September 1, 2017
पोर्टाे ( एजेन्सी)- अर्काे वर्ष रसियामा आयोजना हुने विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल विजयी भएको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत भएको खेलमा पाँच पटकको विश्व विजेता ब्राजिलले इक्वेडरलाई २–० ले पराजित गरेको हो । ब्राजिलको जितमा पोउलिन्हो र फिलिपे कोउटिन्होले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । ब्राजिलको घरेलु मैदान पोर्टाे […]
September 1, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र ताजकिस्तानबीच चार दिन पछि हुने एएफसी एसियन कप छनोटको खेल हलचोकमा नभई सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको ‘एस्ट्रो टफ’ मा हुने भएको छ । नेपाल र ताजकिस्तानबीचको खेल भदौ २० गते हुनेछ । एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिताअन्तर्गत सिनियरतर्फको कुनै पनि खेल एन्फामा हुन लागेको यो पहिलो पटक हो । […]
September 1, 2017
पेरिस (एजेन्सी)– फ्रान्सले विश्व कप छनोटमा नेदरल्यान्ड्समाथि ४–० को जित हासिल गरेको छ । थोमस लेमारले आफ्नो दोस्रो अन्तर्राष्ट्रिय खेलमा २ गोल गर्दा एन्टोनी ग्रिजम्यान र केलियन बाप्पेले समान १ गोल गरे । उता नेदरल्यान्ड्सले भने दोस्रो हाफमा अधिकांश समय १० खेलाडीमा सिमित भएर खेल्नु परेको थियो । यो जितपछि फ्रान्स समूह ‘ए’ को शीर्षस्थानमा […]
September 1, 2017
पेरिस (एजेन्सी)– फ्रान्सेली फरवार्ड किलियन बाप्पेले ट्रान्सफरको विन्डोलो समय सिमा अघि मोनाकोबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग लोनमा आबद्ध भएका छन् । यसै सिजन नेयमारलाई विश्व कीर्तिमानी रकममा भित्राएको पिएसजीले बाप्पेलाई अर्को सिजन १ सय ६५ मिलियनमा युरोमा स्थायी स्थानान्तरण गर्ने अवसर पनि छ । ‘म क्लबको योजनामा अटाउन सकेकोमा आभारी छु । पिएसली यस […]
September 1, 2017
पोर्टो (एजेन्सी)– विश्व कप छनोट अन्तर्गत पोर्चुगलले फरोए आइल्याण्डलाई गए राती ५–१ ले हराउँदा रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका छन् । त्योसँगै रोनाल्डोले ब्राजिलियन महान खेलाडी पेलेको अन्तर्राष्ट्रिय गोलको कीर्तिमान तोडेका छन् । पोर्चुगललाई सुरुआती अग्रता दिलाउने क्रममा रोनाल्डोले खेलको तेस्रो मिनेटमा गोल गरेका थिए । २९ औं मिनेटमा पेनाल्टीमार्फत उनले अग्रता दोब्बर […]
August 31, 2017
मोन्टेभिडियो (एजेन्सी)– विश्व कप दक्षिण अमेरिका छनोट अन्तर्गत उरुग्वे र आर्जेन्टिना बीच प्रतिस्पर्धा हुँदैछ । १ अंकले मात्र फरक रहेका यी दुई टोलीबीचको खेल दुवै टोलीका लागि महत्वपूर्ण छ । छनोटको शीर्षस्थानमा रहेको ब्राजिलले छैटौं स्थानको इक्वेडरलाई निम्त्याउँदै छ । अहिले सम्म छनोटमा भएका खेलबाट उरुग्वे २३ अंक जोड्दै तेस्रो स्थानमा छ । अर्जेन्टिना २२ […]
August 31, 2017
कोलम्बो (एजेन्सी)– भारतीय क्रिकेट टोलीको जितको श्रृंखलालाई श्रीलंकाले चौथो खेलमा पनि रोक्न सकेन । पाँच दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटको चौथा खेलमा आज भारतले घरले टोली श्रीलंकालाई १ सय ६८ रनको भारी अन्तरले हराएको छ । यसअघि नै श्रृखंला जितिसकेको भारतले चौथो खेलमा झन शानदार प्रदर्शन गरेको थियो । ३ सय ७६ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंका […]
August 31, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामा टेन्डी शेर्पालाई खेलकुद सम्बन्धी कुनै पनि काम नलाउनु भन्ने युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी (राजन) को निर्देशनमा आज सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । उपाध्यक्ष शेर्पाले युवा तथा खेलकुद मन्त्रालयसहित ३ जनाविरुद्ध दर्ता गरेको रिट निवेदनमा चोलेन्द्र शम्शेर जबराको एकल इजिलासले […]
August 31, 2017
पेरिस (एजेन्सी) – विश्व कप युरोपियन छनोट चरणअन्तर्गत आज फ्रान्सले नेदरल्याण्ड्सलाई निम्त्याउँदै छ । समूह ‘ए’ मा तेस्रो स्थानमा रहेको नेदरल्याण्ड्स हारेको खण्डमा सन् २०१८ मा हुने रुस विश्व कपमा छनोट हुने सम्भावना कमजोर बन्न सक्छ । ९ समूहमा विभाजित ५४ टोलीमध्ये हरेक समूहको विजेताले स्वतः विश्वकपमा प्रवेश गर्नेछन् । त्यस्तै सबै समूहका गरि उत्कृष्ट […]
August 31, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नवनियुक्त युवा तथा खेलकुद राज्यमन्त्री तेलुलाल चौधरीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्वागत गर्दै बधाई दिएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मन्त्री चौधरीलाई राखेप सदस्य–सचिव केशवकुमार विष्टले मायाको चिनो प्रदान गरे । परिषद्का कर्मचारी, खेल संघका पदाधिकारी, प्रशिक्षक, खेलाडीले पनि राज्यमन्त्री चौधरीलाई स्वागत गरे। कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री चौधरीले सामूहिक प्रयासबाट […]