default_image

ताजा समाचारहरु

July 21, 2017

नेयमार ल्याउन सके पिएसजीका लागि राम्रो – कप्तान सिल्भा

पेरिस (एजेन्सी)– नेयमार जस्ता विश्वस्तरीय खेलाडी पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई आवश्यक रहेको टोलीका कप्तान थिएगो सिल्भाले बताएका छन् । विश्व कीर्तिमानी रकममा नेयमार बार्सिलोनाबाट पिएसजी जान सक्ने सम्भावनाका बीचमा सिल्भाको यस्तो भनाई आएको हो । बार्सिलोनामा धेरै जसो समय लियोनल मेस्सी र लुइस सुआरेजको छायाँमा पर्ने गरेका नेयमार फ्रेन्च टोलीमा पुगे भने त्यहाँको नम्बर […]

July 21, 2017

नेपाल टस जितेर पहिलो ब्याटिङ गर्दै

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट (एसिया क्षेत्र) अन्तर्गत दोश्रो राउण्डको पहिलो खेलमा नेपालले आयोजक सिंगापुरविरुद्ध खेल्दैछ। खेलमा नेपालले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको छ। नेपालले सुरुवाती ३ खेलमा टस जितेर फिल्डिङ रोज्दै आएको थियो। पछिल्लो खेलमा अफगानिस्तान विरुद्ध ४९ रनमा अलआउट भएको नेपालले १ सय ४१ रनको पराजय भोगेको थियो। […]

July 20, 2017

नेयमारलाई बेचेर बाप्पे भित्र्याउने बार्सिलोनाको योजना

एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाली पेरिस सेन्ट जर्मन (पिएसजी)ले ब्राजिलियन सुपरस्टार नेयमारको रिलिज क्लज तिरेको खण्डमा उनलाई बिक्रि गरेर एएस मोनाकोका किलियन बाप्पेलाई भित्र्याउने तयारी गरेको छ। नेयमारको बार्सिलोनासँगको सम्झौता अनुसार पिएसजीले उनलाई क्लबमा भित्र्याउन चाहेमा २ सय २२ मिलियन युरो तिर्नुपर्ने प्रावधान रहेको छ। बार्सिलोनाले गत सिजन नेयमारलाई कुनै हालतमा पनि नबेच्ने बताएपनि नेयमारले […]

July 20, 2017

युथ तथा जुनियर च्याम्पियनसिपमा ऐतिहासिक सहभागिता रहने

काठमाडौं (हाम्रो खेलकुद) – ३ सय भन्दा बढी प्रतिस्पर्धीहरुको सहभागिता रहने युथ एण्ड जुनियर एसियन भारोत्तोलन च्याम्पियनसिप शुक्रबारदेखि नेपालमा सुरु हुने भएको छ । नेपालको भारत्तोलन इतिहासमा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगिताको अनुमानित बजेट १ करोड ७५ लाख ९६ हजार रुपैयाँ रहेको बताइएको छ। आज राजधानीमा एक कार्यक्रम आयोजना गरेर नेपाल भारोत्तोलन […]

July 20, 2017

‘खराब ब्याटिङ हारको मुख्य कारण’ – प्रशिक्षक दास

काठमाडौँ (हाम्रो खेलकुद) – अफगानिस्तान विरुद्ध १ सय ९१ रन पछ्याएको नेपाली टोली ४९ रनमा अल आउट भएपछि सिंगापुरमा जारी आइसीसी यू१९ विश्वकप छनोट (एसिया क्षेत्र)मा नेपालको छनोट हुने सम्भावना अब न्यून भएको छ। खेलपश्चात पत्रकारको प्रश्नमा जवाफ दिंदै टोलीका प्रशिक्षक बिनोद दासले नेपालको खराब ब्याटिङ हारको मुख्य कारण भएको बताएका छन्। उनले खेलाडीहरुले गरेको […]

July 20, 2017

यू२३ फुटबल टोली युएईबाट स्वदेश आइपुग्यो

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण खेल्न संयुक्त अरब ईमिरेट्स (युएई)को अल आइनसहर पुगेको नेपाली राष्ट्रिय यू२३ फुटबल टोली स्वदेश फर्किएको छ। फ्लाई दुबईको जहाजबाट साँझ ६:२८ बजे टोली नेपाल आइपुगेको हो। नेपाली टोलीले युएईमा भएको छनोट चरणको प्रतियोगितामा सबै ३ खेलमा पराजय भोगेको थियो। यस नतिजासँगै नेपाल समूहको अंक तालिकाको अन्तिम […]

July 20, 2017

स्केटिङ महासंघको निम्तोमा अध्यक्ष पौडेल अमेरिका जाँदै

पोखरा (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय स्केटिङ महासंघको निमन्त्रणमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति (क्षेखेविस) का अध्यक्ष खगराज पौडेल शनिबार अमेरिका जाने भएका छन् । लस एन्जल्समा साउन १० गते हुने महासंघको सम्मेलनमा आफुले भाग लिने पौडेलले हाम्रो खेलकुद डट कमलाई जनाएका छन् । पोखरामा स्टेटिङ र्याम्प निर्माण प्रक्रियामा पौडेलको महासंघसँग सम्पर्क स्थापित भएपछि अहिले उनलाई सम्मेलनमा […]

July 20, 2017

लुकाकुबाट मैले पनि सिक्ने छु – रासफोर्ड

टेक्सस (एजेन्सी)– रोमेलु लुकाकुले खेल जीवनको उच्च फर्ममा म्यानचेस्टर युनाइटेड जानुलाई उपयुक्त कदम भएको युवा फरवार्ड मार्कुस रासफोर्डले बताएका छन् । फरवार्ड लाइनमा बेल्जियन लुकाकुसँगको साझेदारीलाई लिएर पनि रासफोर्ड उत्साहित देखिएका छन् । लुकाकु जुलाईको सुरुआतमा एभर्टनबाट युनाइटेड पुगेका थिए । जोजे माउरिन्होको प्रशिक्षणमा अमेरिकामा दुई दिनअघि लुकाुकले रियल साल्ट लेकविरुद्ध गोलका खाता पनि खोलिसकेका […]

July 20, 2017

चन्द्रगढी फुटबल एकेडेमीलाई सहयोग

झापा (हाम्रो खेलकुद)– पूर्व राष्ट्रिय खेलाडी युगलकिशोर राई नेतृत्वमा सञ्चालनमा रहेको झापाको चन्द्रगढी फुटबल एकेडेमीलाई एकपछि अर्को सहयोग आउन थालेको छ । केही साता अघि राष्ट्रिय टोली पूर्व कप्तान हरि खड्काको पहलमा जर्सी, बललगायत सामाग्री प्राप्त गरेको एकेडेमीका लागि विदेशमा बस्ने नेपालीले हालै फुटबल मैदानको घाँस काट्ने मेसिन खरिद गर्न आर्थिक सहयोग गरेका छन् । […]

July 20, 2017

क्रुसमाथि युनाइटेडसहित तीन क्लबको चासो

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका मिडफिल्डर टोनी क्रुस भित्राउनमा म्यानचेस्टर युनाइटेडले चासो देखाएको छ । स्पेनिस सञ्चारमाध्यमका अनुसार जर्मन अन्तर्राष्ट्रिय खेलाडी क्रुस भित्राउनमा युनाइटेडसँग इन्टर मिलान र युभेन्ट्स प्रतिस्र्पामा छन् । डेरियो गोलका अनुसार युनाइटेड, इन्टर र युभेन्ट्स तीनै क्लब क्रुसलाई भित्राउन जोडतोडले लागेका छन् । यद्दपी युनाइेडका गोलकिपर डेभिड डि जियासँग साट्ने सर्तमा भने रियल […]

Success

Thank you for your time.