October 9, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा शुरु भएको छ । सोमबारबाट राजधानीमा शुरु भएको साधारणसभाले मुख्य गरी चुनावका लागि विधान संशोधन गर्नेछ । यस्तै साधरण सभाले थ्रीस्टार क्लबलाई क्षतिपुर्ति दिने विषयलाई अनुमोदन गर्नेछ । यस्तै साधारण सभाले कार्यसमितिका पदाधिकारी तथा सदस्यको योग्यता निर्धारण गर्नेछ ।
October 9, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको खेलमा केन्याले नेदरल्याण्ड्सलाई २ विकेटले पराजित गर्दै चौथो स्थानमा उक्लेको छ । नेदरल्याण्ड्सले दिएको २ सय २५ रनको लक्ष्य केन्याले ३ बल बाँकी रहँदा ८ विकेट गुमाएर पुरा गरेको हो । जितसँगै केन्या १२ अंक सहित चौथो स्थानमा उक्लेको छ । शिर्ष स्थानमा रहेको नेदरल्याण्ड्सको भने प्रतियोगितामा यो दोस्रो हार हो […]
October 9, 2017
वार्स (एजेन्सी) – विश्वकप छनोट अन्र्तगत युरोपियन क्षेत्रको छनोटको समूह ‘ई’ को अन्तिम चरणको खेलमा विजयी हुँदै पोल्याण्डले रुस विश्व कपमा सोझै स्थान बनाएको छ । समूह ‘ई’ को अन्तिम खेलमा पोल्याण्डले मोन्टेनेग्रोमाथि ४–२ को सहज जित निकाल्यो । पोल्याण्डको वार्सास्थित नेशनल स्टेडियममा आइतबार राति खेलिएको खेलमा घरेलु टोलीलाई जिताउन क्रिजिस्टफ माकज्यान्स्कीले २ रोवर्ट लेवान्डोस्कीले १ गोल गरे । […]
October 9, 2017
भिलनियस (एजेन्सी) – विश्व कप अन्तर्गत युरोपेली छनोट चरणको अन्तिम खेलमा इङ्ल्यान्डले लिथुआनियालाई १-० ले हराएको छ । अन्तिम खेल अघि नै रुस विश्व कपमा स्थान पक्का गरेको इङ्ल्यान्डलाई ह्यारी केनले पेनाल्टी मार्फत निर्णायक गोल दिलाएका थिए । प्रशिक्षक ग्यारेथ साउथगेटले अन्तिम खेलमा इङ्लिस टोलीमा परिक्षण गरेका थिए । टोटेनह्यामका डिफेन्डर ह्यारी विङ्क्स र लेस्टर सिटीका ह्यारी म्याकग्वैरलाई […]
October 9, 2017
म्युनिख (एजेन्सी) – रसिया विश्वकपलाई स्थान सुरक्षित गरिसकेको डिफेन्डिङ च्याम्पियन जर्मनीले समूह चरणको अन्तिम खेलमा फराकिलो जित हात पारेका छन् । घरेलु मैदानमा भएको खेलमा जर्मनीले अजरबैजानलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै विश्वकप छनोटको यात्रा सुखद रुपमा समाप्त गर्यो । अजरबैजानलाई पराजित गरेसँगै जर्मनीले विश्वकप छनोटमा अपराजित रहन सफल भयो । समूहको १० खेलमा जर्मनीले […]
October 8, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघले सार्वजनिक गरेको राष्ट्रिय खेलाडीको नयाँ वरियतामा तामाङ दिदीभाई नङ्सलदेवी तामाङ र रत्नजित तामाङ शीर्षस्थानमा यथावत रहेका छन् । हरेक ३–३ महिनाको अन्तरालमा शीर्ष आठ खेलाडीको वरीयता निर्धारण गर्ने संघको नीति अनुसार आइतबार सार्वजनिक गरेको वरियतामा तामाङ दिदीभाई महिला र पुरुषमा शीर्ष स्थानमा यथावत रहेको हुन् । त्रिभुवन आर्मीका रत्नले […]
October 8, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मंगोलियाको उलन्बटारमा जारी नवौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा नेपाली खेलाडी ननिता महर्जनले आइतबार रजत पदक जितेकी छन् । ननिताले महिला १६० सेन्टिमिटर उचाईमा रजत जितेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका महासचिव राजन श्रेष्ठले जानकारी गराए । फाइनलमा ननितासहित मंगोलिया, इटाली र भियतनामका गरी ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । मंगोलियाले […]
October 8, 2017
काठमाडौं (हाम्रो खेलकुद ) – दोस्रो संस्करणको डिपिएल–२ लाई विजय डिष्टिलरीको रुस्लान क्रिकेटले मुख्य प्रायोजन गरेको छ । डिपिएल र रुस्लान क्रिकेटबीच आइतबार एक वर्षका लागि सम्झौता भएको हो । सम्झौतामा डिपिएलका तर्फबाट अध्यक्ष सुवास बहादुर शाही र विजयी डिष्टिलरीको रुस्लान क्रिकेटबाट निर्देशक श्रीहर शम्शेर जंग बहादुर राणाले हस्ताक्षर गरे । सम्झौता अनुसार रुस्लान क्रिकेटले डिपिएललाई ३५ लाख नगद उपलब्ध गराउनेछ […]
October 8, 2017
काठमाडौं (हाम्रो खेलकुद) – धनगढी क्रिकेट एकेडेमी (डिसिए) र सुदुरपश्चिमाञ्चल क्रिकेट एकेडेमी (एसपिए) को आयोजनामा हुने धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो संस्करणको पुरस्कार राशिमा झण्डै दोब्बरले वृद्धि गर्दै डिपिएल–२ को घोषणा भएको छ । आयोजकले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो संस्करणको प्रतियोगिता माघ पहिलो साताबाट शुरु गर्ने गरी डिपिएल–२ को घोषणा गरेको हो […]
October 8, 2017
म्याड्रिड (एजेन्सी) – स्पेनमा रहेको समय कर छलीको आरोपमा चेल्सी तथा रियल म्याड्रिडका पूर्व डिफेन्डर रिकार्डो कार्वाल्होलाई त्यहाँको एक अदालतले ८ महिना जेल सजाय सुनाइएको छ । हाल उनि चीनको शंघाई एसआईपिजीसँग आबद्ध छन् । स्पेनमा रियलसँग रहँदा तस्विर प्रयोगको अधिकारबाट कमाएको करिब ५ सय हजार युरो बराबर कर छलेको आरोपमा उनलाई ७ महिना जेल […]