default_image

ताजा समाचारहरु

July 9, 2017

जुडो टोली किर्गिस्तान प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका तीन खेलाडी किर्गिस्तानमा यसै साता आयोजना हुने ११ औं एसियाली क्याडेट तथा १८ औं एसियाली जुनियर जुडो च्याम्पियनसिपमा सहभागिता हुने भएका छन् । किर्गिस्तानको राजधानी बिस्केकमा हुने च्याम्पियनसिपमा तीनै नेपाली खेलाडीले जुनियरतर्फ प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा महिलामा मनिता श्रेष्ठ प्रधान र पुरुषतर्फ इन्द्रबहादुर श्रेष्ठ र किरण गदेलले नेपालको प्रतिनिधित्व गर्नेछन् […]

July 9, 2017

अष्ट्रेलियन नयाँ क्लबमा जगजितको पहिलो गोल

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठले नयाँ क्लब नुवावडिङ सिटी एफसीका लागि पहिलो गोल गरेका छन् । नुवावडिङले एनपिएलमा आइतबार बालाराट सिटी एफसीलाई ३–१ ले हराएको थियो । ६९ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका जगतिजले अन्तिम मिनेटमा टोलीका लागि गोल गरेका थिए । नयाँ क्लबका लागि पाँचौं खेलमा त्यो पहिलो गोल […]

July 9, 2017

मैत्रीपूर्ण खेलका लागि बंगलादेशी टोली आउँदै

काठमाडौँ (हाम्रो खेलकुद) – नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको युवा टोली आज राजधानी आइपुग्दैछ । एएफसी यु २३ च्याम्पियनसिपको छनोट चरणको तयारीमा रहेका नेपाल र बंगलादेशले मंगलबार सातदोबाटोस्थित मैदानमा मैत्रीपूर्ण खेल हुनेछ । बंगलादेशको टोली दिउँसो १२ः३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने एन्फाले जनाएको छ । संयुक्त अरब इमिरेट्समा (युएई) हुने यु २३ च्याम्पियनसिप छनोटको […]

July 9, 2017

रंगशालामा राष्ट्रिय खेलाडीले मनाए गुरु पूर्णिमा [फोटोफिचर]

काठमाडौँ (हाम्रो खेलकुद) – गुरु पूर्णिमाको अवसरमा राष्ट्रिय टोलीमा प्रशिक्षण गरिरहेका विभिन्न खेलका खेलाडीले आज दशरथ रंगशालामा आफ्नो गुरुहरु प्रति श्रद्धा व्यक्त गरे। एथलेटिक्स, जुडो, बक्सिङ, उसु, तेक्वान्दो, कराते लगायतका खेलाडीले प्रशिक्षण स्थलमै छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका थिए। हेर्नुहोस् खेलाडीहरुले कसरी गुरु पूर्णिमा मनाए:

July 9, 2017

अनाथहरुलाई बार्सिलोना फ्यान क्लब चितवनको सहयोग

चितवन (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब चितवनले अनाथ बालबालिकालाई फुटबल, भलिबलसहित लत्ताकपडा र फलफूल वितरण गरेको छ । पुलिस पब्लिक क्याम्पेन फर स्ट्रिट चिल्डे«न संस्थामा रहेका ६ देखि १४ बर्षसम्मका अनाथ बालबालिकाको क्षमता अभिबृद्धि तथा प्रोत्साहनका लागि पनि कार्यक्रम सञ्चालन गरिएको थियो । अनाथलयमा ४० जना बालबालिका रहेका छन् । आगामी दिन मा पनि […]

Ronaldinho

July 9, 2017

पाकिस्तानमा रोनाल्डिन्होको टोली विजयी

कराची (एजेन्सी) –पाकिस्तानको कराचीमा भएको ‘सेभेन ए साइड’ फुटबलमा ब्राजिलियन फुटबलर रोनाल्डिन्हो , म्यानचेस्टर युनाइटेडका पूर्व मिडफिल्डर रायन गिग्स , फ्रान्सका निकोलस एनेल्का गरी सात फुटबलका स्टारहरु बीच खेल सम्पन्न भयो। दुइ खेल खेल्न शनिबार पाकिस्तान पुगेका खेलाडीहरुको टोलीमा रोनाल्डिन्हो र गिग्सले एक-एक टोलीको कप्तानी गरेका थिए । कराचीमा सम्पन्न पहिलो खेलमा रोनाल्डिन्होको टोलीले गिग्सको […]

July 9, 2017

चेल्सीको ध्यान बेलोट्टीतर्फ मोडियो

एजेन्सी – बेल्जियन स्ट्राइकर रोमेलु लुकाकु म्यानचेस्टर युनाइटेड जाने पक्का भएसँगै चेल्सीले आफ्नो ध्यान इटालियन स्ट्राइकर आन्द्रीए बेलोट्टीतर्फ मोडेको छ। गत सिजन राष्ट्रिय टोली र क्लब गरेर कुल ३२ गोल गरेका बेलोट्टी इटालियन क्लब टोरीनोबाट खेल्दै आएका छन्। प्रशिक्षक एन्टोनियो कन्टेको नजरमा लुकाकु पहिलो रोजाई भएपनि उनलाई भित्र्याउन नसकेपछि चेल्सीले अन्य स्ट्राइकर खोजेको हो। प्रशिक्षक […]

July 9, 2017

बार्सिलोनालाई नकार्दै सेबालोसले रियल रोजे

एजेन्सी – स्पेन यू२१ राष्ट्रिय टोलीका मिडफिल्डर ड्यानी सेबालोस रियल म्याड्रिडमा अनुबन्धित हुने पक्का भएको छ। बार्सिलोना र रियल म्याड्रिड दुवैले उनलाई भित्र्याउन खोजेपनि बोटिसले खेलाडीको अनुरोधमा रियलको प्रस्ताबलाई स्विकारेको हो। २० वर्षीय मिडफिल्डर सेबालोस आफैंले रियल जाने इच्छा देखाएको र रियलले क्लबले राखेको मागभन्दा केहि बढि रकम दिएपछि उनि म्याड्रिड जाने पक्का भएको हो। […]

Nepal

July 8, 2017

भारतमा युवा क्रिकेट टोली तेस्रो खेल खेल्दै

काठमाडौँ (हाम्रो खेलकुद)– आइसीसी यू १९ विश्व कप छनोटको तयारीका क्रममा विशेष प्रशिक्षण र केही अभ्यास खेलको लागि भारतको नोयडा पुगेको नेपाली युवा टोलीले आइतबार तेस्रो सम्भास खेल खेल्दैछ । ग्रेटर नोयडा स्थित सहिद विजय पाथिक स्पोट्र्स कम्प्लेक्समा नेपाली टोलीले ग्रेटर नोयडाको आर पि सिंह किकेट एकेडेमीको सामना गर्ने छ । नेपाली युवा टोलीले अघिल्ला […]

July 8, 2017

इन्डोनेसियामा रोहितको टोलीको अर्को बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दको टोली पर्सिजा जाकर्ताले इन्डोनेसिया लिगा १ मा अर्को बराबरी खेलेको छ । घरेलु मैदानमा शनिबार पर्सिजाले प्रेसिपुरासँग १–१ को बराबरी खेलेको थियो । यहि साता ग्रिसिक युनाइटेडसँग पनि पर्सिजाले १–१ को बराबरी खेलेको थियो । आज ५० औं मिनेटमा ग्रिसिकका खेलाडीले गोल गरेपछि पर्सिजा खेलमा पछाडि […]

Success

Thank you for your time.