August 23, 2017
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले लिभरपुलका मिडफिल्डर फिलिपे कौटिन्होलाई क्लबमा भित्राउन चौथो प्रयास गर्ने भएको छ । लिभरपुलले बार्सिलोनाको अघिल्लो तीन प्रस्ताव अस्वीकार गरि सकेको छ । स्काई स्पोट्र्सका अनुसार बार्सिलोनाले चौथो प्रस्तावमा कौटिन्होलाई भित्राउन १ सय ३८ मिलियन पाउण्ड तिर्न तयार रहनेछ । बार्सिलोनाले लिभरपुललाई १ सय १ मिलियन पाउण्ड सुरुमा तिरेर ३७ मिलियन भने […]
August 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– फुटबलमा नेपालका लागि दक्षिण एसियाली राष्ट्रमध्ये भारत सबैभन्दा बलियो प्रतिद्वन्द्वि रहँदै आएको छ । नेपाली राष्ट्रिय टोलीले भारतीय टोलीलाई पटक पटक हराएपनि उमेर त्यो सफलता प्राप्त गर्न सकिएको छैन । यसअघि यू १६ उमेर समूहमा हुने साफ फुटबल च्याम्पियनसिप यसपटक यू १५ समूहमा खेलाइएको छ । यू १६ अघिल्ला तीनै संस्करणमा नेपाल […]
August 22, 2017
बार्सिलोना (एजेन्सी)– सम्झौता उलंघन गरेको भन्दै स्पेनिस क्लब बार्सिलोनाले क्लबका पूर्व खेलाडी नेयमार विरुद्ध कानुनी उपचार खोज्ने भएको छ । बार्सिलोनासँगको सम्झौता नविकरण गर्ने क्रममा गरेको बाचा नेयमारले पुरा नगरेको भन्दै बार्सिलोनाले मंगलबार स्पेनिस फुटबल संघमा उजुरी दायर गरेको छ । ‘बार्सिलोनाले फ्रेन्च फुटबल फेडेरेसन र फिफाको समेत ध्यानाकर्षण गराउँदै सम्झौता विपरित गएकोमा नेयमार विरुद्ध […]
August 22, 2017
ललितपुर (हाम्रो खेलकुद)– राजधानीमा जारी साफ यू –१५ फुटबल च्याम्पियनसिपमा बंगलादेशसँग समूह चरणको खेलमा पराजित हुदै समूह उपविजेतामा चित्त बुझाएको भुटान राष्ट्रिय टोलीका जापानी प्रशिक्षक सोगंजान लीले सेमिफाइनलमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्ने इच्छा व्यक्त गरेका छन् । समूह ‘ए’ मा मंगलबार बंगलादेशसँगको अन्तिम खेलपछि पोस्ट म्याच कन्फ्रेन्समा प्रशिक्षक लीले घरेलु टोलीसँग आफ्नो टोलीलाई राम्रो अनुभव […]
August 22, 2017
पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन(पिएसजी) का स्ट्राइकर नेयमारले बार्सिलोनाका बोर्ड सदस्यहरु प्रति असन्तुष्टी जनाएका छन् । विश्व कीर्तिमानी रकममा केही साताअघि बार्सिलोनाबाट पिएसजी पुगेका नेयमारले बार्सिलोनाका बोर्ड सदस्य क्लब सम्हाल्न लायक नरहेको बताएका छन् । ‘मलाई बार्सिलोनाका बोर्ड सदस्यलाई धेरै केहि भन्नु छैन , तर मा उनीहरु प्रति निराश छु ,’ नेयमारले असन्तुष्टी पोख्दै भने,‘क्लबमा […]
August 22, 2017
एन्टिगुवा (एजेन्सी)– वेस्ट इन्डिज क्रिकेट बोर्डसँगको असमझदारी हटेपछि ब्याटिङ अलराउन्डर क्रिस गेलको क्रिकेट टोलीमा पुनरागमन भएको छ । इङ्ल्यान्डसँग हुने एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलाका लागि उनी वेस्ट इन्डिज टोलीमा समेटिएका हुन् । सन् २०१५ को मार्च यता गेलले वेस्ट इन्डिजबाट एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन् । मार्लोन सामुयल्सपछि इङ्ल्यान्डसँगको श्रृखंलाका लागि टोलीमा परेका छन् । […]
August 22, 2017
ललितपुर – बंगलादेश राजधानीमा जारी साफ यू १५ फुटबल च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ को समूह विजेता बनेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रहेको क्रृतिम मैदानमा भुटानलाई ३–० ले हराउँदै बंगलादेश समूह विजेता बनेको हो । तस्बिर : बिबेक सुबेदी / हाम्रो खेलकुद
August 22, 2017
प्रकाश तिमल्सिना काठमाडौं – युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी (राजन) ले उपाध्यक्ष लामा टेन्डी शेर्पालाई खेलकुद सम्बन्धी कुनै काम नलगाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्देशन दिएका छन् । टेन्डीविरुद्ध झन्डै तीन बर्ष अघि देखिनै फौजदारी मुद्दा चलिरहेका कारण भन्सार कार्यालयबाट प्राप्त पत्रका आधारमा राखेपका अध्यक्ष समेत रहेका मन्त्रीले मंगलबार यस्तो निर्देशन दिएका हुन् […]
August 22, 2017
पोखरा (हाम्रो खेलकु्द)– खेल दौरान अत्याधिक वर्षा भएपछि पश्चिमाञ्चल र नेपाल एपिएफ क्लबबीचको समूह चरणको स्थगित भएको छ । लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी स्कुलको खेल मैदानमा मंगलबार एपिएफले १४–४ को अग्रता लिइरहेको अवस्थामा भारी वर्षा भएपछि खेल स्थगित हुन पुगेको थियो । त्यसपछि वर्षा नरोकिएपछि खेल पुन सुचारु हुन सकेन । मंगलबार स्थगित भएको खेल बुधबार बिहान […]
August 22, 2017
पोखरा (हाम्रो खेलकुद)– खेल्नुअघि नै चार पटकको च्याम्पियन काठमाडौंको शिवम् न्यू डायमण्ड एकेडेमी र विभागीय नेपाल पुलिस क्लब पोखराको लामाचौरमा मंगलबार सुरु भएको रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका थिए । समूहमा यी दुई टोली रहेकाले उद्घाटन खेल मात्र समूह ‘ए’ को विजेताको छिनोफानोका लागि मात्र थियो । जसमा न्यू डायमण्डले पुलिसमाथि ३–० को […]