default_image

ताजा समाचारहरु

August 17, 2017

भान पर्सी दुई वर्षपछि हल्याण्डको प्रारम्भिक टोलीमा

 हल्याण्ड (एजेन्सी)- म्यानचेष्टर युनाइटेडको पूर्व स्ट्राइकर रोविन भान पर्सीले दुई वर्षपछि नेदरल्याण्डको राष्ट्रिय टिममा पुनरागमन गर्ने मौका पाएका छन्। डच टिमका मुख्य प्रशिक्षक डिक एड्भोक्याटले विश्वकप छनोटको दुई महत्वपूर्ण खेलको लागि भान पर्सीलाई ३२ सदस्यीय प्रारम्भिक टिममा बोलाएका हुन्। प्रशिक्षक डिकले भान पर्सीसँगै रायन बाबेल र एलजिरो एलियालाई पनि ३२ सदस्यीय प्रारम्भिक टिममा समावेश गरेका […]

August 17, 2017

जापानमा नेपाली टोलीको लज्जास्पद हार

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटको तयारीका लाािग जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबारको मैत्रीपूर्ण खेलमा लज्जास्पद हार बेहोरेको छ । नेपाली टोलीले अमिटी स्पोर्टस क्लबसँग आज बिहान भएको खेलमा ५–० को हार बेहोरेको हो । अमिटी जापानको क्षेत्रीय लिगमा प्रतिस्पर्धा गर्ने क्लब हो । क्षेत्रिय लिग जापानको लिग संरचना अनुसार […]

Suarez

August 17, 2017

स्वारेजले ला लिगाको पहिलो खेल गुमाउन सक्ने

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका स्टार स्ट्राइकर लुइस स्वारेजले ला लिगा नयाँ सिजनको पहिलो खेल गुमाउने सम्भावना रहेको छ । रियल म्याड्रिडसँग स्पेनिस सुपर कपको दोस्रो लेगमा गएराती २–० ले हारेको खेलमा स्वारेजलाई खेलको अन्त्यतिर चोट लागेको थियो ।  खेलको ८५ औं मिनेटमा स्वारेजको घुँडामा चोट लागेपनि उनलाई परिवर्तन गर्न भने मिलेन । त्यति बेलासम्म प्रशिक्षक एर्नेस्टो […]

Benzema

August 17, 2017

रियललाई स्पेनिस सुपर कप उपाधि, बार्सिलोना फेरी पराजित

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले स्पेनिस सुपर कप उपाधि जितेको छ । चिरप्रतिद्वन्द्वि बार्सिलोनालाई समग्रमा ५–१ ले हराउँदै रियलले नयाँ सिजनमा दोस्रो उपाधि जितेको हो । गए राती भएको दोस्रो लेगमा रियलले बार्सिलोनालाई २–० ले हराएको थियो । पहिलो लेगमा रियलले ३–१ को जित हासिल गरेको थियो । केही दिनअघि म्यानचेस्टर युनाइटेडलाई हराउँदै रियलले युइएफए […]

zidane ronaldo

August 16, 2017

रोनाल्डोको प्रतिबन्धसँगै जिदानलाई जरिवाना हुन सक्ने

म्याड्रिड (एजेन्सी) – एल क्लासिकोमा रेफ्रीलाई धकेलेपछि पाँच खेलका लागि रोनाल्डो प्रतिबन्धमा पर्दा दिएको अभिव्यक्तिका कारण रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदान समस्यामा परेका छन् । रोनाल्डो प्रतिबन्धमा परेपछि मंगलबारको पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तीका कारण स्पेनिस फुटबल संघले उनीमाथि कारबाही गर्नसक्ने भएको छ । स्पेनिस श्रोत मार्साका अनुसार जिदानमाथि रेफ्रीको टेक्निकल कमिटीले कारबाहीको माग गरेपछि कारबाही अघि […]

August 16, 2017

रियल म्याड्रिडका पूर्व खेलाडी स्टोकमा आवद्ध

(एजेन्सी) – इङ्गलिस प्रिमियर लिग क्लब स्टोक सिटीले रियल म्याड्रिडका पूर्व खेलाडी जेसे रोड्रीग्वेजलाई पेरिस सेन्ट जर्मेनबाट लोनमा ल्याएको छ। रियल म्याड्रिडबाट च्याम्पियन्स लिगको उपाधि जितिसकेका जेसेको आगमनसँगै स्टोकमा च्याम्पियन्स लिगको उपाधि जित्ने ५ खेलाडी भएका छन्, जुन लिगमै सर्वाधिक हो। स्टोक सिटीमा जेसेबाहेक जेर्दान साकिरी, ड्यारेन फ्लेचर, बोयान क्रिकिच र इब्राहिम अफेलाएले पनि च्याम्पियन्स […]

August 16, 2017

‘ए’ डिभिजन लिग मंसिर १४ गतेदेखि

काठमाडौँ (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन लिग ४ वर्षपछि आयोजना हुने भएको छ। अखिल नेपाल फुटबल संघको बुधबार बसेको कार्यसमितिको बैठकले लामो समयदेखि आयोजना नभएको ‘ए’ डिभिजन लिग मंसिर १४ गतेबाट गर्ने निर्णय गरेको छ। पछिल्लोपटक २०७० सालमा मनाङ मर्स्याङ्दी क्लबले जितेयता ‘ए’ डिभिजन लिग आयोजना हुन सकेको थिएन। त्यसपछि २०७२मा नयाँ संरचनाको राष्ट्रिय लिगको […]

August 16, 2017

जापानमा नेपाली टोलीको जित

काठमाडौँ (हाम्रो खेलकुद) – जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले बुधबार खेलिएको दोस्रो मैत्रीपूर्ण खेलमा जित हासिल गरेको छ । नेपाल राष्ट्रिय टोलीले कान्साइ गाकुइन विश्वविद्यालयको टोलीलाई २-१ ले पराजित गरेको हो । खेलको निर्धारित समयको अन्त्यमा सुमन लामाको गोलसँगै नेपालले अन्तिम समयमा जित हासिल गरेको हो। १-१ को बराबरी तर्फ लम्कदै गरेको खेलमा सुमनले […]

August 16, 2017

गुण्डोगानको पुनरागमनमा सिटी पराजित

स्पेन (एजेन्सी)-  म्यानचेस्टर सिटीका इकेए गुण्डोगानले करिव आठ महिनापछि खेलमा पुनरागमन गरेका छन् । स्पेनमा खेलिएको मैत्रीपूर्ण खेलमा सिटी जिरोनासँग १–० ले पराजित भयो ।  जिरोनाका लागि क्रिष्टियन पोर्टुले पहिलो हाफको १४ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । प्रिमियर लिग अन्तर्गत गत डिसेम्वरमा वाटफोर्डविरुद्धको खेल २–० ले बिजयी भएको खेलका दौरान जर्मनीका अन्तर्राष्ट्रिय […]

August 16, 2017

डेम्वेले भित्र्याउन बार्सिलोनाको ९० मिलियन पाउण्डको प्रस्ताव

स्पेन (एजेन्सी)- ब्रजिलका सुपरस्टार नेयमारलाई विश्व कीर्तिमानी रकममा पिएसजीमा बेचेको स्पेनिस क्लब बार्सिलोनाले नेयमारको स्थान परिपुर्तिको लागि बोरुसिया डर्टमण्डका औसामाने डेम्वेलेलाई पुनः ९० मिलियन पाउण्डको प्रस्ताव राखेको छ । ९० मिलियन पाउण्डमध्ये ३० मिलियन पाउण्ड डिम्वेलेको खेल प्रदर्शनको आधारमा बाँकी ६० मिलियन पाउण्ड उनको क्लज तोकिएको छ । यो प्रस्तावसँगै बार्सिलोनाले फ्रान्सका २० वर्षीय प्लेमेकर […]

Success

Thank you for your time.