default_image

ताजा समाचारहरु

coca cola cup

July 16, 2017

कोका–कोला अन्तर बिद्यालय फुटबल प्रतियोगिता मंगलबारदेखि

काठमाडौं(हाम्रो खेलकुद) – विद्यालय स्तरको कोका–कोला अन्तर बिद्यालय छात्र तथा छात्रा राष्ट्रिय फुटबल प्रतियोगिता साउन ३ अर्थात मंगलबारबाट शुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को वार्षिक कार्यक्रम अनुसार नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा राष्ट्रिय खेलकुद परिषदको समन्वय र कोका–कोलाका उत्पादक बोटलर्स नेपाल लिमिटेडको प्रायोजकत्वमा यसवर्ष पनि फुटबल खेललाई नेपालमा पनि […]

July 16, 2017

डे हेया भित्र्याउने म्याड्रिडको अन्तिम प्रयास

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडले स्पेनिस राष्ट्रिय टोलीका गोलरक्षक डेविड डे हेयालाई भित्र्याउन अन्तिम प्रयास गर्ने भएको छ। म्यानचेस्चर युनाइटेडबाट व्यवसायिक फुटबल खेल्दै आइरहेका गोलरक्षक डे हेयाले आफ्नो भविष्यबारे अन्तिम निर्णय लिएका छैनन्। गत सिजन युनाइटेडले युरोपा लिग जित्दा विश्राम पाएका गोलरक्षक डे हेयाले सन् २०१५मा म्याड्रिड जाने लगभग पक्का भइसकेको थियो। तर, त्यसपछि […]

July 16, 2017

रमाले विश्व फेन्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– यसै साता जर्मनीको लिपिजमा सुरु हुने विश्व फेन्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडी प्रतिस्पर्धा गर्ने भएकी छिन् । फेन्सिङ खेलाडी रमा सिंहले भाग लिने नेपाल फेन्सिङले जनाएको छ । मंगलबारदेखि साउन ११ गतेसम्म चल्ने प्रतियोगितामा उनले फोयल इभेन्टमा प्रतिस्पर्धा गर्ने संघले जनाएको छ ।राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब कुमार विष्ट र कीर्तिपुर नगरपालिका […]

rohit video

July 16, 2017

पर्सिजाको जितमा रोहितको गोल (भिडियो)

काठमाडौँ (हाम्रो खेलकुद) – इन्डोनेसियाको लिगा १ अन्तर्गत १५औं चरणको खेल अन्तर्गत नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दको गोलमा पर्सिजा जकार्ताले पुसामानिया बोर्निओलाई १-० ले पराजित गरेको छ। रोहितले खेलको १८ औं मिनेटमा गोल गर्दै पर्सिजालाई अग्रता दिलाएका थिए। घरेलु टोलीका लागि सोहि गोल निर्णायक हुन् पुग्यो र टोलीले महत्त्वपूर्ण ३ अंक जोड्न सफल रह्यो। पर्सिजाले […]

July 16, 2017

कोरियामा प्रतिज्ञा र संगिताले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण कोरियाको मुजु शहरमा भएको ११औँ वल्र्ड कल्चरल एक्स्पोमा नेपालका दुई खेलाडीले स्वर्ण पदक जितेका छन् । नेपाली तेक्वान्दो खेलाडी प्रतिज्ञा भण्डारी र संगिता बस्यालले स्वर्ण पदक जितेका हुन् । कोरियाको मुजु शहरमा भएको च्याम्पियनसिपको फाइटतर्फ राष्ट्रिय खेलाडीद्वय प्रतिज्ञाले ७६ केजी तौल समुह र संगिताले ६३ केजीमा स्वर्ण पदक जितेको राष्ट्रिय खेलकुद […]

anjan-and-bimal

July 16, 2017

नेपाल विरुद्ध उज्बेकिस्तान – सम्पूर्ण जानकारी

काठमाडौँ (हाम्रो खेलकुद ) – एएफसी यू२३ च्याम्पियनसिप अन्तर्गत नेपालले समूह ‘डि’को दोश्रो खेलमा उज्बेकिस्तानको सामना गर्दै छ। पहिलो खेलमा कमजोर सुरुवात गर्दै घरेलु टोलीसँग ५-० ले पराजित भएको नेपाललाई छनोटको सम्भावनालाई जिवितै राख्न जित्नै पर्ने दबाब रहेको छ। नेपाल र उज्वेकिस्तानबिचको खेल नेपाली समयानुसार रातको ८:१० बजे सुरु हुनेछ। पहिलो खेलमा लेबनानलाई ३-१ ले हराएको […]

July 16, 2017

यू१९ विश्वकप छनोटमा नेपाल र सिंगापुर भिड्दै

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू-१९ विश्वकप २०१८को छनोट अन्तर्गत नेपालले सोमबार हुने पहिलो खेलमा आयोजक राष्ट्र सिंगापुरको सामना गर्दैछ। नेपालको खेल भोली बिहान नेपाली समयानुसार ७:१५ बजे सुरु हुनेछ। ४ टोलीको सहभगिता रहने प्रतियोगिता १६ देखि २५ जुलाईसम्म सिंगापुरमा खेलिनेछ। नेपालसँगै अफगानीस्तान, मलेसिया र आयोजक सिंगापुरले विश्वकपको १ स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। डबल राउण्ड […]

July 16, 2017

रोहितको गोलमा पर्सिजा विजयी

काठमाडौँ (हाम्रो खेलकुद) – इन्डोनेसियाको लिगा १ अन्तर्गत १५औं चरणको खेल अन्तर्गत नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दको गोलमा पर्सिजा जकार्ताले पुसामानिया बोर्निओलाई १-०ले पराजित गरेको छ। रोहितले खेलको १८औं मिनेटमा गोल गर्दै पर्सिजालाई अग्रता दिलाएका थिए। घरेलु टोलीका लागि सोहि गोल निर्णायक हुन् पुग्यो र टोलीले महत्त्वपूर्ण ३ अंक जोड्न सफल रह्यो। सिजनको १३औं […]

July 16, 2017

एन्फा बैठक अर्को साता, चर्को बहसको सम्भावना

काठमाडौं (हाम्रो खेलकुद)– ए डिभिजन लिग, रुस्लान थ्री स्टारको क्षतिपूर्ति, विशेष साधारण सभालगायतका विषयमा छलफल गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को साता कार्यसमितिको बैठक बोलाएको छ । ९ वटा एजेन्डासहित साउन ११ गतेका का लागि बैठक डाकिएपनि मुख्यतः तीनवटा विषयमा छलफल हुने एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिएका छन् । ‘सबै […]

July 16, 2017

शीर्ष टोलीसँग जगजितको क्लबको बराबरी

कामामाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठको अस्ट्रेलियन क्लब नुनावडिङ सिटी एफसीले आइतबार एनपिएलमा बराबरी खेलेको छ । नुनावडिङले लिगको शीर्षस्थानमा रहेको टोली डांडेनङ सिटी एफसीसँग १–१ को बराबरी खेलेको थियो । जगजित पहिलो रोजाइमा परेको खेलमा नुनावडिङले अग्रता लिएपनि जोगाउन सकेन । ५१ औं मिनेटमा मिच कुपरले नुनावडिङका लागि गोल गरेका थिए । नुनावडिङको अफिसियल […]

Success

Thank you for your time.