार ३ः१५ बजे […]

June 24, 2017

भारत र वेस्ट इन्डिजबीचको पहिलो खेल अनिर्णित

पोर्ट अफ स्पेन (एजेन्सी)– बर्षाका कारण भारत र वेस्ट इन्डिजबीचको पहिलो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट शुक्रबार अनिर्णित भएको छ । खेलमा टस जितेर वेस्ट इन्डिजले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको भारतले ३ विकेटको क्षतिमा ३९.३ ओभरमा १ सय ९९ रन जोड्दा बर्षाका कारण खेल रोकिएको थियो । बर्षाको कारण दुई पटक सम्म रोकिएको […]

June 24, 2017

यू२३ फुटबल टोलीमा खेलाडीको कमी

सुबास हुमागाईं काठमाडौँ  – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण असार ३१ गतेबाट युएईमा सुरु हुँदैछ। उक्त प्रतियोगिताको तयारीमा नेपाली टोली विगत एक सातायता प्रशिक्षणमा व्यस्त छ। एन्फाले ४० खेलाडीलाई प्रशिक्षणमा बोलाएको भनेपनि हाल प्रशिक्षणमा २८ खेलाडीमात्र सहभागी भएका छन्। प्रतियोगिता सुरु हुन केहि सातामात्र रहेको अवस्थामा प्रशिक्षणमा पर्याप्त खेलाडी नहुनाले टोलीको तयारीमा केहि असर पर्ने […]

June 24, 2017

नेपाली महिला फुटबल फिफा वरियतामा चार स्थान झर्यो

काठमाडौं (हाम्रो खेलकुद)– फिफा वरियतामा नेपाली राष्ट्रिय महिला टोली चार स्थान घटुवा भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले शुक्रबार जारी गरेको वरियतामा नेपाल ९९ औं स्थानमा रहेको छ । गत महिना नेपाल ९५ औं स्थानमा छ । गत महिना नेपाली टोली मलेसियासँग खेलेका दुई मैत्रीपूर्ण खेलमध्ये पहिलोमा १–१ को बराबरीमा रोकिएको थियो भने […]

June 24, 2017

दक्षिण अफ्रीका ३ रनले विजयी

एजेन्सी – इङ्गल्याण्ड र दक्षिण अफ्रीकाबीच जारि टि२० शृंखलाको दोश्रो खेलमा पाहुना टोली दक्षिण अफ्रीकाले ३ रनको जित हासिल गरेको छ। जितसँगै ३ खेलको शृंखला १-१को बराबरी भएको छ। पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रीकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७४ रन जोडेको थियो। कप्तान एबी डे भिलियर्सले २० बलमा ४ चौका र […]

June 24, 2017

पोर्चुगल यू२१ समूह चरणबाट बाहिरियो

एजेन्सी – युरोपेली यू-२१ च्याम्पियनसिप अन्तर्गत शुक्रबार रातीको खेलमा म्यासेडोनियालाई ४-२ले पराजित गर्दै पोर्चुगल समूहको उपविजेता बनेको छ। ३ खेलमा २ जित सहित ६ अंक जोडेपनि पोर्चुगल सेमिफाइनलमा स्थान बनाउन असफल रह्यो। पोर्चुगलका लागी ब्रुमाले दुइ गोल गरे भने एडगर ई र ड्यानियल पोडेन्सले पनि गोल गरे। म्यासेडोनियाका एनिस बार्धि र काइर मार्कोसीले गोल गरेका […]

June 24, 2017

किरणको टोली पराजित

काठमाडौँ (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङको क्लब ट्रस्ट एन्ड केयर (टिसी) फुटबल क्लबले माल्दिभ्सको धिवेही प्रिमियर लिग अन्तर्गत शुक्रबार रातीको खेलमा न्यु रेडीयन्टसँग ४-३को हार व्येहोरेको छ। आलु फसिरले २०औं मिनेटमा गोल गर्दै रेडीयन्टलाई अग्रता दिलाएका थिए भने हमजा मोहमदले ३४औं मिनेटमा अग्रता दोब्बर पारेका थिए। तर नाइज हुसेनले गोल गर्दै खेलमा […]

Success

Thank you for your time.