September 21, 2017
स्पेन (एजेन्सी) – यसै सिजन विश्व कीर्तिमानी रकममा पिएसजी पुगेका ब्राजिलियन स्ट्राइकर नेयमारले क्लबका प्रशिक्षक नासेर अल खेलाइफीलाई काभानी बेच्नुपर्ने माग गरेका छन् । स्पेनिस प्रकाशन ‘सपोर्ट ‘ का अनुसार नेयमारले प्रशिक्षक नासेर समक्ष काभानीलाई पिएसजीबाट बेच्नुपर्ने माग गरेका छन् । लिग १ को खेलमा पेनाल्टी लिने क्रममा नेयमार र काभानीबीच विवाद सिर्जना भएको थियो । विवाद कै […]
September 21, 2017
झापा (हाम्रो खेलकुद)– ए डिभिजन क्लब हिमालयन शेर्पा टुबोर्ग दुधे गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । राष्ट्रिय लिग खेलिसकेको मोफसलको बलियो टोली झापा ११ लाई आज पेनाल्टीमा ३–२ ले हराउँदै हिमालयन शेर्पा अन्तिम चारमा पुगेको हो । निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । खेलमा अग्रता लिएर पनि त्यसलाई […]
September 21, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोली पूर्व कप्तान तथा फिफा रेफ्री स्वर्गिय रुपकराज शर्माको स्मृतिमा शनिबार साइक्लिङ प्रतियोगिता हुने भएको छ । आयोजक रुपक मेमोरियल फाउन्डेसनले पाकिस्तानी एयरलाइन्स दुर्घटना भएको २५ औं वार्षिकोत्सवको अवसर पारेर विमान दुर्घटनामा निधन भएकाहरुलाई श्रद्वान्जली दिने उद्देश्यले साइक्लिङ प्रतियोगिता गर्न लागेको बताइएको छ । २४ किलोमिटरको साइक्लिङ सातदोबाटोस्थित रुपकराज […]
September 21, 2017
काठमाडौं (हाम्रो खेलकुद)– रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) को शतवार्षिकीको अवसरमा शुक्रबार र शनिबार दुई दिन मास्टर सेलेक्सन गल्फ प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आरएनजिसी क्लबमा हुनेछ । आयोजक विजय डिस्टिलरी प्रालिले बिहिबार पत्रकार सम्मेलन गर्दै दुई दिने प्रतियोगिता अन्डर स्टेबल फोर्ड ३/४ ह्याण्डीक्यापको आधारमा हुने जानकारी दियो । प्रतियोगितामा आरएनजिसीका सदस्य खेलाडीले मात्र […]
September 21, 2017
काठमाडौं (हाम्रो खेलकुद)– भैसेपाटी ट्याक्सी समाजले छैटौैं अमर सिंह कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पार्टेस फुटबल क्लबलाई ३–१ ले हराउँदै भैसेपाटीले उपाधि जितेको हो । सोमतिर्थ खेल मैदानमा आज भएको फाइनलमा भैसपाटीलाई जित दिलाउन विशाल राईले २ तथा उत्तम भण्डारीले १ गोल गरे । पार्टेसका लागि एकमात्र गोल सविन केसीले […]
September 21, 2017
झापा (हाम्रो खेलकुद)– सैनिक युथ क्लब झापा जिल्ला एकेडेमी स्तरीय नकआउट फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । प्रतिस्पर्धात्मक खेलमा बेलबारी फुटबल क्लबलाई ५–४ ले हराउँदै सैनिक युथले अन्तिम चारको यात्रा तय गरेको हो । सैनिकका लागि विकेश लिम्बु २ तथा हाङसु लिम्बु, बालकृष्ण राई र राज कन्दङ्वाले समान १ गोल गरे । जेबि रबर एमएफसी […]
September 21, 2017
काठमाडौं (हाम्रो खेलकुद)– भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अभ्यास खेलमा लगातार दोस्रो जित हासिल गरेको छ । आजको खेलमा उप कप्तान ज्ञानेन्द्र मल्लको शतकबाट प्ररित नेपाली टोली मिलानपुर रिक्रियसन क्लबलाई ५२ रनले पराजित गर्यो । २ सय ५२ रनको लक्ष्य पछ्याएको मिलानपुरले राम्रो सुरुआत गरेपछि टोलीले ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९९ […]
September 21, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल खेलाडी प्रतिभा माली तीन साताको प्रशिक्षणका लागि आज नेदरल्यान्ड्स जाने भएकी छन् । नेदरल्यान्ड्स भलिबल संघका प्रबन्धक पिटर भान तरेलको निमन्त्रणमा उनी त्यसतर्फ जान लागेकी छिन् । साहस स्पोर्टसले प्रतिभालाई एक कार्यक्रमका बीच आज विदाइ गरेको छ । खेलकुद पोशाक उत्पादक कम्पनी साहसले झन्डै दुई महिनाअघि प्रतिभालाई आफ्नो ब्रान्ड […]
September 21, 2017
संगिता कुवँर टोकियो – पूर्व राष्ट्रिय खेलाडी नवीन गुरुङको अध्यक्षतामा जापान भलिबल समिति गठन भएको छ । जापानमा रहेका खेलाडी, संघ संस्थाका प्रतिनिधि, पत्रकार एनआरएन जापानका प्रतिनिधिको उपस्थितिमा समिति गठन भएको थियो । समितिको वरिष्ठ उपाध्यक्षमा लोकेश खत्री, उपाध्यक्ष मदन साउद, महासचिव मुक्ती सुवेदी, सचिव भबिन थापा, कोषाध्यक्ष दिपेश खत्री चयन भएका छन् । त्यस्तै […]
September 21, 2017
काठमाडौं (हाम्रो खेलकुद)– उप कप्तान ज्ञानेन्द्र मल्लको शतकसँगै भारतको चेन्नई भ्रमणमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा ७ विकेटको क्षतिमा २ सय ५१ रन बनाएको छ । मिलानपुर रिक्रियसन क्लबविरुद्ध टस जितेर ब्याटिङ गरेको नेपालका लागि ओपनर समेत रहेका ज्ञानेन्द्रले रिटार्य हर्ट हुनुअघि सय रन बनाएका थिए । उनले पहिलो विकेटका लागि सागर पुनसँग ६७ रनको […]