default_image

ताजा समाचारहरु

Paulinho

September 16, 2017

पौलिन्होको निर्णायक गोलमा बार्सिलोनाको जित

गेटाफे (एजेन्सी)– बार्सिलोनाले ला लिगमा शत प्रतिशत नतिजालाई निरन्तरता दिएको छ । ब्राजिलियन मिडफिल्डर अन्तिम समयमा पौलिन्होले निर्णायक गोल गरेपछि बार्सिलोनाले गेटाफेमाथि २–१ को जित निकाल्न सफल भएको छ । घरेलु टोलीले पहिलो हाफमा १–० को अग्रता लिएपनि दोस्रो हाफमा त्यसलाई जोगाउन सकेन । गाकु सिबासाकीले ३९ औं मिनेटमा गोल गर्दै गेटाफेलाई अग्रता दिलाएका थिए […]

September 16, 2017

पामलाई शिरिष फाउण्डेसनको सहयोग

काठमाडौं (हाम्रो खेलकुद)–बन्दी सहायता नियोग (पाम) लाई शिरीष फाउन्डेसनले शनिबार सहयोग प्रदान गरेको छ ।ओलम्पियन पौडी खेलाडी शिरीष गुरुङको नाममा स्थापित शिरिष फाण्डेसनले बनस्थली रानीवनमा रहेको पामलाई करिब ६० हजार रुपैयाँ बराबरीको कार्पेट र पर्दा सहयोग गरेको हो ।   यस्तै फाउन्डेसनका प्रमुख शिरीषले त्यहाँ रहेका बालबालिकाका लागि विभिन्न खेलका सामाग्री पनि उपलब्ध गराएका छन् […]

September 16, 2017

डाउन टाउनलाई माछापुच्छ्रे क्रिकेट लिगको उपाधि

पोखरा (हाम्रो खेलकुद) – डाउन टाउन पोखरा लायन्सले माछापुच्छ्रे क्रिकेट लिग (एमसीएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । एमसीसी क्रिकेट मैदान नदीपुरमा आज भएको फाइनलमा पर्वत टाइटन्सलाई ८ विकेटले हराउँदै डाउन टाउनले उपाधि जितेको हो । पर्वतले दिएको १ सय रनको लक्ष्य डाउन टाउनले १७.५ ओभरमा ३ विकेट गुमाएर पूरा ग¥यो । टोलीको […]

September 16, 2017

सेञ्चुरी सुपर सिक्सेस क्रिकेट कात्तिकमा

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको सेञ्चुरी बैंक सुपर सिक्सेस क्रिकेट प्रतियोगिता कात्तिक तेस्रो साता हुने भएको छ । आयोजक एसएस इभेन्टले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै चौथो संस्करण कात्तिक २१ गतेबाट २५ गतेसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुर हुने जानकारी गरायो । सुपर सिक्सेसमा विभिन्न २४ कर्पोरेट टिमले सहभागिता जनाउने एसएस इभेन्टका सिइओ रमन शिवाकोटीले […]

September 16, 2017

लिस्नु झरना रनिङ शिल्डको सेमिफाइनलमा

दिपक न्यौपाने बुटवल – लिस्नु युवा क्लब ३१ औ संस्करणको झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । केरवानी स्पोर्टिङ क्लबलाई २–० ले हराउँदै लिस्नु रुपन्देहीको कुन्जलापुरमा जारी प्रतियोगिताको अन्तिम चारमा पुगेको हो । खेलमा केरवानीका आशिष गाहा म्यान अफ दी म्याच घोषित भए । प्रतियोगितामा भोली न्यू राइज बबनी र युनाइटेड कपिलबस्तुबीच प्रतिस्पर्धा […]

Higuain

September 16, 2017

हिगुवेन अर्जेन्टिनाको टोलीमा परेनन्

ब्युनोस आईरेस (एजेन्सी) – युभेन्ट्सका स्ट्राइकर गोन्जालो हिगुवेन विश्व कप छनोटमा आउने दुई खेलका लागि अर्जेन्टिनी टोलीमा पर्न सकेनन् । अर्जेन्टिनाले विश्व कप छनोटका अन्तिम दुई खेलमा पेरु र इक्वेडरसँग प्रतिस्पर्धा गर्नेछ ।  यस सिजनमा युभेन्ट्सका लागि ३ खेलमा २ गोल गर्दै राम्रो सुरुआत गरेपनि प्रशिक्षक जोर्ज साम्पोलीको नजरमा २९ वर्षे हिगुवेन पर्न सकेनन् । […]

Lionel Messi, Luis Suarez

September 16, 2017

ला लिगामा बार्सिलोना गेटाफेसँग भिड्दै

गेटाफे (एजेन्सी) – यस सिजन ला लिगामा अपराजित रहेको बार्सिलोना आज साँझ गेटाफेसँग उसैको घरेलु मैदानमा भिड्दै छ । तीन खेलमा शतप्रतिशत नतिजासहित बार्सिलोना अंक तालिकाको अग्रस्थानमा रहेको छ । मंगलबार राती युभेन्टसलाई च्याम्पियन्स लिगमा ३-० ले हराएको बार्सिलोनाले यस खेलमा आफ्ना केही खेलाडीहरुलाई विश्राम दिने सम्भावना छ । बार्सिलोनाले आफ्नो अघिल्लो लिग खेलमा पनि […]

September 16, 2017

प्रिमियर लिगमा म्यानचेस्टर सिटीले वाटफर्डको सामना गर्दै

वाटफोर्ड (एजेन्सी) – प्रिमियर लिगको अंकतालिकामा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी आज बेलुका वाटफोर्डको सामना गर्दै छ । सिजनमा बलियो सुरुवात गरेको वाटफोर्ड पनि तालिकाको चौथो स्थानमा रहेको छ । म्यानचेस्टर सिटीका कप्तान भिन्सेन्ट कम्पनी पिडौंलाको चोटबाट ठिक भइसके पनि आजको खेलमा सुरुवात भने नगर्ने सम्भावना छ । च्याम्पियन्स लिगमा फेयेनूर्डसँग ४-० को जितपश्चात प्रशिक्षक […]

September 16, 2017

गोपीचन्द्रलाई काठमाडौं म्याराथनको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका धावक गोपीचन्द्र पार्की र त्रिभुवन आर्मी क्लबकी सरिता बसीले ११ औं संस्करणको काठमाडौं म्याराथनको उपाधि जितेका छन् । काठमाडौंमा शनिबार भएको म्याराथनमा गोपीले त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठलाई ०.४ सेकेण्डले पछि पादै उपाधि जितेका हुन् । निर्धारित ४२.१९५ किलोमिटर गोपीले दुरी २ घण्टा २३.५६ सेकेण्डमा पूरा गरे । […]

September 16, 2017

मलेसियालाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एसिसी यू १९ पूर्वी क्षेत्रको क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । आयोजक मलेसियालाई १० विकेटले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो । १ सय २२ रनको लक्ष्य पछ्याएको नेपालले २३.१ ओभरमा विना विकेटको क्षति जित हासिल गरेको हो । ओपनरद्वय अर्धशतक पुरा गरेपछि नेपालले सहज जित हासिल गरेको थियो । […]

Success

Thank you for your time.