October 8, 2017
म्याड्रिड (एजेन्सी) – स्पेनमा रहेको समय कर छलीको आरोपमा चेल्सी तथा रियल म्याड्रिडका पूर्व डिफेन्डर रिकार्डो कार्वाल्होलाई त्यहाँको एक अदालतले ८ महिना जेल सजाय सुनाइएको छ । हाल उनि चीनको शंघाई एसआईपिजीसँग आबद्ध छन् । स्पेनमा रियलसँग रहँदा तस्विर प्रयोगको अधिकारबाट कमाएको करिब ५ सय हजार युरो बराबर कर छलेको आरोपमा उनलाई ७ महिना जेल […]
October 8, 2017
बेलारुस (एजेन्सी) – समूह चरणको एक खेल बाँकी रहँदा डच टिम नेदरल्याण्डको रसिया विश्वकपको छनोट हुने झिनो सम्भावना कायम रहेको छ । युरोपियन छनोट अन्र्तगत समूह ‘ए’ को खेलमा घरेलु टोली बेलारुसलाई ३–१ ले पराजित गर्दै नेदरल्याण्डले छनोटको झिनो आशा कायमै राखेको हो । जितपछि तेस्रो स्थानमा रहेको नेदरल्याण्डको ९ खेलबाट १६ अंक छ । अब नेदरल्याण्डले […]
October 8, 2017
एन्डोरा (एजेन्सी) – क्रिष्टियानो रोनाल्डो सम्मिलित पोर्चुगल अर्काे वर्ष रसियामा हुने विश्वकपको लागि छनोट नजिक पुगेको छ । युरोपियन क्षेत्रको समूह ‘बी’ अन्र्तगतको खेलमा घरेलु टोली एन्डोरालाई २–० ले पराजित गर्दै विश्वकपको लागि सोझै छनोट नजिक पुगेको हो । जितसँगै पोर्चुगल ९ खेलबाट २४ अंकसहित दोस्रो स्थानमा रहेको छ । पोर्चुगलभन्दा अघि रहेको स्वीट्जरल्याण्डको समान […]
October 7, 2017
काठमाडौं (हाम्रो खेलकुद ) – अखिल नेपाल फुटबल संघ (एन्फा) अन्र्तगतको फुटसल कमिटिले १४ सदस्यीय राष्ट्रिय फुटसल टिमको घोषणा गरेको छ । फुटसल कमिटिले भदौमा सकिएको रेडबुल एन्फा राष्ट्रिय फुटसल लिगमा उत्कृष्ट प्रदर्शन गरेका २७ खेलाडीबाट अन्तिम १४ खेलाडीको घोषणा गरेको हो । १४ सदस्यीय खेलाडीको छनोट तीन प्रशिक्षक राकेश श्रेष्ठ, राजेश शाही र बिष्णु गुरुङले गरेका […]
October 7, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राइनोज क्रिकेट क्लब टेक्ससको डलासमा संचालित डलास प्रिमियर लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । लिगको दुई खेल खेल्न बाकी रहदैं नेपाली राइनोजले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । ५ खेलवाट ७ अंक जोडेको राइनोज अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । अंक तालिकाको शिर्षस्थानमा भने ५ खेलवाट १० अंक जोडेको पंजाव […]
October 7, 2017
म्याड्रिड (एजेन्सी) – एक पटकको विश्व विजेता स्पेन अर्काे वर्ष रुसमा आयोजना हुने विश्वकप फुटबलका लागि छनोट भएको छ । युरोपियन क्षेत्रको छनोट अन्तर्गत शुक्रबार राति भएको खेलमा अल्बानियामाथि ३–० को सहज जित निकालेपछि एक खेल बाँकी छदै स्पेनले विश्वकपमा स्थान सुरक्षित गरेको हो । युरोपियन क्षेत्रको समूह ‘जी’ मा रहेको स्पेनले छनोट चरणको ९ […]
October 6, 2017
बार्सिलोना (एजेन्सी) – स्पेनका भेट्रान मिडफिल्डर तथा बार्सिलोनाका कप्तान आन्द्रेस इनिष्टाले क्लबसँग नयाँ सम्झौतामा नवीकरण गरेका छन् । ३३ वर्षीय भेट्रान मिडफिल्डर इनिष्टाले आफ्नो खेल जीवनभरको लागि क्लबसँग शुक्रबार नयाँ सम्झौतामा हस्ताक्षर गरेका हुन् । इनिष्टाको क्लबसँगको सम्झौता यस सिजनको समाप्तिसम्म मात्र रहेको थियो । ‘इनिष्टाले क्लबसँग शुक्रबार आजीवन क्लबमा रहने गरी सम्झौतामा नवीकरण गरेका […]
October 6, 2017
इस्लामावाद/पाकिस्तान (हाम्रो खेलकुद )–नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष निरञ्जन राजवंशी आज एसियाली खेलकुद पत्रकारहरुको छाता संगठन एआइपिएस एसियाको कोषाध्यक्षमा निर्वाचित भएका छन् । पाकिस्तानको इस्लामावादमा आज भएको एआइपिएस एसियाको विशेष साधारणबाट दुई दशक भन्दा लामो समयदेखि खेलकुद पत्रकारिता गर्दै आएका राजवंशीको कोषाध्यक्षमा निर्वाचित भएका हुन् । उनले सिरियाकी अविर अलीलाई पराजित गरेका थिए । […]
October 6, 2017
ला पाज (एजेन्सी) – विश्व कप छनोट अन्तर्गत बोलिभियाको घरेलु मैदानमा गोल रहित बराबरी खेलेका ब्राजिलियन खेलाडीले खेल सकिएपछि अक्सिजन माक्स लगाउनु परेको थियो । बोलिभियाको ला पाज स्थित इस्टाडियो हर्न्याण्डो सिलेजमा खेलिएको खेल पछि ब्राजिलियन खेलाडीहरुले सामान्य श्वास लिन अक्सिजन माक्सको प्रयोग गरेका थिए । समुन्द्र सतहभन्दा करिब १२ हजार फिटको उचाईमा रहेको रंगशालामा […]
October 6, 2017
काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा अर्काे सातादेखि आयोजना हुने विश्व जुनियर ब्याडमिन्टन च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ । विश्व जुनियर ब्याडमिन्टन च्याम्पियनसिप असोज २५ देखि कार्तिक ५ गते सम्म आयोजना हुदैछ । उक्त च्याम्पियनसिपमा सहभागी हुन जाने ९ सदस्यीय टोलीलाई नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले शुक्रबार बिदाई गरे । टोली शनिबार त्यसतर्फ […]