default_image

ताजा समाचारहरु

July 25, 2017

पाँचौं अन्तर आर्सनल नेपाल फुटसल सम्पन्न

काठमाडौँ (हाम्रो खेलकुद) – टिम लुयनबर्गले टिम राइटलाई ४-१ ले हराउँदै पाँचौं अन्तर आर्सनल नेपाल फुटसलको उपाधि जितेको छ। सानेपा स्थित फिल्ड फुटसलमा शनिबार आयोजित प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो। १०० खेलाडिहरु सम्मिलित यस प्रतियोगितामा टोलीहरुलाई दुई समूहमा विभाजित गरिएको थियो । दुवै समूहबाट दुई-दुई टोलीहरुले सेमिफाइनलको यात्रा तय गरेका थिए । सेमिफाइनलमा टिम राइटले […]

July 25, 2017

मेस्सीले रोजे नेयमारको स्थानमा खेल्ने ३ खेलाडी

एजेन्सी – बार्सिलोनाका स्टार फरवार्ड नेयमारको स्थितिले यस सिजनको समर ट्रान्सफर विन्डो रोमाञ्चक बन्दै गइरहेको छ। नेयमारका नजिकका केहि नातेदारहरुले नेयमार पिएसजी जाने बताए पनि क्लबमै रहेका खेलाडी र प्रशिक्षकले भने उनी बार्सामै बस्ने बताउँदै आएका छन्। यसैबिच नेयमारले बार्सिलोना छाडेर गएको खण्डमा उनको स्थानमा बार्सिलोनाले पक्कैपनि नयाँ खेलाडी भित्र्याउनु पर्नेछ। यसको लागि टोलीका सुपरस्टार […]

nepal

July 25, 2017

अफगानिस्तानसँग नेपाल पुन: पराजित , विश्व कपमा छनोट हुन सकेन

काठमाडौँ (हाम्रो खेलकुद)– अफगानिस्तानसँग पराजित भएसँगै नेपाल आइसिसी यू १९ विश्व कपमा छनोट हुन असफल भएको छ । झिनो सम्भावनाका साथ मंगलबारको खेलमा उत्रेको नेपाली टोली अफगानिस्तानसँग ९६ रनले पराजित भएको हो । विश्व कप एसिया छनोटमा नेपाल अफगानिस्तानसँगको दुवै खेलमा पराजित भयो । छनोटका सबै खेल जितेको अफगानिस्तानले अर्को बर्ष आयोजना हुने विश्व कपमा […]

July 25, 2017

नेपालको खराब ब्याटिङ जारी

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको एसिया छनोट अन्तर्गत आज भइरहेको अन्तिम खेलमा नेपालले १ सय ९६ रनको लक्ष्य पाएको छ। टस जितेर पहिलो ब्याटिङ रोजेको अफगानिस्तानले ४६.५ ओभरमा अलआउट हुँदै १ सय ९५ रन बनाएको थियो। दोश्रो पारीको सुरुवात गरेको नेपालले प्रतियोगितामा जारी खराब ब्याटिङलाई निरन्तरता दिएको छ। नेपालले २३ रनको स्थितिमै आफ्नो […]

nepal

July 25, 2017

अफगानिस्तानले नेपाललाई १ सय ९६ रनको लक्ष्य दियो

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको एसिया छनोट अन्तर्गत आज भइरहेको अन्तिम खेलमा नेपालले १ सय ९६ रनको लक्ष्य पाएको छ। टस जितेर पहिलो ब्याटिङ रोजेको अफगानिस्तानले ४६.५ ओभरमा अलआउट हुँदै १ सय ९५ रन बनायो। अफगानिस्तानका लागि ओपनर इब्राहिम जद्रानले शतकीय पारि खेलेका थिए। १ सय १४ बलको सामना गरेका जद्रानले ७ चौका […]

July 25, 2017

युनाइटेड र रियलका पूर्व फरवार्ड वेष्ट ह्याम पुगे

लन्डन (एजेन्सी) – रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडबाट व्यवसयिक फुटबल खेलिसकेका मेक्सिको राष्ट्रिय टोलीका स्ट्राइकर जाभियर हर्नान्डेज वेष्ट ह्याम युनाइटेडसँग आबद्ध भएका छन्। बायर लेभरकुजनबाट १६ मिलियन पाउण्ड खर्चेर वेष्ट ह्यामले उनलाई क्लबमा भित्र्याएको हो। उनले क्लबसँग ३ वर्षे सम्झौता गरेका छन्। गत मे महिनामा मेक्सिकोको राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता बनेका हर्नान्डेजलाई चिचारितो उपनामले चिनिन्छ। […]

July 25, 2017

प्रशिक्षणमा रिसाउँदा केइटाले आफ्नै साथीलाई घाइते बनाए

अष्ट्रिया (एजेन्सी) – जर्मन बुन्डेसलिगा टोली आरबि लेप्जिगका नाबी केइटाले प्रशिक्षणका क्रममा रिसाएर ट्याकल हान्दा आफ्नै टोलीका खेलाडीलाई घाइते बनाएका छन्। नयाँ सिजनको तयारीमा अष्ट्रियामा रहेर प्रशिक्षण गरिरहेको लेप्जिगको केइटाले उक्त ट्याकल हानेपछि प्रशिक्षण सकिएको थियो। लिभरपुलले २ पटक ट्रान्सफरको प्रस्ताब राख्दा पनि लेप्जिगले स्वीकार नगरेपछि केइटा बेखुशी भएको खबर आइरहंदा जर्मन मिडियाले यसलाई केइटाले […]

July 25, 2017

अफगानिस्तानले टस जितेर ब्याटिङ रोज्यो

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको एसिया क्षेत्र छनोट अन्तर्गत आज हुने अन्तिम खेलमा अफगानिस्तान र नेपाल भिड्दैछन्। खेलमा अफगानिस्तानले टस जितेर पहिलो ब्याटिङ रोजेको छ। पछिल्ला ५ खेलमा टस जितेको नेपालले ४ खेलमा फिल्डिङ रोजेको थियो भने सिंगापुरविरुद्ध दोश्रो चरणमा ब्याटिङ रोजेको थियो। १० अंक बोकेर शीर्ष स्थानमा रहेको अफगानिस्तानले विश्वकपमा स्थान बनाउने […]

July 24, 2017

चेल्सीका हाडार्ज प्रशिक्षणमा फर्किए

लन्डन (एजेन्सी)– चोटमुक्त हुने प्रयासमा रहेका चेल्सीका इडन हाजार्ड सेप्टेम्बर सम्म पहिलो टोलीमा फर्कने सम्भावना कम रहेको बताइएको छ । तर, उनले गरेको मेहनत र अपेक्षा भन्दा अगाडि चोटमुक्त भएमा प्रिमियर लिगको नयाँ सिजन सुरु हुनुअघि नै उनी पूर्ण रुपमा फिट हुन सक्ने अपेक्षा पनि गरिएको छ । गत महिना गोली गाँठामा गहिरो चोट लागेपछि […]

July 24, 2017

भलिबल विकासका लागि नेपाल र नेदरल्यान्ड्स संघबीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको भलिबल विकासमा मद्दत पुर्याउन नेदरल्यान्ड्स भलिबल संघले दीर्घकालिन रुपमा सहयोग गर्ने सहमति गरेको छ । नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र सोमबार मात्र काठमाडौं आइपुगेका नेदरल्यान्ड भलिबल संघका विकास व्यवस्थापक म्याट भान तरेलले दीर्घकालिन सहयोगसहित पाँच बुँदे सम्झौत पत्रमा हस्ताक्षर गरेका छन् । तरेलसँगै नेपाली पुरुष भलिबल टोली र […]

Success

Thank you for your time.