default_image

ताजा समाचारहरु

June 28, 2017

पोर्चुगल र चिली सेमिफाइनलमा भिड्दै

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनल खेलमा पोर्चुगल र चिली आमनेसामने हुँदैछन्। फाइनल प्रवेशका निम्ति खेलअघि दुवै टोलीका खेलाडी एवं प्रशिक्षकले आफ्नो टोली फाइनल पुग्ने दावा गरेका छन्। युरोपेली च्याम्पियन पोर्चुगल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने कोपा अमेरिकाको उपाधि जितेको चिली समुह ‘बी’को उपविजेताको रुपमा दोश्रो चरणमा […]

malinga

June 28, 2017

श्रीलंकाका फास्ट बलर मालिंगा निलम्बित

कोलोम्बो (एजेन्सी) – श्रीलंका क्रिकेट बोर्डसँगको सम्झौताको सर्तहरू उल्लंघन गरेको स्वीकारेपछि फास्ट बलर लासिथ मालिंगालाई बोर्डले ६ महिना निलम्बन गर्नुका साथै उनको आउदो खेलको खेल शुल्कको ५० प्रतिशत जरिवाना तोकेको छ । जिम्बाब्वेसँगको खेलका लागि १३ सदस्यको टोलीमा परेका मालिंगालाई श्रीलंका क्रिकेट बोर्डले जिम्बाब्वेसँगको खेलमा भने खेल्न दिने भएको छ । जिम्बाब्वेसँगको सिरिज पछि मात्र उनिमाथिको […]

vivo

June 28, 2017

भिभो २०२२ सम्म आइपिएलको मुख्य प्रायोजक

मुम्बई(एजेन्सी) – अघिल्लो सम्झौता भन्दा ४ गुणा बढी रकममा बोली जित्दै चाइनिज मोबाइल ब्राण्ड कम्पनी भिभोले सन् २०२२ सम्मको आइपिएलमा आफ्नो नाम जोड्ने भएको छ। सन् २०१२मा पेप्सीले ५ बर्षे सम्झौता गरेपनि २ बर्ष बित्दै तोडेपछि भिभोदुइ वर्षकालागि आइपिएलसँग जोडिएको थियो। करिब १०० करोड भारतीय रुपैया प्रति वर्षको सम्झौतालाई चार गुणा भन्दा धेरै बढाउदै भिभोले […]

bimal

June 27, 2017

यू२३ टोलीको कप्तानमा बिमलको सम्भावना बलियो

काठमाडौँ (हाम्रो खेलकुद) – असार महिनाको अन्तिम साताबाट सुरु हुने एएफसी यू २३ च्याम्पियनसिपका लागि नेपाली टोलीको कप्तानी राष्ट्रिय टोलीको फरवार्ड बिमल घर्ति मगरले सम्हाल्ने प्रबल सम्भावना रहेको छ। संयुक्त अरब इमिरेट्स (युएइ)मा आयोजना हुने यू २३ को छनोट चरणका लागि युवा टोलीले पछिल्लो सातादेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षणमा गर्दै आएको छ। राजु काजी शाक्यको […]

June 27, 2017

बार्सिलोनाद्वारा आर्सनलका बेल्लेरिनलाई भित्र्याउने प्रयास

एजेन्सी – बार्सिलोनाले आर्सनलका राइट ब्याक हेक्टर बेल्लेरिनलाई आफ्नो क्लबमा भित्र्याउन अन्तिम प्रयास गर्ने भएको छ। बार्सिलोनाबाटै केहि वर्षअघि आर्सनल पुगेका बेल्लेरिन हाल स्पेनको टोलीसँग युरोपेली यू२१ च्याम्पियनसिपमा व्यस्त छन्। बेल्लेरिन आफैंले पनि बार्सिलोना फर्कन चाहेको स्वीकार्दै आएका छन्। तर दुइ क्लबबीच सम्झौता नमिलेसम्म बेल्लेरिन आर्सनलबाटै खेल्नुपर्ने छ। उनले आर्सनलसँग सन् २०२३ सम्मको सम्झौता गरिसकेका […]

June 27, 2017

साउदीमा न्यू अन्नपूर्ण र रियाद सेमिफाइनलमा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)– न्यू अन्नपूर्ण, रियाद रेड एफसी, नेपाली ब्वाइज एफसी र युनाइटेड नेपाल एफसी साउदी अरबमा नेपाली समूदायबीच जारी नकआउट फुटबलको सेमिफाइनलमा पुगेका छन् । क्वार्टरफाइनलमा न्यू अन्नपूर्णले फ्रेन्ड्सिप एफसीलाई ४–०, युनाइनेड नेपालले पान्डा एफसीलाई पेनाल्टी सुटआउटमा ५–२ ले, रियालले लालिगुराँस एफसीलाई १ –० ले र नेपाली ब्वाइजले आदर्श एफसीलाई १ –० ले हराएको […]

June 27, 2017

प्रो बन्ने सपना

काठमाडौँ (हाम्रो खेलकुद) – सामान्यतया गल्फलाई धनीहरुले खेल्ने खेलको रुपमा लिने गरिन्छ । तर, नेपाली गल्फमा भने यो ठ्याक्कै उल्टो भएको छ । यस्तो उल्टो बनाउने काम निम्न मध्यम वर्गीय प्रतिमा शेर्पाले गरेकी छन् । यसैसाता विशेष प्रशिक्षणका साथै केहि प्रतियोगिता खेल्न अमेरिका उड्न लागेकी १८ वर्षिया प्रतिमाले नेपाली गल्फको इतिहासमा आफ्नो छुट्टै पहिचान पहिचान […]

June 27, 2017

गल्फ प्रशिक्षणका लागि प्रतिमा अमेरिका जाने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला नम्वर एक गल्फर प्रतिमा शेर्पा गलफको थप प्रशिक्षणका लागि अमेरिका प्रस्थान गर्ने भएका छन् । शेर्पा नेपाल गल्फ संघको सहयोगमा कतार एयरवेजको आउने जाने टिकटको सहयोगमा असार १८ गते अमेरिका जाने भएका हुन् । उनीसँगै प्रशिक्षक सचिन भट्टराई पनि अमेरिका प्रस्थान गर्नेछन् । कतार एयरवेजका कन्ट्री म्यानेजर जयप्रकाश नायरले […]

June 27, 2017

नेपालले १३ औं साग आयोजकबाट नाम फिर्ता लिनुपर्दछ !

फेयर-प्ले प्रकाश तिमल्सिना काठमाडौं – सरकार र नेपाल ओलम्पिक कमिटी (एनओसी) साच्चै खेलाडीका विषयमा चिन्तित छन् भने १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको जिम्मेवारीबाट नाम फिर्ता लिन अब ढिला गर्नु हुँदैन । २ वटा प्रष्ट कारणले गर्दा नेपालले १३ औं साग आयोजनाको जिम्मेवारीबाट मुक्त हुन उपयुक्त देखिन्छ । पहिलो आयोजनाको जिम्मेवारी पाएको डेढ बर्ष […]

June 27, 2017

‘रोनाल्डो स्ट्राइकरका रुपमा खेल्न रुचाउदैनन्’

एजेन्सी – पोर्चुगलको राष्ट्रिय फुटबल टोलीका कप्तान एवं स्पेनी क्लब रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो हाल आफ्नो राष्ट्रको लागि फिफा कन्फेडेरेसन कप खेलिरहेका छन्। जारी प्रतियोगिताको समूह चरणका तिन खेलमा रोनाल्डोले २ गोल र एक असिस्टको योगदान दिएका छन्। ३२ वर्षीय फरवार्ड रोनाल्डो सन् २००९मा म्यानचेस्टर युनाइटेड छाडेर रियल म्याड्रिड पुगेका थिए। त्यसअघि सन् […]

Success

Thank you for your time.