default_image

ताजा समाचारहरु

July 31, 2017

बाप्पेलाई ल्याउने रियलको योजनामा रोनाल्डो असन्तुष्ट

म्याड्रिड (एजेन्सी)– मोनाकोबाट केलियन बाप्पेलाई भित्राउने रियल म्याड्रिडको योजनामा सुपर स्टार क्रिस्टियानो रोनाल्डो खासै खुसी नभएको बताइएको छ । आफ्नो विकल्प खोज्ने पहिलो पाइलाको रुपमा बाप्पेको आगमन हुन सक्नेमा रोनाल्डोको शंका रहेको अनुमान गरिएको छ । स्पेनको डेरियो गोलका अनुसार रोनाल्डोले क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरजलाई पनि बाप्पे आउने विषय आफुलाई चित्त नबुझेको बताएका छन् । […]

July 31, 2017

इब्राहिमोभिचमा मिलानको नजर

मिलान (एजेन्सी) – ज्लाटान इब्राहिमोभिच चोटमुक्त भएर फर्कदा फेरी एक पटक क्लबमा भित्राउन एसी मिलानले म्याचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्ने सम्भावना बढेको छ । इब्राहिमोभिच घुँडाको चोट ठिक हुने क्रममा रहेका छन् । नयाँ बर्षसम्म मैदान बाहिर रहने अनुमान गरिएको इब्राहिमोभिचलाई जनवरीको सरुवामा भित्राउने एसी मिलानको योजना रहेको सञ्चारमाध्यमहरुले दाबी गरेका छन् । मिलानले अहिले टोली […]

July 31, 2017

फिलानी मेरा लागि महत्वपूर्ण छन् – माउरिन्हो

ओस्लो (एजेन्सी)– माराउने फिलानीले म्यानचेस्टर युनाइटेड छाडेर गालातासारे नजाने प्रशिक्षक जोसे माउरिन्होले प्रष्ट पारेका छन् । ठट्टाको शैलीमा माउरिन्होले भनेका छन्,‘ फिलानी भन्दा म टर्किस क्लबमा जाने सम्भावना बढी छ ।’ आइतबार युनाइटेडले नर्वेजियन क्लब भालेरेन्गालाई ३–० ले हराउँदा पहिलो गोल फिलानीले नै गरेका थिए । त्यसअघि गालातासारेका स्पोर्टिङ डाइरेक्टर चिन्क उर्गिनले आफुहरुले २९ वर्षे […]

July 31, 2017

रोनाल्डो प्रशिक्षणमा फर्कंदै

म्याड्रिड (एजेन्सी) – स्पेनिस च्याम्पियन रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो यसै साताबाट रियल म्याड्रिडको प्रशिक्षणमा सामेल हुने भएका छन्। कन्फेडेरेसन कपमा सहभागिता जनाएको र जुम्ल्याहा सन्तानको पिता बनेकाले रियलले रोनाल्डोलाई थप छुट्टि दिएको थियो। आगामी साता हुने युइएफा सुपर कपको खेलमा रियलले म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ। रोनाल्डो उक्त खेलमार्फत आफ्नो सिजनको सुरुवात गर्दैछन्। प्रि […]

July 31, 2017

म्यानचेस्टर युनाइटेडको सहज जित

ओस्लो (एजेन्सी)– प्रि सिजनमा अमेरिका भ्रमणको अन्तिम खेल गुमाएको म्यानचेस्टर युनाइटेडले गएराती मैत्रीपूर्ण खेलमा भालेरेन्गालाई हराएको ३–० ले हराएको छ । पहिलो हाफमा माराउने फिलानीले हेड गोलमार्फत अग्रता दिलाएको खेलमा रोमेलु लुकाकु र स्कट म्याकटोमेनेले गोल गरेका थिए । इन्टरनेसनल च्याम्पियन्स कपमा बिहीबार युनाइटेड बार्सिलोनासँग पराजित भएको थियो । टर्की गालातासारे जाने चर्चाका बीच २९ […]

July 31, 2017

जुडोमा नेपाललाई दुई कास्य पदक, फुपु पराजित

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्याण्ड इन्टरनेशनल नर्थ बैंकक युनिभर्सिटी जुडो च्याम्पियनसिप २०१७ मा नेपालले दुई वटा कास्य पदक जित्दा १२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता फुपु ल्हामु खत्री भने पराजित भएकीछिन् । इन्द्रबहादुर श्रेष्ठ र उमेश मगरले कास्य पदक जित्न सफल भएकोे टोलीका प्रशिक्षक सूर्य नारायण श्रेष्ठले जानकारी गराएको राष्ट्रिय खेलकुद परिषद् […]

July 30, 2017

मोराटाले प्रदर्शनमा सुधार गर्न आवश्यक-चेल्सी प्रशिक्षक कोन्टे

सिंगापुर (एजेन्सी)– नयाँ स्ट्राइकर अल्भारो मोराटाले चेल्सीमा सफलताका लागि प्रदर्शनमा सुधार गर्नुपर्ने प्रशिक्षक एन्टोनियो कोन्टेले बताएका छन् । सिंगापुरमा शनिबार इन्टर मिलानसँग २–१ ले हारेको खेलमा मोराटाले कमजोर प्रदर्शन गरेपछि कोन्टेको यस्तो भनाई सार्वजनिक भएको हो । रियल म्याड्रिडका पूर्व खेलाडीले बायर्न म्युनिखसँगको ‘डेब्यू’ खेलमा उच्च प्रदर्शन गरेका थिए । यद्दपी त्यो खेल पनि चेल्सीले […]

July 30, 2017

साग आयोजना सबै भन्दा चुनौतिपूर्ण – मन्त्री केसी

काठमाडौं (हाम्रो खेलकुद)– नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना ठूलो चुनौती रहेको उल्लेख गर्दै बजेटका कारण खेलकुद विकासका असर नपर्न प्रतिबद्धता जनाएका छन् । नेपालले सन् २०१९ मा साग आयोजनाको जिम्मेवारी पाएपनि भौतिक पूर्वाधार निर्माणको काम ठोस रुपमा सुरु हुन सकेको छैन । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा […]

July 30, 2017

युरोपा लिगमा रिभाल्डोको छोराको विश्वस्तरीय गोल

बुकारेस्ट (एजेन्सी) – ब्राजिलियन राष्ट्रिय फुटबल टोली एवं बार्सिलोनाका पूर्व फरवार्ड रिभाल्डोका छोरा रिभाल्डिन्होले युरोपा लिगमा उत्कृष्ट गोल गरेका छन्। रोमानियाको शीर्ष डिभिजन क्लब डिनामो बुकारेस्टबाट व्यवसायिक फुटबल खेल्दै आएका उनले स्पेनिस क्लब एथलेटिक बिलबाओ विरुद्ध गोल गरेका हुन्। रिभाल्डिन्होले घरेलु टोली डिनामो १-०ले पछि परेको स्थितिमा ३० यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएको […]

July 30, 2017

बार्क्लीलाई भित्र्याउन ६ क्लबको प्रतिस्पर्धा

लन्डन (एजेन्सी) – इङ्गल्याण्डका राष्ट्रिय फुटबल टोलीका सदस्य एवं एभर्टनका मिडफिल्डर रस बार्क्लीलाई भित्र्याउन ६ ओटा प्रिमियर लिग क्लबले इच्छा जताएका छन्। यसअघि एभर्टनका प्रशिक्षक रोनाल्ड कोम्यानले बार्क्लीले यस सिजन क्लब छाड्ने पक्का रहेको बताएका थिए। प्रशिक्षक कोम्यानले बार्क्लीले अब एभर्टनको लागि नखेल्ने शत प्रतिशत पक्का भएको बताएका थिए। यससँगै केहि इङ्गलिस क्लबले बार्क्लीलाई आफ्नो […]

Success

Thank you for your time.