August 31, 2017
काठमाडौं(हाम्रो खेलकुद) – नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा गणेश बहादुर प्रानमाया चित्रकार स्मृति कप यु–१९ टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता काठमाडौंको टुडिखेलमा भदौ १६ गतेदेखि भदौं २४ गतेसम्म हुने आयोजकले बिहिबर पत्रकारसम्मेलन मार्फत जानकारी गरायो । यस्ता खालका प्रतियोगिताहरुले खेलाडीमा थप मनोल पुग्ने भएकाले पूर्व सभासद् तथा समाजसेवी रामकृष्ण चित्रकारको आफ्नो स्वर्गीय मातापिताको […]
August 31, 2017
कोलाम्बो (एजेन्सी)– दीर्घकालिन योजनाका लागि भारतीय टोली श्रीलंकाविरुद्धको चौथो एक दिवसिय क्रिकेटमा केही खेलाडीलाई मौका दिने सम्भावना छ । सन् २०१९ मा हुने विश्व कपलाइृ लक्षित गर्दै भारतले तयारी गरिरहेको छ । श्रीलंकाविरुद्धको पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलामा ३–० ले सहज अग्रता लिएको विराट कोहलीको भारतीय टोलीले आज हुने चौथो खेलमा टोली अन्य खेलाडीलाई […]
August 31, 2017
जर्मनी (एजेन्सी) – जर्मनीका मिडफिल्डर सामी खेडिराले चोटका रसिया विश्वकप छनोट अन्र्तगत चेकगणतन्त्रविरुद्धको शुक्रबार हुने खेल गुमाउने भएका छन् । प्रशिक्षण दौरान घुडामा चोट बोकेपछि ३० वर्षीय खेडिराले चेकविरुद्धको खेल गुमाउने भएका हुन् । समूह ‘सी’ मा रहेको जर्मनी अर्को खेलमा सोमबार नर्वेसँग छनोट खेल्ने छ । उक्त खेलमा खेडिरा फर्कने विश्वास गरिएको छ । समूह ‘सी’ मा जर्मनी शीर्षस्थानमा […]
August 31, 2017
न्युयोर्क(एजेन्सी) -रसियन टेनिस सुन्दरी मारिया सारापोभा युएस ओपन टेनिस प्रतियोगिताको तेस्रो चरणमा प्रवेश गरेकी छिन् । न्यूयोर्कस्थित फ्ससिङ मेडोजकोर्टमा भएको दोस्रो चरणको खेलमा मारिया सारापोभाले हंगेरीका टिमिया बाबोसलाई पराजित गर्दै तेस्रो चरणमा प्रवेश गरेकी हुन् । सारापोभा पहिलो सेटमा ७–६ ले पछि परेपनि त्यसपछिको लगातार दुई सेट ६–४ र ६–१ ले आफ्नो पक्षमा पार्दै तेस्रो […]
August 31, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी एसियन कप छनोटअन्तर्गत नेपाल अर्को प्रतिस्पर्धाको नजिक आइपुगेको छ । समूहका अन्य दुई टोलीको सामना गरिसकेको नेपालले अर्को साता ताजिकिस्तानको सामना गर्दैछ । हल चोकस्थित एपिएफको मैदानमा ताजकिस्तानका लागि प्रतिस्पर्धा हुन अब मात्र ५ दिन बाँकी छ । यी दुई टोलीबीच भदौं २० गते प्रतिस्पर्धा हुनेछ । ताजकिस्तानसँग भदौ २० मा […]
August 31, 2017
लस एन्जलस (एजेन्सी) – फर्ब्सले सार्वजनिक गर्ने विश्वको सबै भन्दा धेरै कमाउने खेलाडीको सूचीमा युएफसी च्याम्पियन कोनोर मेग्रेररले रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई पछि पार्ने अनुमान लगाइएको छ । ‘द मनी फाइट’ कहलिएको बक्सिङ खेलमा अमेरिकाका फ्लोइड मेवेदरसँग लडेपछि उनले ७७ मिलियन पाउण्डको हाराहारीमा कमाएको अनुमान लगाइएको छ । उक्त फाइट बाहेक आयरिस खेलाडीले प्रायोजन स्वरुप थप कमाई गर्नेछन । सूचीमा […]
August 31, 2017
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका कप्तान अनिल गुरुङले तराईमा बाढी पीडितका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई १ लाख ४० हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । अनिलले फाउन्डेसनका सिताराम कट्टेल धुर्मुसलाई रकम हस्तान्तरण गरेका थिए । अस्ट्रेलियामा नेपालीहरुको सक्रियतामा स्थापित माछापुच्छ्रे एफसीले संकलन गरेको रकम अनिलमार्फत फाउन्डेसनलाई पठाएको थियो । फाउन्डेसनले माछापुच्छ«े एफसी र अनिललाई […]
August 30, 2017
कराँची (एजेन्सी)– पाकिस्तानका ब्याट्सम्यान शर्जील खानलाई स्पट फिक्सिङको आरोपमा पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले ५ वर्ष प्रतिबन्ध लगाएको छ । पाकिस्तान सुपर लिगमा लामो समयदेखि अनुसन्धान गर्दै गरेको बोर्डले सर्जीललाई २ वर्ष ६ महिना कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने निर्देशन दिएको छ । त्यस्तै बाँकीको समय पिसीबिले उनीमाथि नजिकबाट निगरानी गर्नेछ । […]
August 30, 2017
बार्सिलोना (एजेन्सी) –बार्सिलोनाका नयाँ खेलाडी ओसुमाने डेम्बेलेको आगमनले नेयमारको ठाँउ पुरा गर्ने क्लबका रक्षक स्यामुएल उम्तिती विश्वास व्यक्त गरेका छन् । बार्सिलोना छाडेर केही साताअघि नेयमार पेरिस सेन्ट जर्मेन पुगेका थिए । फ्रान्स राष्ट्रिय फुटबल टोलीमा सहकर्मी उम्तिती डेम्बेलेको आगमन पछि उत्साहित देखिन्छन् । २० वर्षे डेम्बेले बोरुसिया डर्टमाउण्डबाट १ सय ५ मिलियन युरोमा अनुबन्धित […]
August 30, 2017
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका कोरियन फरवार्ड सियंग-वू ली स्पेनिस क्लब छाड्दै इटालियन सिरिया ए को क्लब हेलोस भेरोना पुगेका छन् । १९ वर्षे लीले बार्सिलोनाको पहिलो टोलीमा स्थान पाउने सम्भावना न्यून भएपछि उनले क्लब छाडेका हुन् । सन् २०११ देखि युवाअवस्थामा बार्सिलोनासँग आबद्ध कोरियन खेलाडी लिले कोरियाको यू १७ र यू २० टोलीबाट खेलेका छन् । […]