default_image

ताजा समाचारहरु

September 19, 2017

केर्खा झापा एकेडेमी फुटबलको क्वार्टरफाइनलमा

भद्रपुर (हाम्रो खेलकुद)– केर्खा स्टार एफसी झापा जिल्ला एकेडेमी स्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । मेची रंगशालामा आज जलथल एफएलाई २–१ ले हराउँदै केर्खा अन्तिम आठमा पुगेको हो । अब टोलीले बाई पाएको आयोजक चन्द्रगढी फुटबल एकेडेमीसँग शुक्रबार सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । केर्खाको जितमा सन्तोष न्यौपानेले पहिलो हाफ र रमेश केसीले […]

Barcelona

September 19, 2017

बार्सिलोना एबारसँग भिड्दै

बार्सिलोना (एजेन्सी) – स्पेनिस लिगको अग्रस्थानमा रहेको बार्सिलोना ला लिगा अन्तर्गत आज राति घरेलु मैदानमा एबारको सामना गर्दै छ । खेल नेपाली समय अनुसार रातिको १.४५ बजे सुरु हुने छ । बार्सिलोनाले यस खेलमा आफ्ना नव खेलाडी उस्माने डेम्बेलेलाई गुमाउने छन् । गेटाफेसँगको अघिल्लो खेलमा घाइते भएका डेम्बेले तीनदेखि चार महिनाका लागि खेल्न नसक्ने बताइएको छ । […]

ACHS basketball

September 19, 2017

इस्लिङटन र हिमालयलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – इस्लिङटन कलेज पूरुषतर्फ र हिमालय इन्जिनियरिङ कलेज गल्र्सतर्फ दोस्रो एसीएचएस अन्तर आईटी थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार भएको ब्वाइज फाइनलमा इस्लिङटनले न्यु समिटलाई २१–१० ले पराजित गर्दै च्याम्पियन बन्यो । इस्लिङटनको जितमा निकेश राईले ८ अंक योगदान गरे । उपाधिसंगै इस्लिङटनले […]

September 19, 2017

आयोजक झरनालाई निराश पार्दै कपिलवस्तु युनाइटेड फाइनलमा

दिपक न्यौपाने बुटवल – कपिलवस्तु युनाइटेड रुपन्देहीको जारी ३१ औ झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । आयोजक झरना स्पोर्टस क्लब कुन्जलापुरलाई आजको ट्राइब्रेकरमा ४–३ हराउँदै कपिलबस्तु युनाइटेड उपाधि तजिक पुगेको हो । उमा उच्च माविको मैदानमा दर्शकको उल्लेख उपस्थिति रहेको खेलमा निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपनि निर्णयका लागि खेल ट्राइब्रेकरमा धकेलिएको थियो […]

Nepal India

September 19, 2017

विजयी सुरुआत नेपालको लक्ष्य, बलियो इराकसँग पहिलो खेल

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी यू–१६ च्याम्पियनसिप अन्तर्गत समूह ‘डी’ को छनोट खेलहरु राजधानीमा बुधबार सुरु हुँदैछ । हल्चोकस्थित नेपाल एपिएफ क्लबको मैदानमा नेपालले पहिलो खेलमा बलियो प्रतिद्वन्द्वि इराकको सामना गर्दैछ । खेल दिउँसो ३ः३० बजेमा सुरु हुनेछ । त्यसअघि भारत र प्यालेस्टाइनबीचको खेल १२ बजे सुरु हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार रोशन […]

default_image

September 19, 2017

एनएसए कप पौडीमा आर्मी च्याम्पियन , शिरिषको थप दुई राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब सातौं एनएसए कप पौडी प्रतियोगिताको खुलातर्फ टिम च्याम्पियन बनेको छ । स्वर्ण, रजत र कास्य पदकबाट प्राप्त समग्र अंकका आधारमा विजेताको घोषणा हुने आयोजक नेपाल पौडी संघले जनाएको छ । आर्मी (७४) च्याम्पियन बनेको खुलातर्फ नेपाल एपिएफ क्लब (२७) दोस्रो तथा प्याराडाइज स्कुल (२) तेस्रो बन्यो । खुलामा […]

September 19, 2017

पोखरा एकेडेमीलाई टि ट्वान्टी क्रिकेट उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा क्रिकेट एकेडेमी ‘ए’ ले लक्ष्मी लाइटहाउस टि ट्वान्टी टेनिसबल क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा धौलागिरी क्रिकेट क्लब बाग्लुङलाई ६ विकेट हराउँदै पोखराले उपाधि जितेको हो । पोखराको अमरसिंह मैदानमा बाग्लुङले दिएको १ सय १२ रनको लक्ष्यलाई आयोजक पोखरा क्रिकेट एकेडेमीले ४ विकेट गुमाउँदै पुरा गरेका थियो […]

September 19, 2017

अभ्यास खेलमा नेपालको विजयी सुरुआत (फोटो फिचरसहित)

काठमाडौं (हाम्रो खेलकुद)– हङकङविरुद्ध यसै महिनाको अन्त्यतिर हुने विश्व कप क्रिकेट लिग (डब्लूसिएल) च्याम्पियनसिपको अन्तिम तयारीका लागि नेपाली टोली यति बेला भारतको चेन्नईमा रहेको छ । ४ वटा अभ्यास खेलका लागि चेन्नइपुगेको नेपाली टोलीले तमिनाडु प्रिमियर लिगको डिन्डिगुल ड्रयागन्सलाई १ सय ५३ को फराकिलो अन्तरले हराउँदै यात्राको सुखद सुरु गरेको छ । सोमपाली कामी र […]

September 19, 2017

अन्तर्राष्ट्रिय आमन्त्रण कबड्डी यहि साता

काठमाडौं (हाम्रो खेलकुद) –अखिल नेपाल कबड्डी संघको आयोजनामा नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष कबड्डी प्रतियोगिता हुने भएको छ । संघले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयेजना गर्दै अन्तर्राष्ट्रियस्तरको कबड्डी बिहीबारबाट सुरु हुने जानकारी दिएको छ । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा असोज ७ गतेसम्म हुनेछ । प्रतियोगितामा दक्षिण एसियामा नेपासहित भारत, बंगलादेश र […]

Nepal Cricket Team Paras

September 19, 2017

अभ्यास खेलमा नेपालको सहज जित

काठमाडौं (हाम्रो खेलकुद)– बलिङमा सामूहिक प्रदर्शनपछि नेपालले भारतको चेन्नईमा पहिलो अभ्यास खेल १ सय ५३ रनले जितेको छ । एसआरएम विश्वविद्यालयको मैदानमा सोमपाल कामी र बसन्त रेग्मी ले उत्कृष्ट ब्याटिङपछि २ सय १७ रनको लक्ष्य पछ्याएको तमिनाडु प्रिमियर लिगको डिन्डिगुल ड्रयागन्ससँगलाई ३५.३ ओभरमा नेपालले ६३ अलआउट गरेको थियो ।   डिन्डिगुलका लागि मोहम्मद असिफले मात्र […]

Success

Thank you for your time.