default_image

ताजा समाचारहरु

August 5, 2017

थ्री बाइ थ्री बास्केटबल सुरु

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल बास्केटबल संघको सहकार्य तथा ललितपुर जिल्ला बास्केटबल संघको आयोजनामा नेबा प्रेसिडेन्ट कप थ्री बाइ थ्री राष्ट्रव्यापी पुरुष तथा महिला बास्केटबल प्रतियोगिता शनिबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको छ। सुरुको दिन महिलातर्फ क्वाटरफाइनल तथा पुरुषमा प्रिक्वाटरफाइनल समीकरण तयार भएको छ । महिलाको क्वबटरफाइनलमा प्राइम ‘ए’ ले प्राइम […]

August 5, 2017

संरक्षक र प्रेरणा च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन संरक्षकभूषण वज्राचार्य र प्रेरण कोइरालाले प्रथम एएनएलटीए जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको यु–१६ सिंगल्स उपाधि शनिबार जितेका छन् । संरक्षक ब्वाइज र प्रेरणा गर्ल्समा पहिलो बन्न सफल दुवैले दोहोरो स्वर्ण पनि जिते। ब्वाइज फाइनलमा संरक्षक र प्रणव खनालले १–१ सेट जितेको अवस्थामा प्रणव लडेर घाइते भएपछि रिटायर्ड हर्ट हुन […]

August 5, 2017

अरहान्त र भावनालाई लगातार स्क्वास उपाधि

काठमाडौँ (हाम्रो खेलकुद) – साविक विजेता अरहान्तकेशर सिंह र भावना सुनुवारले दोश्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार भएको फाइनल खेल जित्दै अरहान्त पुरुष र भावना महिला सिंगल्समा च्याम्पियन बने । पुरुष सिंगल्स फाइनलमा अरहान्तले पुरानै प्रतिद्वन्द्वी अमृत थापा मगरलाई १३–११, १२–१० र ११–५ को सोझो सेटमा पराजित गर्दै उपाधि […]

August 5, 2017

पुरुषोत्तम र नवितालाई उपाधि

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपीएफ क्लबका पुरुषोत्तम वज्राचार्य नवौं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको खुलातर्फ पुरुष सिंगल्समा शनिबार च्याम्पियन बनेका छन् । एपीएफका पुरुषोत्तमले फाइनलमा नेपाल प्रहरी क्लबका श्यान्टु श्रेष्ठलाई ‘बेस्ट अफ सेभेन’ को फाइनलमा ७–११, ११–९, १०–१२, ११–९, ११–९ र ११–८ को सेटमा पराजित गरे । पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदको […]

August 5, 2017

पेरिसमा नेयमारको स्वागत फिल्मी शैलीमा

पेरिस (एजेन्सी) – बार्सिलोनाबाट विश्व कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका ब्राजिलियन फरवार्ड नेयमारको घरेलु मैदान पार्क डे प्रिन्सेसमा भव्य स्वागत भएको छ। पहिलो खेलमा खेल्न नपाउने भएपछि क्लबले नेयमारलाई खेल सुरु हुनुअघी समर्थकमाझ प्रस्तुत गरेको थियो। पिएसजीका अध्यक्ष नासेर अल खलिफीसँग मन्चमा देखिएका नेयमारले समर्थकहरु सामु बोल्दै एकदम खुशी लागेको बताए। ‘म निकै […]

August 5, 2017

एमसिएलको अक्सन भोली पोखरामा हुने

पोखरा (हाम्रो खेलकुद) – साउनको अन्तिम साताबाट सुरु हुने माछापुच्छ्रे क्रिकेट लिगको अक्सन आइतबार हुने भएको छ । माछापुच्छ्रे क्रिकेट क्लब र खुकुरी इन्टरटेनमेन्टको आयोजनामा हुने टि२० लिग भदौ ६ गतेदेखि पोखरामा हुँदैछ। १ सय ३५ खेलाडी सहभागी हुने अक्सनमा टोलीहरुले खेलाडीमाथि बोली लगाउनेछन्। गण्डकी र धौलागिरी अञ्चलका खेलाडीहरु मात्र सहभागी हुने यस प्रतियोगितामा ६ […]

Pokhara Sports Award 2073

August 5, 2017

भलिबलकी अरुणा र टेनिसका कुमार उत्कृष्ट

 कास्की(हाम्रो खेलकुद ) – भलिबलकी अरुणा शाही र लन टेनिसका कुमार अधिकारी दोस्रो पोखरा स्पोर्टस् अवार्ड अन्र्तगत वर्ष उत्कृष्ट महिला खेलाडी उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा पोखराले शनिबार पोखरा सभागृहमा आयोजना गरेको दोस्रो संस्करणको अवार्डमा भलिबलकी अरुणाले फुल कन्ट्याक्ट करातेकी सुस्मी श्रेष्ठ, भारोत्तोलनकी टीका माया गुरुङलाई पछि पारिन् […]

August 5, 2017

नेयमारले बोनस नलिई बार्सिलोना छाडेको खुलासा

बार्सिलोना (एजेन्सी) – विश्व कीर्तिमानी रकममा फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका ब्राजिलियन फरवार्ड नेयमारले २५ मिलियन युरो बोनस नलिई बार्सिलोना छाडेको खुलासा भएको छ। नेयमारको सम्झौतामा उल्लेख भए बमोजिम सम्पूर्ण सर्त पुरा नभएकाले उक्त रकममा सहमति नमिलेको हो। सन् २०१३मा बार्सिलोना आइपुगेका नेयमारले बार्सिलोनामा ४ वर्ष बिताएको खण्डमा उनका पिता नयमार सिनियरको कम्पनीले […]

August 5, 2017

युभेन्टस र टोटेनहम भिड्दै

लण्डन (एजेन्सी) – अर्को साताबाट हुने सुरु हुने इङ्गलिस प्रिमियर लिगको तयारीको अन्तिम चरणमा रहेको टोटेनहम हट्सपरले नयाँ घरेलु मैदान वेम्बली रंगशालामा इटालीको च्याम्पियन युभेन्टससँग खेल्दैछ। शनिबार हुने मैत्रीपूर्ण खेलमा दुवै टोलीले आफ्नो पहिलो रोजाईको टोली उतार्ने तयारी गरिरहेका छन्। विगतका सिजनमा वेम्बली रंगशालामा राम्रो नतिजा ल्याउन नसकेको टोटेनहमले यस सिजन आफ्नो सम्पूर्ण घरेलु मैदानमा […]

August 5, 2017

बार्सिलोना दोश्रो श्रेणीको टोलीसँग बराबरीमा रोकियो

स्पेन (एजेन्सी) – स्पेनको दोश्रो श्रेणीमा खेल्ने क्लब जिम्नास्टिकसँगको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले १-१को बराबरी खेलेको छ। खेलमा पछाडी परेको बार्सिलोनालाई फरवार्ड पाको अल्कासेरको गोलको मद्दतले बराबरीमा ल्याएको थियो। प्रिसिजनका अघिल्ला ३ खेलमा युभेन्टस, म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडलाई पराजित गरेको बार्सिलोनाले यस खेलमा आफ्नो स्टार खेलाडीहरुलाई विश्राम दिएको थियो। नेयमार पिएसजी गएपछिको पहिलो खेलमा बार्सिलोना […]

Success

Thank you for your time.