default_image

ताजा समाचारहरु

July 22, 2017

कौटिन्होको उत्कृष्ट गोलमा लिभरपुल विजयी

हंगकंग (एजेन्सी) – प्रिमियर लिग एसिया ट्रफिको फाइनलमा ब्राजिलियन मिडफिल्डर फिलिपे कौटिन्होको उत्कृष्ट गोलमा लिभरपुलले लेस्टर सिटीलाई २-१ ले हराएको छ। एक गोलले पछि पारेको स्थितिलाई उल्टाउँदै लिभरपुलले खेलमा जित हासिल गरेको हो। इस्लाम स्लिमानीको गोलमा लेस्टर सिटीले खेलको पहिलो हाफको १२औं मिनेटमा अग्रता लिएको थियो। तर २०औं मिनेटमा लिभरपुलका नयाँ खेलाडी मोहोमद सलाहले कौटिन्होको उत्कृष्ट पासको […]

July 22, 2017

पदक विजेता धामी र प्रशिक्षक लामा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण कोरियामा सम्पन्न तेस्रो एसियन पारा तेक्वान्दो च्याम्पियनसिपकी पदक विजेता रन्जना धामी र उनका प्रशिक्षक कविराज नेगी लामा शनिबार सम्मानित भएका छन् । रन्जनालाई उनकै डोजाङ एसिडिसी तेक्वान्दो डोजाङले सम्मान गरेको हो । रन्जना र प्रशिक्षक कविराजलाई डोजाङका अध्यक्ष एवम् एसिडिसीका संस्थापक समेत रहेकी सिएनएन सुपर हिरो पुष्पा बस्नेत, एसिडिसीका डाइरेक्टर विशाल […]

July 22, 2017

चेल्सीद्वारा आर्सनल पराजित

बेजिङ (एजेन्सी)- – प्रि सिजनको तयारीमा रहेका दुई इङ्गलिस् प्रिमियर लिग टोली आर्सनल र चेल्सीबीच भएको मैत्रीपूर्ण खेलमा चेल्सी विजयी भएको छ। चिनको बेजिङ सहरमा खेलिएको खेलमा चेल्सीले ३-०को जित हात पारेको हो। चेल्सीका लागि पहिलो हाफको ४०औं मिनेटमा विलियनले गोल गर्दै अग्रता दिलाएका थिए। त्यसको २ मिनेटपछि नै स्ट्राइकर मिसी बासुआइले गोल गर्दै चेल्सीको अग्रता […]

July 22, 2017

रोहितको टोली बराबरीमा रोकियो

काठमाडौँ (हाम्रो खेलकुद) – इन्डोनेसियाको लिग १ अन्तर्गत शनिबारको खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द सम्मिलित पर्सिजा जकार्ताले पर्सिब बान्डुङसँग १-१को बराबरी खेलेको छ। खेलको १५औं मिनेटमा घरेलु टोली पर्सिबले अहमद जुफ्रीयान्टोको गोलसँगै अग्रता लिएको थियो। तर, १९औं मिनेटमा रोहितको पासको सदुपयोग गर्दै रामदानी लेस्तालुहूले बराबरी गोल फर्काएका थिए। खेलको ६६औं मिनेटमा पर्सिजाका […]

July 22, 2017

एसी मिलानले बायर्नलाई ४-०ले हरायो

एजेन्सी – प्रि सिजनको मैत्रीपूर्ण खेल अन्तर्गत शनिबार भएको खेलमा इटालियन क्लब एसी मिलानले जर्मन च्याम्पियन बायर्न म्युनिखलाई ४-०ले पराजित गरेको छ। मिलानले पहिलो हाफमै ३-०को अग्रता बनाएको थियो। खेलमा दुबै तर्फबाट बलियो टोली उतारेपनि मिलानले खेलमा पकड जमाएको थियो। मिलानका लागि यसै सिजन क्लबमा भित्रिएका मिडफिल्डर फ्रान्क केस्सीले १४औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता […]

July 22, 2017

ड्यानीलो रियल छाडेर म्यानचेस्टर सिटि जाँदै

एजेन्सी – म्यानचेस्टर सिटिले रियल म्याड्रिडका डिफेन्डर ड्यानीलोलाई यसै साताभित्र आफ्नो क्लबमा भित्र्याउने अन्तिम तयारी गरेको छ। सिटिले गरेको २७ मिलियन पाउण्डको प्रस्ताव रियलले स्वीकार गरेपछि ड्यानीलो सिटि जाने पक्का भएको हो। सन् २०१५मा रियल म्याड्रिड आएका ड्यानीलोले रियलमा रहेर राम्रो प्रदर्शन गर्न नसकेपछि क्लबले उनलाई बिक्रि गर्ने सोच बनाएको हो। २ सिजनमा उन्ला ४१ […]

July 22, 2017

नेयमारको सरुवा चर्चाले बार्सिलोनाको प्रि-सिजन छायाँमा

न्यूयोर्क (एजेन्सी)– नेयमारको भविष्यको चर्चाले बार्सिलोनाको प्रि सिजन अमेरिका भ्रणम नै छायाँमा पारेको छ । तर, पनि ब्राजिलियन स्टार नेयमार शुक्रबार बार्सिलोनाको टोलीसँगको अभ्यासमा सहजताका साथ सहभागी भए । लिग १ को महारथी पेरिस सेन्ट जर्मेन (पिएसजी)ले २५ वर्षे सुपर स्टारलाई १ सय ९६ मिलियन पाउण्डमा किन्न तयार भएपछि स्पेनमा नेयमारको भविष्य शंकामा परेको छ […]

July 22, 2017

अस्ट्रेलियामा जगजितको टोलीको पराजय

काठमाडौं (हाम्रो खेलकुद)– साताको सुरुआतमा शीर्ष टोलीसँग बराबरी खेलेको नेपाली मिडफिल्डर जगजित श्रेष्ठको अस्ट्रेलियन क्लब नुनावाडिङ सिटी एफसी शनिबार पराजित भएको छ । एनपिएल २ भिक्टोरियामा जगजितको टोली ३–२ ले पराजित भएको थियो । पहिलो हाफमा २–० ले पछि परेपनि नुनावाडिङ खेललाई २–२ को बराबरीमा पुुर्याउन सफल भएको थियो। नुनाका लागि प्याट्रिक गरहार्ट र मिच […]

July 22, 2017

चेल्सी, रियल र बार्सिलोनाबीच युवा डिफेन्डरलाई ल्याउने भिडन्त

एजेन्सी – इङ्गलिस् प्रिमियर लिग च्याम्पियन चेल्सीसँगै स्पेनका दुई ठुला क्लब रियल म्याड्रिड र बार्सिलोनाले फ्रान्सका एक युवा डिफेन्डरलाई भित्र्याउने प्रयास गरिरहेका छन्। फ्रान्सेली खेलाडी मालाङ सारललाई भित्र्याउने प्रयासमा तिनै क्लबले उनको खेल हेर्न स्काउट पठाएको बुझिएको छ। १८ वर्षीय सेन्टर डिफेन्डर सार हाल फ्रान्सेली लिग वान क्लब नओजिसी निससँग आबद्ध छन्। १७ वर्षको उमेरमा […]

July 22, 2017

कीर्तिमानी रकममा रियलका मोराटा चेल्सी पुगे

एजेन्सी – इङ्गलिस् प्रिमियर लिग च्याम्पियन चेल्सीले क्लबको इतिहासकै सर्वाधिक रकम तिरेर स्पेनिस च्याम्पियन रियल म्याड्रिडका फरवार्ड अल्भारो मोराटालाई क्लबमा भित्र्याएको छ। चेल्सीले मोराटालाई क्लबमा ल्याउन ६० मिलियन पाउण्ड खर्चेको हो। २४ वर्षीय स्पेनिस फरवार्ड मोराटाले चेल्सीसँग ५ वर्षे सम्झौता गरेका छन्। उनले प्रति साता १ लाख ५५ हजार पाउण्ड तलब बुझ्नेछन् भने उनको प्रदर्शनको […]

Success

Thank you for your time.