default_image

ताजा समाचारहरु

Sunil Shrestha

August 23, 2017

प्रशिक्षक श्रेष्ठ – ‘रणनीतिले सोचे अनुरुप नतिजा दिएन’

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली युवा टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले साफ यू १५ फुटबल च्याम्पियनसिसपमा भारतविरुद्ध रणनीति अनुरुप नतिजा निकाल्न नसकेको बताएका छन् । भारतसँग २–१ ले पराजित हुँदै समूहको उपविजेतामा चित्त बुझाउनु परेपछि प्रशिक्षक श्रेष्ठले खेलमा सुधार गर्न आवश्यक रहेको बताएका छन् । ‘मेहेनत गर्दा गर्दै पनि नतिजा निकाल्न सकिएन । पहिलो खेलमा रातो कार्ड […]

August 23, 2017

साफ यू-१५ : नेपाल १-२ भारत [फोटो फिचर]

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल साफ यू १५ फुटबल च्याम्पियनसिपको समूह ‘बी’ को उपविजेतामा सिमित भएको छ । समूह चरणको अन्तिम खेलमा आज भारतसँग २–१ ले पराजित भएपछि नेपाल उपविजेतामा सिमित भएको हो । तस्बिर- बिबेक सुबेदी / हाम्रो खेलकुद

Bibiano Fernandes

August 23, 2017

भारतीय प्रशिक्षक – ‘नेपालसँग फाइनलमा भेट्न चाहन्छु ‘

काठमाडौं (हाम्रो खेलकुद)– भारतीय युवा टोलीका प्रशिक्षक बिबिआनो फर्नान्डेजले साफ यू १५ फुटबल च्याम्पियनसिपको फाइनलमा नेपालसँगै खेल्ने आशा गरेका छन् ।  समूह ‘बी’ को अन्तिम खेलमा घरेलु टोली नेपाललाई २–१ हराएपछि प्रशिक्षक फर्नान्डेजले पोस्ट म्याच कन्फ्रेन्समा भने, ‘घरेलु टोलीले भएकाले नेपालले राम्रो खेल्ने आशा गरेको छु । हामी पुनः नेपालसँग फाइनल खेल्न चाहन्छौं ।’ बुधबारको […]

volleyball

August 23, 2017

फेरि शिवम् न्यु डायमण्ड र एपिएफ फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – साविकको विजेता शिवम् न्यु डायमण्ड एकेडेमी र विभागीय नेपाल एपिएफ क्लब रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । प्रतियोगिताको सर्वाधिक सफल टोली न्यु डायमन्डले घरेलु टोली पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र एपिएफ अर्को विभागिय नेपाल पुलिस क्लबलाई सोझो सेटमा हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पोखराको […]

August 23, 2017

रुनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिए

लन्डन (एजेन्सी)– वायन रुनीले तत्काल लागु हुने गरि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । एभर्टनका फरवार्डले इङ्ल्यान्डका लागि १ सय १९ खेलमा ५३ गोल गरेका छन् । माल्टा र स्लोभाकियाविरुद्ध केही दिनमा हुने विश्व कप छनोटको लागि टोलीमा प्रशिक्षक गारेथ साउथगेटले बोलाएपनि रुनीले बुधबार नै विज्ञप्ती जारी गरि सन्न्यासको घोषणा सार्वजनिक गरेका हुन् । […]

August 23, 2017

साफ यू १५ : नेपाल समूह उपविजेता, भारतसँग पराजित

दिपेन्द्र पोखरेल काठमाडौं (हाम्रो खेलकुद)– नेपाल साफ यू १५ फुटबल च्याम्पियनसिपको समूह ‘बी’ को उपविजेतामा सिमित भएको छ । समूह चरणको अन्तिम खेलमा आज भारतसँग २–१ ले पराजित भएपछि नेपाल उपविजेतामा सिमित भएको हो । भारत समूहको विजेता बनेको छ । यो खेलअघि नै नेपाल र भारत सेमिफाइनलमा पुगिसकेका थिए । नेपालले समूह ‘ए’ को […]

August 23, 2017

नेपाल र भारतबीच पहिलो हाफमा १–१ को बराबरी

दिपेन्द्र पोखरेल काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र भारतबीच साफ यू १५ साफ च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलको पहिलो हाफ १–१ को बराबरीमा टुंगिएको छ । एन्फा कम्प्लेक्सस्थित क्रृतिम मैदानमा जारी खेलमा प्रतियोगिताको बलियो दाबेदार भारतले अग्रता बनाएपनि त्यसलाई जोगाउन भने सकेन । २७ औं मिनेटमा गोल कप्तान विक्रमप्रताप सिंहले गोल गर्दै भारतलाई अग्रता दिलाएका […]

August 23, 2017

शिवम् न्यू डायमण्ड महिला भलिबलको फाइनलमा

पोखरा (हाम्रो खेलकु्द)– शिवम् न्यू डायमण्ड एकेडेमी छैटो रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी विद्यालयको मैदानमा जारी प्रतियोगिताको आज भएको सेमिफाइनलमा पश्चिमाञ्चललाई २५–१६, २५–१९ र २५–१७ को सोझो सेटमा हराउँदै अन्तिम दुईमा पुगेको हो ।   अर्को सेमिफाइनलमा दुई विभागिय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच […]

August 23, 2017

नेपाल र भारतका युवा टोली भिड्दै [फोटो फिचरसहित]

ललितपुर (हाम्रो खेलकुद)– राजधानीमा जारी साफ यू १५ फुटबल च्याम्पियनसिपमा नेपालले प्रतियोगिताको सबैभन्दा बलियो दाबेदार भारतको आज सामना गर्दैछ । खेल सातदाबोटोस्थित एन्फा कम्प्लेक्सको क्रृतिम मैदानमा ३ः०० बजे सुरु हुनेछ । तर, दुवै सेमिफाइनल पुगिसकेकाले त्यो नतिजाले सेमिफाइनल कोसँग खेल्ने भन्ने मात्र अर्थ राख्दछ । समूह ‘बी’ मा रहेको अर्को टोली माल्दिभ्सलाई हराइसकेका दुवै टोली […]

August 23, 2017

पल्सर स्पोर्टस अवार्डलाई डिस होम एक्सन स्पोर्टसको साथ

काठमाडौं (हाम्रो खेलकुद)– पल्सर स्पोर्टस अवार्डमा डिस होम नेटवर्कको सह प्रायोजनले निरन्तरता पाएको छ । डिस होमले नेपालको पहिलो खेलकुद च्यानल डिस होम एक्सन स्पोर्टसमार्फत सहकार्यलाई अघि बढाउन लागेको जनाएको छ । डिस होम स्पोर्टस एक्सनले २ लाख ५० हजार नगदसहित झन्डै ३ लाख ८० हजार रुपैयाँ बराबरको प्रायोजन गर्ने बताएको छ । अवार्डको आयोजक […]

Success

Thank you for your time.