default_image

ताजा समाचारहरु

July 15, 2017

नेपाली युवा टोलीको कमजोर प्रदर्शन, पहिलो हाफमै ४–० ले पछाडि

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी यू २३ च्याम्पियनसिप छनोटमा नेपाली युवा टोलीको सुरुआत निकै कमजोर ढंगले भएको छ । आयोजक यूएईसँगको पहिलो खेलको पहिलो हाफमै नेपाली टोली ४–० ले पछाडि परेको छ । चर्को गर्मीीकाबीच नेपाली समय अनुसार राती ८ः१० मा सुरु भएको खेलमा नेपाल पहिलो हाफको कुनै पनि समय सम्हालिन सकेन र एक पछि अर्को […]

July 15, 2017

नेपाल विरुद्ध युएई : प्रत्यक्ष प्रसारण

नेपाल यू२३ राष्ट्रिय टोली र युएईको यू२३ राष्ट्रिय टोलीबीच एएफसी यू२३ च्याम्पियनसिप अन्तर्गतको छनोट चरणको पहिलो खेल केहि क्षणमै सुरु हुँदैछ। खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डट कमको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ। खेलको प्रत्यक्ष प्रसारण हेर्न तल थिच्नुहोस्: हाम्रो खेलकुद लाइभ

July 15, 2017

युएई र नेपाल बिचको खेल लाइभ कसरी हेर्ने ?

काठमाडौँ (हाम्रो खेलकुद ) – नेपाली यू -२३ टोलीले संयुक्त अरब ईमिरेट्स (युएई) को अल इन स्थित ताह्नोन बिन मोहम्मद रंगशालामा आज नेपाली समय अनुसार ८ बजेर १० मिनेटमा घरेलु टोली युएईको सामना गर्दै छ । एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गतको पहिलो खेल खेल्दै गरेको नेपालले अन्य खेलहरुमा उज्बेकिस्तान र लेबनानको सामना गर्नेछ । प्रतियोगिता अन्तर्गतको पहिलो खेल संयुक्त राज्य ईमिरेट्सको […]

July 15, 2017

युएईविरुद्ध नेपाल कसरी खेल्दैछ?

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूह ‘डी’मा रहेको नेपालले आफ्नो पहिलो खेल युएईविरुद्ध खेल्दैछ। नेपाली समयानुसार रातको ८:१० बजे सुरु हुने खेलमा नेपालले चर्को गर्मीमा घरेलु टोलीको सामना गर्नेछ। प्रशिक्षक राजु काजी शाक्यले युएईविरुद्धको खेलको लागि आफ्नो सुरुवाती ११को घोषणा गरिसकेका छन्। प्रशिक्षक शाक्यले मंगलबार बंगलादेशविरुद्ध भएको मैत्रीपूर्ण खेलमा सुरुवात […]

July 15, 2017

पोखरा स्पोर्टस अवार्डलाई सहारा युकेको सहयोग

पोखरा (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्च कास्की समन्वय शाखाको आयोजनामा अर्को महिना हुने पोखरा स्पोटर्स अवार्डको लागि सहारा क्लव युकेले आर्थिक सहयोग गरेको छ । सहारा क्लबले आहा रारा गोल्ड कपको आयव्यय सार्वजनिक गर्न आयोजित कार्यक्रममा सहारा युकेका सल्लाहकार भुपाल कुवंरले मञ्च कास्कीका अध्यक्ष केशव पाठक तथा सचिव रन्जन अधिकारीलाइ ५० हजार रुपैयाँ हस्तान्तरण […]

July 15, 2017

आहा रारा गोल्ड कप नाफामा

पोखरा (हाम्रो खेलकुद)– आहा रारा गोल्ड कपको पछिल्लो संस्करणबाट झन्डै २८ लाख रुपैयाँ बचत हुँदै आएको छ । सहारा एकेडेमीको सञ्चालन समेत गर्दै आएको पोखराको सहारा क्लबले शनिबार १५ औं संस्करणको आयोजनाको आयव्यय सार्वजनिक गर्दै २८ लाख ७८ हजार रुपैयाँ बचत भएको जानकारी दिएको छ । आहा रारा गोल्ड कप गत माघ ४ देखि १५ […]

July 15, 2017

संकटाले सूर्य विनायकमा ३१ रोपनी जग्गा लिजमा लियो

सूर्यविनायक (हाम्रो खेलकुद)– फुटबल प्रशिक्षण र एकेडेमी सञ्चालन गर्ने उद्देश्यका साथ ए डिभजन क्लब  संकटाले भक्तपुरको सूर्य विनायक नगरपालिकाको वडा नं १० मा जग्गा लिजमा प्राप्त गरेको छ। सूर्यविनायक नगरपालिकाले क्लबलाई वडा नं १० को सल्पाफाँटमा रहेको ३१ रोपनी जग्गा १५ बर्षका लागि लिजमा दिने सम्झौता आज गरेको हो । जहाँ संकटाले फुटबल मैदान निर्माण […]

July 15, 2017

युएईविरुद्ध विमलको कप्तानीमा सुरुवाती ११को घोषणा

काठमाडौँ (हाम्री खेलकुद) – एएफसी यू २३ च्याम्पियनसिपको छनोट चरणको पहिलो खेलमा नेपालले घरेलु टोली युएई को सामना गर्दैछ। नेपाली समयानुसार रातको ८:१० बजे सुरु हुने खेलमा नेपालको कप्तानी विमल घर्ति मगरले गर्नेछन्। प्रशिक्षक राजु काजी शाक्यले बंगलादेश विरुद्ध उत्रिएको टोलीबाट कुनै परिवर्तन गरेका छैनन्। राष्ट्रिय टोलीका १० खेलाडी रहेकोमा ९ खेलाडीले सुरुवात गर्ने भएका […]

July 15, 2017

सेमेडो बार्सिलोनामा आबद्ध

एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाले पोर्चुगलको राष्ट्रिय टोलीको सदस्य डिफेन्डर नेल्सन सेमेडोलाई ३० मिलियन पाउण्ड खर्च गरेर अनुबन्धन गरेको छ। अहिलेसम्म ६ पटक राष्ट्रिय टोलीको जर्सी पहिरिएका सेमेडोले कन्फेडेरेसन कपमा पनि सहभागिता जनाएका थिए। २३ वर्षीय डिफेन्डर सेमेडोले यसअघी बेनफिकाबाट व्यवसायिक फुटबल खेल्दै आएका थिए। उनले बार्सिलोनासँग ५ वर्षको सम्झौतामा हस्ताक्षर गरिसकेका छन्। उनको आगमनसँगै […]

Walker

July 15, 2017

महंगा डिफेन्डर बन्दै वाल्कर म्यानचेस्टर सिटीमा आबद्ध

म्यानचेस्टर (एजेन्सी)– टोटेनह्यामबाट म्यानचेस्टर सिटी पुगेका कायल वाल्कर सबै भन्दा महंगा डिफेन्डर बनेका छन् । सिटीले टोटेनह्यामलाई वाल्करका लागि ५० मिलियन पाउण्ड खर्चेको छ । विभिन्न ‘एड अन’ साथ सिटी पुगेका वाल्करको रकम ५३ मिलियन सम्म पुग्न सक्ने सम्भावना छ । एड अन सहित ५३ मिलियन पाउण्डको मूल्य बराबरका वाल्करले यसघि चेल्सीबाट पिएसजी जाँदा डिभिड […]

Success

Thank you for your time.